Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

आज देशभरको मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज देशभरको मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
Photo / Coverage: पर्दाफास

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । देशका बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । बिहानपख काठमाडौं उपत्यका तथा खोँचहरूका साथै तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रहरी चौकी फत्तेपुरलाई पाँच कोठे भवन हस्तान्तरण
OthersJust now

प्रहरी चौकी फत्तेपुरलाई पाँच कोठे भवन हस्तान्तरण

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरमा निर्माण गरिएको पाँच कोठे पक्की भवन प्रहरी चौकी फत्तेपुर (क) लाई हस्तान्तरण गरिएको छ । प्रदेश सरकार र राप्ती सोनारी गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको भवन गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । प्रदेश सरकार र गाउँपालिकाको समान रु २०–२० लाख लगानीमा भवन निर्माण गरिएको हो […] ...

मकालु खबर
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९१० जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९१० जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९१० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १००, सिसिटिभिमार्फत ४४, रातोबत्तीमा ३७ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ८२, हर्न निषेधमा २०, अवस्था ठिक नभएको ४४ र अन्यमा ५४४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले ...

पर्दाफास
जब विद्यार्थीले नमूना विद्यालय हेरे …
OthersJust now

जब विद्यार्थीले नमूना विद्यालय हेरे …

तुलसीपुर । दाङका विद्यार्थी, शिक्षक तथा अभिभावकले विभिन्न जिल्लाका नमूना विद्यालयको स्थलगत अवलोकन गरेपछि आफ्ना विद्यालय सुधारका योजना अघि सारेका छन् । दाङको तुलसीपुरका चारवटा विद्यालयका विद्यार्थी तथा शिक्षकले बर्दिया र सुर्खेतका नमूना विद्यालयले अपनाएका सकारात्मक अभ्यासको अवलोकन गरेका थिए । समाजमा वातावरणीय शिक्षाको विकास ९सिड०को समन्वयमा तुलसीपुर उपमहानगरपालिका–१३ स्थित अम्बेश्वरी मावि अम्बापुर, शान्तिनगर गाउँपालिका–३ […] ...

मकालु खबर
नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते
OthersJust now

नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते

नवलपुरको मध्य बिन्दु १० अरुण खोलामा बोलेरो जिप दुर्घटना भएको छ । कावासोती १६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी चौकी अरुण खोलाका प्रहरी सहायक निरीक्षक भीम बहादुर थापाका अनुसार मृत्यु हुनेमा विनयी त्रिवेणी ४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेका छन् । घाइतेहरू मध्य ९ जनाको मध्य विन्दु प्रादेशिक अस्पताल डण्डामा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement