कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार (मंसिर ११ गते) विभिन्न १० खेल विधामा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताका खेलहरू कर्णालीसहित बाँके र बर्दियाका विभिन्न खेलस्थलमा सञ्चालन हुनेछन्। आज सुर्खेतमा महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबल, बक्सिङ, फुटबल, जिम्न्यास्टिक, फुल कन्ट्याक्ट कराँतेका खेल हुनेछन्। त्यसैगरी बाँकेको नेपालगन्जमा पौडी, बर्दियामा टेनिस तथा पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछ। शुक्रबारको खेल तालिकाअनुसार वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारको पहिलो खेल बिहान ९ बजेदेखि महिला क्रिकेट सुरु हुनेछ भने अर्को खेल दिउँसो १ः३० बजे हुने तालिका छ। बिहान ९ बजे महिला बास्केटबलका खेल पनि हुनेछन्। त्यस्तै, सुर्खेतको मुख्य रंगशालामा बिहान ९ बजेदेखि पुरुष फुटबलका खेल सुरु हुनेछन्। ती खेल दिउँसो २ः३० बजेसम्म हुनेछन्। पुरुष क्रिकेटतर्फ कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि प्रतिस्पर्धा हुनेछ। यता, सुर्खेतस्थित मुख्य कभर्डहलमा बिहानैदेखि बक्सिङका खेल हुनेछन् भने मिनी कभर्डहलमा जिम्न्यास्टिकका प्रतिस्पर्धा हुनेछन्। ब्याडमिन्टन कभर्डहलमा बिहान ११ बजेदेखि फुल कन्ट्याक्ट कराँतेका खेल हुने तालिका छ। सुर्खेतबाहिरका खेलस्थलमा पनि शुक्रबार प्रतिस्पर्धा हुनेछ। नेपालगन्जमा बिहान ९ बजेदेखि पौडी प्रतियोगिता हुनेछ भने बर्दियामा टेनिसका खेल हुनेछन्। पश्चिम रुकुमको चौरजहारीमा बिहान ८ बजेदेखि शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछ।
दशौँ राष्ट्रिय खेलकूदमा आज १० खेल विधामा प्रतिष्पर्धा

Read Complete Original Article
Published originally on पर्दाफास






