
भारतको जन्तर–मन्तरमा प्रदर्शन गर्न रोक, तीन वैकल्पिक स्थल तोकिए
काठमाडौं, असोज २७ । भारतको नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर–मन्तरमा विरोध प्रदर्शन गर्न नपाइने भएको छ। भारतीय प्रहरीले प्रदर्शनका लागि तीनवटा वैकल्पिक स्थल तोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अब नयाँदिल्लीमा रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिने व्यवस्था गरिएको छ। मतदाता नामावली तथा निर्वाचन व्यवस्थापनमा अनियमितता भएको आरोप लगाउँदै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागसहित प्रदर्शन ...














