Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
Photo / Coverage: पर्दाफास

पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएकाकारण काम गर्न कठिन भएकाले समय बढी लागेको हो । गत शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्ने काम भइरहेको छ । उनले भने “थप समस्या आएन भने अबको तीन दिनमा काम सक्ने लक्ष्य छ ।” माथिबाट स्काभेटरले जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सवारी रोकेर काम गरिएको छ । निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडकबाट झण्डै १०० मिटर माथि डाँडामा मेसिन लगेर अहिले काट्ने काम भइरहेको छ । उनले भने “निकै जोखिमपूर्ण काम भएकाले प्रगति ढिलो भएको छ ।” मङ्गलबार मात्रै पनि माथिल्लो ढिस्को खसेर एक्साभेटर पुरेको थियो । पहिरो पन्छाएर पुनः स्काभेटरले काम गरिरहेको उनले जानकारी दिए । मिलेसम्म थप एउटा मेसिन माथि डाँडामा पठाउने तयारी गरिएको उनले बताए । यस्तै सडक बन्द भएको समयमा चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा समेत सडक चौडा गर्न थालिएको छ । सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने भएकाले दुबै ठाउँमा स्काभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो
OthersJust now

१२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो । सरकारले यस वर्ष विद्युत चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल लिएका थिए । उनले चुहावट नियन्त्रणका लागि आवश्यक दक्ष प्राविधिक जनशक्तिको परिचालनदेखि ...

पर्दाफास
नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झर्‍यो
OthersJust now

नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झर्‍यो

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आव २०८२/८३ मा विद्युत् चुहावट १२ दशमलव १६ मा झरेको जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार आव २०८२/८३ मा विद्युत् चुहावट १२ दशमलव १६ प्रतिशतमा सीमित रहेको जनाएको छ । आव २०८१/८२ मा भने विद्युत् चुहावट १२ दशमलव २६ प्रतिशत रहेको थियो […] ...

मकालु खबर
एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ गतेदेखि
OthersJust now

एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ गतेदेखि

९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टूरअन्तर्गत टोलीको उपाधि ट्रफी सुदूरपश्चिमका नौ जिल्लामा पुर्‍याइनेछ। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौ जिल्लामा पुर्‍याउन लागिएको बताए। यसमार्फत उपाधि… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement