Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीमा श्रीमान् गुमाएकी सुत्केरी र छोरीलाई सरकारले १८ वर्षसम्म मासिक १७ हजार ५०० दिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा श्रीमान् गुमाएकी सुत्केरी र छोरीलाई सरकारले १८ वर्षसम्म मासिक १७ हजार ५०० दिने
Photo / Coverage: पर्दाफास

भोटेकोशीमा आएको बाढीका कारण श्रीमान् गुमाएकी रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीकी २९ वर्षीया सुत्केरी महिला र उनकी नवजात छोरीका लागि नेपाल सरकारले दीर्घकालीन स्याहार तथा संरक्षण कार्यक्रम सुरु गरेको छ । बाढीका कारण श्रीमान् गुमाएपछि सुत्केरी अवस्थामै आर्थिक तथा पारिवारिक चुनौतीको सामना गरिरहेकी ती महिलाको नाममा रहेको कुमारी बैंकको खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गर्दै सरकारले कार्यक्रमको औपचारिक सुरुवात गरेको हो । २०८३ मङ्सिर १० गते महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी स्वयं गोल्जुङबेसी पुगेर सहयोग रकम हस्तान्तरण गरेकी हुन् । अब ती नवजात शिशुले १८ वर्ष उमेर पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर मासिक १७ हजार ५०० रुपैयाँ सहायता प्राप्त गर्ने व्यवस्था गरिएको छ । यो कार्यक्रम नेपाल सरकारद्वारा कार्यान्वयनमा ल्याइएको ‘विपद् प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना’ अन्तर्गत सञ्चालन गरिएको हो । राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटीजिएफ संस्थाबीचको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरी महिलालाई लक्षित गरी विशेष सहायता प्याकेज लागू गरिएको हो । योजनाका अन्य प्याकेजअन्तर्गत मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकालाई MITGF, SOS Children लगायतका साझेदार संस्थासँगको सहकार्यमा संरक्षण तथा स्याहार सेवा उपलब्ध गराइनेछ । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अवस्था पहिचान, लेखाजोखा तथा दीर्घकालीन स्याहार योजना निर्माणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य–सचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँचवटा टोली गत सातादेखि प्रभावित क्षेत्रमा परिचालित छन् । स्थलगत अध्ययन तथा लेखाजोखाका क्रममा गोल्जुङबेसीकी सुत्केरी महिला र नवजात शिशुको संवेदनशील अवस्था पहिचान भएपछि मन्त्री वादीले यस विषयमा विशेष चासो व्यक्त गरेकी थिइन् । उनी स्वयं प्रभावित क्षेत्रमा पुगेर सहायता हस्तान्तरण गरेसँगै सरकारले विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार कार्यक्रमको सुरुवात गरेको हो । मन्त्री वादीका अनुसार हालसम्म राष्ट्रिय बाल अधिकार परिषद्सँग विभिन्न साझेदार संस्थामार्फत कुल ८१० जना बालबालिकाको दीर्घकालीन स्याहार योजनामा योगदान गर्ने सहायता प्याकेज उपलब्ध छ । जसअनुसार MITGF मार्फत १५० जना, SOS मार्फत ६५० जना र प्रविना फाउन्डेशनमार्फत १० जना बालबालिकालाई सहयोग गर्ने व्यवस्था गरिएको छ । मन्त्रालयको बालकोषमा सात करोड रुपैयाँ रहेको तथा बाढी प्रभावित बालबालिकाको संरक्षण र स्याहारका लागि MITGF र नेपाल सरकारबीच ५८ करोड रुपैयाँ बराबरको सम्झौता सम्पन्न भइसकेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
३३ वर्षमा १५.४ वर्षले बढ्यो नेपालीको औसत आयु, पुग्यो ७३.५ वर्ष
OthersJust now

३३ वर्षमा १५.४ वर्षले बढ्यो नेपालीको औसत आयु, पुग्यो ७३.५ वर्ष

इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसन (आईएचएमई) को ग्लोबल बर्डन अफ डिजिज स्टडी २०२३ लाई उद्धृत गर्दै प्रतिवेदनले सन् १९९० मा ५८.१ वर्ष रहेको नेपालीको जन्मकालीन औसत आयु सन् २०२३ मा आइपुग्दा ७३.५ वर्ष पुगेको उल्लेख गरेको छ। ...

अनलाइन खबर
महाधिवेशनलाई पार्टी एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्छ : डा.शशांक कोइराला
OthersJust now

महाधिवेशनलाई पार्टी एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्छ : डा.शशांक कोइराला

‘पद एउटा हुन्छ आकांक्षा राख्ने साथी धेरै हुन्छन् । हामीले अधिवेशनमा एकताबद्ध बनाउन सके सबैले सबैलाई सहयोग गर्ने वातावरण बन्छ,’ उनले भने । ...

अनलाइन खबर
टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन’ मंसिर २३ देखि
OthersJust now

टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन’ मंसिर २३ देखि

१० मंसिर, काठमाडौं । टेक्सास एजुकेसन नेटवर्क तथा यसका इकाइहरूको आयोजनामा ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ को सातौँ संस्करण आगामी मंसिर २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ । काठमाडौंको मित्रपार्कस्थित टेक्सास एजुकेसन नेटवर्कको परिसरमा तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछ । प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका ७०… ...

अनलाइन खबर
स्वतन्त्र प्रेसबिना लोकतन्त्र सुदृढ हुन सक्दैन : सांसद सिंह
OthersJust now

स्वतन्त्र प्रेसबिना लोकतन्त्र सुदृढ हुन सक्दैन : सांसद सिंह

१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले स्वतन्त्र पत्रकारिताको पक्षमा आफू रहेको बताएका छन् । मेची–महाकाली पदयात्राका क्रममा जनकपुर पुगेका उनले सरकारले पत्रकारहरूलाई सञ्चार गृहबाटै पक्राउ गरिएको प्रकरणबारे धारणा राख्ने क्रममा यस्तो बताएका हुन् । सञ्चारकर्मीहरुले राख्नुभएको जिज्ञासामा सांसद सिंहले सरकारको उक्त कदमको विरोध गरे । ‘म लोकतन्त्रप्रति प्रतिवद्ध छु ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement