Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

‘एमबिएल इक्विटी फन्ड’को ‘कागजी नाफा’ ४ करोड नाघ्यो, वास्तविक आम्दानीले खर्चसमेत धानेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘एमबिएल इक्विटी फन्ड’को ‘कागजी नाफा’ ४ करोड नाघ्यो, वास्तविक आम्दानीले खर्चसमेत धानेन
Photo / Coverage: टक्सार

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले व्यवस्थापन गरिरहेको ‘एमबिएल इक्विटी फन्ड’ ले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म रु. ४ करोड १७ लाख ७० हजार खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । कात्तिकसम्मको वित्तीय विवरणमा ठुलो नाफा देखिए पनि फन्डको वास्तविक नगद आम्दानीले योजनाको सामान्य खर्चसमेत धान्न नसकेको देखिएको छ । फन्डको नाफामा देखिएको अधिकांश हिस्सा सेयरको बजार मूल्य बढेर आएको ‘कागजी नाफा’ हो । वित्तीय विवरण अनुसार असोजदेखि कात्तिकको एक महिनामा फन्डको जम्मा खर्च २९.६१ प्रतिशत (रु. १८ लाख ५७ हजार) ले बढेको छ ।असोज मसान्तसम्म रु. ६२ लाख ७४ हजार रहेको जम्मा खर्च कात्तिक मसान्तमा आइपुग्दा रु. ८१ लाख ३१ हजार पुगेको हो । खर्चको तुलनामा वास्तविक नगद आम्दानी भने निकै कमजोर रहेको वित्तीय विवरणमा छ । कात्तिक मसान्तसम्म फन्डले सेयर बिक्री तथा लाभांशबाट जम्मा रु. ६४ लाख ९८ हजार मात्र वास्तविक आम्दानी गरेको छ । फन्डको वास्तविक आम्दानीभन्दा खर्च रु. १६ लाख ३३ हजारले बढी छ । कात्तिक महिनामा मात्र जम्मा रु. २ लाख ४३ हजार वास्तविक आम्दानी हुँदा योजना व्यवस्थापक र डिपोजिटरी शुल्क लगायतमा रु. १८ लाख ५७ हजार खर्च थपिएको हो । १२ वर्षे अवधिको यो फन्ड सुरु भएको करिब २० महिना (२०८१ चैतदेखि २०८३ कात्तिकसम्म) बितिसक्दा पनि प्रति इकाई मूल्य (न्याभ) रु. १०.३९ मा मात्र पुगेको छ । रु. १० बाट सुरु भएको यस योजनाले झन्डै दुई वर्षमा लगानीकर्तालाई जम्मा ३.९ प्रतिशत मात्र प्रतिफल दिन सकेको छ, जुन बैंकको साधारण बचत खाताको ब्याजभन्दा पनि कम हो । असोजमा रु. १०.३१ रहेको प्रति इकाई मूल्य कात्तिकमा जम्मा ८ पैसाले मात्र बढेको छ । सेयर बजारमा लगानी गरेर लगानीकर्तालाई राम्रो नाफा दिनुपर्ने फन्डले ठुलो रकम बैंक खातामै थुपारेर राखेको छ । कात्तिक मसान्तसम्म फन्डको रु. १३ करोड ७५ लाख ६४ हजार बैंक मौज्दातमा निष्क्रिय बसेको छ । असोजको तुलनामा कात्तिकमा बैंक मौज्दात रु. ५४ लाख ८० हजारले घटेको छ, जुन रकम नयाँ सेयर किन्नुको साटो कोष व्यवस्थापकको शुल्क तिर्न प्रयोग भएको देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
Latest NewsJust now

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

काठमाडौं। झापा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहँदा व्यवस्थापनमा समस्या देखिएको छ। छ दशक पुरानो भवन र साँघुरो स्थानका कारण कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य छन्। कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा एक हजार ७१० जना कैदी र थुनुवा रहेका छन्। जसमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा छन्। लैङ्गिक आधारमा एक हजार ६२६ पुरुष र ८४ महिला ...

नेपालन्युज
बर्सेनि एक करोड २० लाख बालिकाको विवाह
Latest NewsJust now

बर्सेनि एक करोड २० लाख बालिकाको विवाह

काठमाडौँ, मङ्सिर ११ गते । आज बालविवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो । विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने ग... ...

गोरखापत्र
प्रत्येक वर्ष एक करोड बढी बालिका बालविवाहको सिकार, अन्त्यका लागि राष्ट्रसंघको आह्वान
Latest NewsJust now

प्रत्येक वर्ष एक करोड बढी बालिका बालविवाहको सिकार, अन्त्यका लागि राष्ट्रसंघको आह्वान

प्रत्येक वर्ष नोभेम्बर २७ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार यस वर्ष पहिलोपटक यो दिवस मनाइँदै छ। ...

हाम्राकुरा
बर्नमाउथको शतप्रतिशत प्रदर्शन कायम
Latest NewsJust now

बर्नमाउथको शतप्रतिशत प्रदर्शन कायम

काठमाडौं । दस खेलाडीमा सीमित बर्नमाउथले युरोपा लिगमा बिहीबार सेल्टा भिगोलाई २–१ ले पराजित गर्दै आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ । एसी मिलानले पनि दुई गोलले पछाडि रहेको स्थितिबाट ओलम्पियाकोसलाई ४–२ ले हराएको छ । मार्को रोजको बर्नमाउथनले एक गोलले पछाडि रहेको स्थितिमा पनि सबै प्रतियोगितामा गरेर लगातार दसौं जित आत्मसात् गरेको हो । युरोपेली क्लब फुटबलमा पहिलो पटक खेलिरहेको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement