Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

गौतमबुद्ध विमानस्थलका लागि हवाई मार्गमा नयाँ सहमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
गौतमबुद्ध विमानस्थलका लागि हवाई मार्गमा नयाँ सहमति
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको यस सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारमा देखिएका अवरोध हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। हालसम्म बी-३४५ हवाई मार्ग एकतर्फी मात्र सञ्चालनमा थियो, जसले गर्दा भैरहवामा उडान र अवतरणमा व्यावहारिक कठिनाइ हुँदै आएको थियो। सरोकारवालाहरूले यस सहमतिलाई लुम्बिनी क्षेत्रको आर्थिक विकासका लागि सकारात्मक फड्कोका रूपमा लिएका छन्। सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रूपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले हवाई मार्ग दुईतर्फी हुँदा पर्यटन, उद्योग र होटल व्यवसायमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने बताए। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सागर अधिकारीले यसले भारतका विभिन्न सहरबाट पर्यटकहरूलाई सिधै भैरहवा ल्याउन सहज हुने उल्लेख गरे। यद्यपि, सहमति कार्यान्वयनका लागि प्राविधिक पक्ष र उडान सञ्चालन प्रक्रियाबारे थप छलफल आवश्यक रहेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले यस हवाई सञ्जाललाई लुम्बिनीसँगै बोधगया, सारनाथ र कुशीनगरजस्ता बौद्धस्थलहरूसँग जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने बताए। विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउन सके कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता पुरातात्त्विक स्थलहरूको भ्रमण सहज हुनुका साथै स्थानीय रोजगारी र आम्दानीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने
Latest NewsJust now

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका कुनै पनि प्रमुख सहरहरूमा वर्षाको सम्भावना छैन। सबै सहरहरूमा वर्षाको सम्भावना शून्य... ...

रातोपाटी
किशोरीमाथि जबरजस्ती करणी र कुटपिट: भिडियो सार्वजनिक गर्ने बाबुछोरा पक्राउ
Latest NewsJust now

किशोरीमाथि जबरजस्ती करणी र कुटपिट: भिडियो सार्वजनिक गर्ने बाबुछोरा पक्राउ

काठमाडौं । मोरङको कानेपोखरी ६ मा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पीडित किशोरीका ससुरा र सोही घटनालाई लिएर पीडित बालिकालाई कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने किशोरीका श्रीमान् पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा किशोरीका ५५ वर्षीय ससुरा र उनका २३ वर्षीय श्रीमान् छन्। गत कात्तिक २९ गते राति किशोरीलाई घरमा ससुरा जयराम दर्जीले ...

केन्द्रबिन्दु
बाल हिंसा र ओसारपसार न्यूनीकरणमा युनिसेफसँग सहकार्यको तयारी
Latest NewsJust now

बाल हिंसा र ओसारपसार न्यूनीकरणमा युनिसेफसँग सहकार्यको तयारी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबिच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement