Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर

Share:WhatsAppFacebookX (Twitter)Telegram
बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर
Photo / Coverage: पर्दाफास

कुनै समय मानिसहरूको चहलपहल हुने, घर बस्ती र परिवारको बसोबास रहेको रसुवाको भोटेकोशी नदी किनार अहिले बगरमा परिणत भएको छ । बाढीले सबै चिज गुमे त्यहाँका मानिसहरूको वर्षौँको मेहनत, सपना र सम्झनासमेत उजाडिदिएको छ । जहाँ पहिले घरहरू थिए, अहिले ढुङ्गा, बालुवा र गेग्रान मात्रै देखिन्छ । आफ्नो घर आँगन र बस्ती रहेको ठाउँलाई बगरमा परिणत भएको देख्दा स्थानीयवासीहरू भावविह्वल छन् । उनीहरू बाढीले निम्त्याएको क्षति सम्झिँदै निराश र पीडामा दिन बिताइरहेका छन् । बाढीले घरपरिवार र बसोबासको आधार नै बगाएपछि यहाँका नागरिकको जीवन अझै सहज बन्न सकेको छैन । घटनापछि विभिन्न निकायका अध्ययन तथा अनुगमन टोलीहरू दिनहुँ जसो प्रभावित क्षेत्रमा पुगिरहेका छन् । टोलीहरूले बाढीले पु¥याएको क्षति, भूगोलको अवस्था र जोखिमका विषयमा अध्ययन तथा निरीक्षण गरिरहेका छन् । यसबिच प्रभावित क्षेत्रको अवस्था बुझ्न आउने मानिसहरूको आवागमन पनि जारी छ । नदी आसपासको जोखिमपूर्ण भूगोल र त्यहाँका मानिसहरूले गर्नुपरेको कठिन यात्रालाई देखाउने तुइन चढिरहेका मानिसहरूको दृश्यले यहाँको जनजीवनको अर्को पाटो उजागर गर्छ । बाढी गएको लामो समय बिते पनि भोटेकोशी किनारको दृश्यले विपद्को पीडा अझै ताजा रहेको देखाउँछ । बस्ती बगरमा परिणत भएको छ, तर त्यहाँका मानिसहरूको मनमा बसेको पीडा र गुमाएका घरपरिवारको सम्झना अझै उस्तै छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन
OthersJust now

एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन

बुधबारदेखि १६ दिने लैङगीक हिंसा बिरुद्धको अन्तराष्ट्रिय अभियान सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका १२ वटै स्थानीयतहमा १६ दिने लैङगीक हिंसा बिरुद्धको अभियान सुरु भएको हो । तर सुनसरी दुहबी नगरपालिका–३ का रमेश यादवले आफ्नै छोरीलाई खोजी गरिदिनका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको सृजना भएको छ । छोरी दुहबी –९ का अन्दाजी १७ वर्षीय फयाज हुसेनले गत कात्तिक ७ ...

पर्दाफास
नारच्याङमा हावाहुरीको वितण्डा
OthersJust now

नारच्याङमा हावाहुरीको वितण्डा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मङ्गलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पुर्याएको छ । हावाहुरीले नारच्याङस्थित १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काउनाका साथै स्थानीयवासीका घर र विद्यालयका छाना उडाएको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटकको बसोबासका लागि राखिएका टेन्ट उडाएको […] ...

मकालु खबर
लागुऔषधसहित देशका विभिन्न स्थानबाट २६ जना पक्राउ
OthersJust now

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २६ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केही अभियुक्तहरूबाट नगद पनि बरामद भएको जनाइएको छ । ...

पर्दाफास
मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने
OthersJust now

मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने

झापा । मेचीनगर नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिने भएको छ । मानवसेवा आश्रम र नगरपालिकाको संयुक्त पहलमा यही मङ्सिर १५ गते घोषणाका लागि आवश्यक तयारी भइरहेको मानवसेवा आश्रम झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए । हालसम्म मेचीनगर नगरपालिकाभित्रबाट १०६ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको उनले जानकारी दिए । नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement