Friday, November 27, 2026||
MultiKhabarMultiKhabar
लोकपथ

लोकपथ

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from लोकपथ.

POLITICS NEWS FROM लोकपथ

निर्वाचन आयोगले गर्‍यो गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक
Politics1d ago

निर्वाचन आयोगले गर्‍यो गगन नेतृत्वको कार्यसमितिको विवरण अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ । लामो समयसम्म पनि विवरण अद्यावधिक नगर्दा अनेक कोणबाट प्रश्नहरू उठिरहेका बेला निर्वाचन आयोगले महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको हो । आयोगले अद्यावधिक गरेर पत्रसमेत दिइसकेको छ । आयोगको बुधबारको बैठकले कांग्रेसको विषयमा विवरण अद्यावधिक […] ...

लोकपथ
नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता रोक्ने कानुन खारेज गर्दै सरकार
Politics3d ago

नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता रोक्ने कानुन खारेज गर्दै सरकार

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रतामा बाधा पुर्‍याउने पुराना तथा असान्दर्भिक कानुन खारेज र संशोधन गर्ने प्रक्रिया अघि बढाइएको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले यस्तो बताएकी हुन् […] ...

लोकपथ
मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
Politics5d ago

मधेशका मुख्यमन्त्री यादवले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णसँग उनले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा शपथ लिएका हुन् । प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा […] ...

लोकपथ
स्थानीय तह बलियो भए मात्रै जनताले सङ्घीयताको अनुभूति गर्न पाउँछन् : ओली
Politics6d ago

स्थानीय तह बलियो भए मात्रै जनताले सङ्घीयताको अनुभूति गर्न पाउँछन् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सक्षम र सबल भए मात्रै जनताले सङ्घीयताको वास्तविक अनुभूति गर्न पाउने बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित एमालेका स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको सबलीकरणले विकास निर्माणका कामलाई गति दिने बताएका हुन् । उनले स्थानीय तहलाई थप […] ...

लोकपथ
संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : आयोग
Politics6d ago

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गरिने स्पष्ट पारेको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग शुक्रबार आयोजित छलफलमा निर्वाचनको सम्भावित मिति र तयारीका विषयमा परामर्श गरिएको आयोगले जनाएको छ । छलफलपछि आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै समयमा हुनुपर्ने संवैधानिक व्यवस्थाबारे […] ...

लोकपथ
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनेबारे प्रचण्डले के भने ?
Politics6d ago

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनेबारे प्रचण्डले के भने ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी हुनुपर्ने बताएका छन् । उनले सबै मतदाताले कुनै अवरोधबिना मतदान गर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग गरेको छलफलमा बोल्दै प्रचण्डले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनबारे विभिन्न गुनासा आउने गरेको […] ...

लोकपथ
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने
Politics6d ago

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर ८ गते मंगलबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै उक्त बैठक मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए । कांग्रेसले उक्त बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्देशन दिएको छ […] ...

लोकपथ
मधेश प्रदेशमा नयाँ सरकार गठन अन्योलमा, दलबीच सहमति अझै जुटेन
Politics1w ago

मधेश प्रदेशमा नयाँ सरकार गठन अन्योलमा, दलबीच सहमति अझै जुटेन

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन । कुनै पनि दलसँग एकल सरकार गठन गर्न आवश्यक बहुमत नरहेकाले तीनदेखि चार दलबीचको सहकार्यबाट मात्रै नयाँ सरकार गठन हुने अवस्था छ । तर, सरकार गठनका लागि […] ...

लोकपथ
कांग्रेस सहमहामन्त्री खतिवडाको प्रस्ताव- ‘स्थानीय र प्रदेश निर्वाचन सँगै गरौँ’
Politics1w ago

कांग्रेस सहमहामन्त्री खतिवडाको प्रस्ताव- ‘स्थानीय र प्रदेश निर्वाचन सँगै गरौँ’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गृहकार्य गरिरहेका बेला सहमहामन्त्री खतिवडाले सो प्रस्ताव गरेका हुन् । उनले अन्य राजनीतिक दललाई समेत प्रदेश र स्थानीय तह निर्वाचन सँगै गर्न अपिल गरे । ‘सबै राजनीतिक पार्टीलाई अपिल गर्न चाहन्छु। […] ...

लोकपथ
आगामी निर्वाचन सामान्य हुँदैन, दुई शक्तिबीच भीषण संघर्ष हुन्छ : बादल
Politics1w ago

आगामी निर्वाचन सामान्य हुँदैन, दुई शक्तिबीच भीषण संघर्ष हुन्छ : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले पार्टीभित्र आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा हार बेहोर्नुपरेको बताएका छन् । काठमाडौंमा बिहीबार जारी एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले विगतका निर्वाचनमा पार्टीले आफ्ना कमजोरी र प्रमुख प्रतिस्पर्धीलाई सही ढंगले पहिचान गर्न नसकेको बताएका हुन् । उनले पार्टीभित्र एकता कायम गर्न नसक्नु र […] ...

लोकपथ
जसपा त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रतिनिधिको पद रिक्त
Politics1w ago

जसपा त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ । आयोगले आज बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै आयोगको मिति २०८३/०८/०२ को निर्णयअनुसार ती पदहरू स्वतः रिक्त भएको जनाएको हो । आयोगको सूचनामा वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनमा […] ...

लोकपथ
कहाँ पुग्यो एमालेको राष्ट्रिय भेलाको तयारी ?
Politics1w ago

कहाँ पुग्यो एमालेको राष्ट्रिय भेलाको तयारी ?

काठमाडौं । नेकपा एमालेले यही मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा भेलाको तयारी पूरा भएको विभागका प्रमुख नीरज आचार्यले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई थप एकताबद्ध बनाउने […] ...

लोकपथ
एमालेको स्थायी कमिटी बैठक भोलि, राष्ट्रिय भेलाको तयारी मुख्य एजेण्डा
Politics1w ago

एमालेको स्थायी कमिटी बैठक भोलि, राष्ट्रिय भेलाको तयारी मुख्य एजेण्डा

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी सचिव महेश बस्नेतका अनुसार बैठक भोलि मंगलबार दिउँसो १ बजे बस्नेछ । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गर्दैछ । उक्त भेलाको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । राष्ट्रिय भेलाबारे एमालेले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो। […] ...

लोकपथ
एमालेले मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको भेला गर्ने
Politics1w ago

एमालेले मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको भेला गर्ने

काठमाडौं । नेकपा एमालेले मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलापछि स्थानीय तहका जनप्रतिनिधिको भेला गर्ने भएको छ । एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर ४ गते जनप्रतिनिधिको भेला आयोजना गर्न लागिएको हो । त्यसैगरी, मंसिर ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम तय भएको छ । यी सबै कार्यक्रम ललितपुरको च्यासलस्थित […] ...

लोकपथ
खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काइँदै
Politics1w ago

खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा फर्काइँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर भएको छ । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो संख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा जुटेका छन् । महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेपछि त्यसको जिम्मेवारी लिनुपर्ने […] ...

लोकपथ
राप्रपा महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा पाठक
Politics1w ago

राप्रपा महाधिवेशन प्रचारप्रसार समितिको सदस्य सचिवमा पाठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आसन्न महाधिवेशनका लागि तयारीमा जुटेको छ । राप्रपाले महाधिवेशनलाई लक्षित गरेर केन्द्रीय महाधिवेशन प्रचारप्रसार समितिको सदस्यसचिवमा जनकराज पाठकलाई जिम्मेवारी दिएको छ । राप्रपाका निर्वाचित केन्द्रीय सदस्य रहेका पाठकलाई अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवारी दिएका हुन् । राप्रपाको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा केन्द्रीय प्रचारप्रसार समिति […] ...

लोकपथ
एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसिर २ र ३ गते, ३ हजार भन्दा बढी सहभागी हुने अनुमान
Politics1w ago

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मंसिर २ र ३ गते, ३ हजार भन्दा बढी सहभागी हुने अनुमान

काठमाडौं । नेकपा (एमाले) ले आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा हुने भेलाको तयारीलाई अन्तिम रूप दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा तयारी समितिको बैठक बसेको थियो । बैठकमा महासचिव शङ्कर पोखरेलले भेलाले […] ...

लोकपथ
रास्वपासँग बिच्किएका हुन् अमरेश ? सरकारलाई ०१५ र ०७४ सालको इतिहास स्मरण गराए
Politics2w ago

रास्वपासँग बिच्किएका हुन् अमरेश ? सरकारलाई ०१५ र ०७४ सालको इतिहास स्मरण गराए

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले विगतबाट सिकेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । न्यायलयमा देखिएको विचलनप्रति प्रतिक्रिया दिँदै उनले सरकारले इतिहासबाट पाठ सिक्न सुझाव दिएका हुन् । अहिलेको अवस्थामा न्यायालयले समेत न्याय माग्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय रहेको बताए । दुई तिहाइको वर्तमान सरकारले […] ...

लोकपथ
मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने
Politics2w ago

मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ः०० बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले […] ...

लोकपथ
You've reached the end of news stream from लोकपथ
Advertisement