Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

अस्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश
Photo / Coverage: पर्दाफास

अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् । लिबरल पार्टीबाट निर्वाचित ब्लिथले बिहीबार आफ्नो राजनीतिक दल परिवर्तनको घोषणा गरेकी हुन् । उनको यो निर्णयसँगै संघीय संसद्को माथिल्लो सदन सिनेटमा वान नेशनको उपस्थिति थप बलियो बनेको छ । ब्लिथको पार्टी परिवर्तनलाई लिबरल पार्टीका लागि अर्को राजनीतिक चुनौतीका रूपमा हेरिएको छ । उनी यसअघि लिबरल पार्टीका नेता एङ्गस टेलरको छाया मन्त्रिपरिषद्मा जिम्मेवारीमा थिइन् । दक्षिण अस्ट्रेलियाको लिबरल पार्टीको नेतृत्वसमेत गरिसकेकी उनी सन् २०२५ मा सिनेटर साइमन बर्मिङ्घमको स्थानमा सिनेटमा नियुक्त भएकी थिइन् । पार्टी छाड्ने निर्णय सार्वजनिक गर्दै ब्लिथले लिबरल पार्टीले अस्ट्रेलियाली जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएकी छन् । विशेषगरी आप्रवासन नीति, ऊर्जा व्यवस्था र सरकारी खर्च व्यवस्थापनका विषयमा पार्टीको नेतृत्वप्रति आफ्नो असन्तुष्टि रहेको उनको भनाइ छ । उनले लिबरल पार्टीले देशलाई आवश्यक राजनीतिक परिवर्तनको नेतृत्व गर्न सक्ने विश्वास गुमाएको पनि बताएकी छन् । वान नेशनकी नेता पाउलिन ह्यान्सनले ब्लिथको पार्टी प्रवेशलाई स्वागत गरेकी छन्। लिबरल पार्टीप्रति निराश भएका मतदाताको आवाजलाई आफ्नो पार्टीले संसद्मा उठाउने अवसर थपिएको उनको प्रतिक्रिया छ । यसैबीच, नेसनल्स पार्टीका नेता म्याट क्यानाभानले निर्वाचित प्रतिनिधिले निर्वाचनपछि पार्टी परिवर्तन गर्नु उचित नहुने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वउपप्रधानमन्त्री बार्नाबी जोयसले पनि सन् २०२५ मा लिबरल–नेसनल गठबन्धन छाडेर वान नेशनमा प्रवेश गरेका थिए । ब्लिथको पछिल्लो निर्णयले अस्ट्रेलियाको परम्परागत दक्षिणपन्थी राजनीतिक समूहभित्रको विभाजन र नेतृत्वसम्बन्धी बहसलाई थप चर्चामा ल्याएको छ । पछिल्लो समय जीवनयापन खर्च, आप्रवासन, ऊर्जा नीति र राष्ट्रिय सुरक्षाका विषयमा अस्ट्रेलियाली राजनीतिमा बहस चर्किरहेका बेला भएको यो पार्टी परिवर्तनले आगामी निर्वाचनको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बाल हिंसा र गैरकानुनी ओसारपसार न्यूनीकरणमा युनिसेफले सहकार्य गर्ने
OthersJust now

बाल हिंसा र गैरकानुनी ओसारपसार न्यूनीकरणमा युनिसेफले सहकार्य गर्ने

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबीच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहयोग र साझेदारीका विषयमा छलफल भएको छ। भेटघाटमा मन्त्री बादीले दुर्गम, अति विपन्न, सीमान्तकृत तथा मानव विकास सूचकाङ्कमा पछाडि परेका क्षेत्रका बालबालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न […] ...

मकालु खबर
अस्ट्रेलियामा प्रविधि कम्पनीलाई विश्वव्यापी आम्दानीको ५ प्रतिशतसम्म जरिवाना
OthersJust now

अस्ट्रेलियामा प्रविधि कम्पनीलाई विश्वव्यापी आम्दानीको ५ प्रतिशतसम्म जरिवाना

अस्ट्रेलियाले सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति थप जिम्मेवार बनाउने उद्देश्यसहित नयाँ कानुन पारित गरेको छ । संसद्बाट पारित ‘डिजिटल ड्युटी अफ केयर’ नामक कानुनले अनलाइन सेवामार्फत हुने हानिकारक गतिविधि नियन्त्रण गर्न प्रविधि कम्पनीहरूलाई बाध्यकारी जिम्मेवारी तोकेको छ । नयाँ कानुनअनुसार प्रयोगकर्ताको सुरक्षामा आवश्यक कदम नचालेका कम्पनीलाई उनीहरूको विश्वव्यापी वार्षिक आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना गर्न सकिनेछ । जरिवानाको ...

पर्दाफास
जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद
OthersJust now

जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद

करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन जेनजी आन्दोलनको फाइदा उठाउँदै आफ्नै कार्यकक्षमा आगो लगाएर अधिकांश प्रमाण नष्ट । ...

अनलाइन खबर
जेनजी आन्दोलन : प्रहरी गोलीले १४ महिनादेखि भेन्टिलेटरमा, ढाडस दिन बल्ल पुग्यो सरकार
OthersJust now

जेनजी आन्दोलन : प्रहरी गोलीले १४ महिनादेखि भेन्टिलेटरमा, ढाडस दिन बल्ल पुग्यो सरकार

१० मंसिर, पोखरा । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते साँझ पोखराका सरकारी कार्यालयहरु र निजी व्यापारिक प्रतिष्ठानमा लागेको आगो दन्किरहेकै थियो । साँझसम्म १९ वर्षीय विवश घर्तीमगर, ३२ वर्षीय रमेश शर्मा, दिपेश परियार, सौरव जैसवाललगायतलाई प्रहरीको गोली लागेको खबर सार्वजनिक भएको थियो । २४ गते साँझ जिल्ला प्रहरी कार्यालय कास्कीकै गेटमा ठूलो भीड… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement