दक्षिण अष्ट्रेलियामा भीषण आँधीको वितण्डा, हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं– अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यमा आइतबार आएको भीषण आँधीका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। आँधीका कारण रुखहरू ढल्नुका साथै ठूलो असिना र तीव्र हावाले विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ। घटनापछि १०० भन्दा बढी व्यक्तिले आपत्कालीन सहायता मागेका छन्। राज्यका विभिन्न भागमा आइतबार दिउँसोदेखि सुरु भएको आँधी आइतबार राति राजधानी एडिलेडसम्म पुगेको थियो। तीव्र हावा र ठूलो असिनासहित आएको आँधीले जनजीवन प्रभावित बनाएको थियो। राज्य आपत्कालीन सेवा (एसईएस)का अनुसार आइतबार दिउँसोदेखि सोमबारसम्म सहायता माग्दै १०० भन्दा बढी फोन आएका छन्। तीमध्ये अधिकांश फोन रुख ढलेका घटनासँग सम्बन्धित थिए। आँधीका कारण आइतबार दिउँसो राज्यभर ७ हजारभन्दा बढी विद्युत् उपभोक्ता प्रभावित भएका थिए। एसए पावर नेटवर्क्सका अनुसार सोमबार दिउँसोसम्म पनि राज्यका विभिन्न स्थानमा १५ वटा विद्युत् अवरोध कायम थिए, जसबाट १ हजार ८७२ ग्राहक प्रभावित भएका थिए। तीमध्ये एडिलेडको दक्षिणपूर्वी क्षेत्रमा रहेको विद्युत् अवरोध सबैभन्दा ठूलो थियो। उक्त अवरोधका कारण ९६६ ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका थिए। एसए पावर नेटवर्क्सले प्रभावित क्षेत्रमा सोमबार रातिसम्म विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउने जनाएको थियो।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News
![दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]](https://hamrakura.com/uploads/news/images/badri-roy.jpg)
दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...



