ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८८४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ४७, रातोबत्तीमा ३९ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ११७, हर्न निषेधमा १०, अवस्था ठिक नभएको ३४ र अन्यमा ५६७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही

Read Complete Original Article
Published originally on पर्दाफास






