Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

किशोरीमाथि जबरजस्ती करणी र कुटपिट: भिडियो सार्वजनिक गर्ने बाबुछोरा पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
किशोरीमाथि जबरजस्ती करणी र कुटपिट: भिडियो सार्वजनिक गर्ने बाबुछोरा पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । मोरङको कानेपोखरी ६ मा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पीडित किशोरीका ससुरा र सोही घटनालाई लिएर पीडित बालिकालाई कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने किशोरीका श्रीमान् पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा किशोरीका ५५ वर्षीय ससुरा र उनका २३ वर्षीय श्रीमान् छन्। गत कात्तिक २९ गते राति किशोरीलाई घरमा ससुरा जयराम दर्जीले जबरजस्ती करणी गरेको सूचना प्राप्त हुनासाथ प्रहरीले उनलाई तत्काल पक्राउ गरेको थियो। उनीविरुद्ध मंसिर १ गते अदालतबाट जबरजस्ती करणी कसूर मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिए। यसैगरी, सोही घटनालाई लिएर किशोरीका पतिले आफ्नी आमालाई समेत छेउमा राखी पीडित किशोरी (युवककी पत्नी)लाई सोधपुछ गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका थिए। किशोरीमाथि भएको बलात्कार र श्रीमतीमाथि भएको कुटपिटको भिडियो विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषण भएपछि प्रहरीले मंसिर बुधबार उनलाई पनि पक्राउ गरेको हो। उनीमाथि इलाका प्रहरी कार्यालय पथरीबाट विद्युतीय अपराध सम्बन्धी कसूर र बालविवाह सम्बन्धी कसूरसमेतमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीतिलाई गम्भीरताका साथ अवलम्बन गर्दै कारबाही प्रक्रिया अघि बढाइरहेको स्पष्ट पारेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डब्ल्यूबीबीएलमा अनौठो घटना, खाली स्टम्पमा बोल्ड हुँदै ब्याटर शून्यमा आउट
Latest NewsJust now

डब्ल्यूबीबीएलमा अनौठो घटना, खाली स्टम्पमा बोल्ड हुँदै ब्याटर शून्यमा आउट

ब्रिसबेन । जङ्क्सन ओभलमा ब्रिसबेन हिटविरुद्धको खेलमा मेलबर्न रेनेगेड्सकी ब्याटर डिआन्ड्रा डटिन ‘फ्रि बल’ मा बोल्ड हुँदै अनौठो तरिकाले आउट भइन्। एक सय ३८ रनको लक्ष्य पछ्याउने क्रममा १५ औँ ओभरमा चार... ...

रातोपाटी
नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो
Latest NewsJust now

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको सहमतिले गौतमबुद्ध विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको बाटो खोल्ने अपेक्षा गरिएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement