Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बर्नमाउथको शतप्रतिशत प्रदर्शन कायम

Share:WhatsAppFacebookX (Twitter)Telegram
बर्नमाउथको शतप्रतिशत प्रदर्शन कायम
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । दस खेलाडीमा सीमित बर्नमाउथले युरोपा लिगमा बिहीबार सेल्टा भिगोलाई २–१ ले पराजित गर्दै आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ । एसी मिलानले पनि दुई गोलले पछाडि रहेको स्थितिबाट ओलम्पियाकोसलाई ४–२ ले हराएको छ । मार्को रोजको बर्नमाउथनले एक गोलले पछाडि रहेको स्थितिमा पनि सबै प्रतियोगितामा गरेर लगातार दसौं जित आत्मसात् गरेको हो । युरोपेली क्लब फुटबलमा पहिलो पटक खेलिरहेको प्रिमियर लिग क्लबको पाँच खेलबाट १५ अंक भएको छ र शीर्ष स्थानमा छ । सेल्टा भिगोले लागो अपासको गोलमा अग्रता लिएपछि बर्नमाउथका तर्फबाट अल्भारो रोड्रिग्वेज र रायनले एक एक एक गोल गरे । कुल ३६ टिमको सहभागिता रहेको प्रतियोगितामा युभेन्ट्स १३ अंकमा दोस्रो स्थानमा छ र उसले अर्को खेलमा साइप्रिटस ओमानियामाथि ४–१ को जित रच्यो । रुबेन एमोरिमको मिलानले भने सुरुआती चार खेलमध्ये तीनमा हार बेहोरेको थियो र प्रतियोगिताबाट बाहिरिने डर उत्पन्न भएको थियो । तर ओलम्पियाकोसमाथिको जितले अर्को चरण प्रवेशको सम्भावना कायम रह्यो । समान १३ अंकमै तेस्रोमा रहेको फेरेन्कभारोसले भने सेल्जेसँग गोलरहित बराबरी खेल्यो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हजार दिनमै भूमि समस्या सुल्झाउन के गर्दैछ समिति ?
Latest NewsJust now

हजार दिनमै भूमि समस्या सुल्झाउन के गर्दैछ समिति ?

काठमाडौँ । २० औँ पटक गठन भएको भूमि समस्या समाधान समिति यतिबेला क्रियाशील छ । वालेन्द्र शाह नेतृत्वमा सरकारले ल्याएको शासकीय सुधारका १०० कार्ययोजनामा रहेको एक हजार दिनभित्र भूमिहीन दलित, भूमिहीन... ...

रातोपाटी
अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने
Latest NewsJust now

अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने

धार्मिक पर्यटनको क्षेत्रमा नयाँ अवधारणासहित स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा आएको छ । ...

नेपालबहस
सुकुमवासीमाथि संकट नथप
Latest NewsJust now

सुकुमवासीमाथि संकट नथप

सुकुमवासीमाथि थपिएको हैरानीमा यो निकाय वा ऊ निकायको कमजोरी भनेर अल्झिन र दोषको वितरण गरिरहन जरुरी छैन । सुकुमवासीलाई विस्थापित गर्ने कदम प्रधानमन्त्री वालेन्द्र शाहको अग्रसरतामा चालिएको हो । त्यसैले सम्पूर्ण कमजोरीको जवाफदेही उनी नै हुनुपर्छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement