पोल्यान्डका प्रधानमन्त्री टस्कको दावी- रुसविरुद्ध अमेरिका र युरोपले थप निर्णायक कदम चाल्न ढिलो भयो

काठमाडौं– पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युक्रेनमाथि रुसको आक्रमण पाँचौं जाडोमा प्रवेश गर्न लाग्दा रुसलाई नियन्त्रणमा राख्न अमेरिका र युरोपेली देशहरूले थप निर्णायक कदम चाल्नुपर्ने बताएका छन् । वार्सा सुरक्षा फोरमलाई सोमबार सम्बोधन गर्दै टस्कले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्पष्ट सन्देश दिन सम्पूर्ण पश्चिमी राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिए । उनले विशेषगरी रुसमाथिका प्रतिबन्ध थप कडा बनाउनुपर्ने सङ्केत गरे । ‘युरोप र संयुक्त राज्य अमेरिकासहित सम्पूर्ण पश्चिमले थप निर्णायक उपायमार्फत रुस र पुटिनलाई नियन्त्रण गर्ने नीति अपनाउन तयार रहेको देखाउनुपर्ने बेला आएको छ’, टस्कले भने । उनले यसै साता हुने युरोपेली शिखर सम्मेलनअघि रुसविरुद्धका प्रतिबन्ध थप कडा बनाउने विषयमा गम्भीर छलफल गर्न युरोपेली साझेदारलाई आग्रह गर्न आफू ब्रसेल्स जाने बताए । रुससँग सीमा जोडिएको नेटो र युरोपेली सङ्घ (ईयू) सदस्य पोल्यान्ड सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेदेखि नै किएभको प्रमुख सहयोगी रहँदै आएको छ । पोल्यान्डले युक्रेनलाई महत्त्वपूर्ण सैन्य तथा मानवीय सहायता प्रदान गर्दै आएको छ । पोल्यान्डले आफ्नो भूमिमा तोडफोडका गतिविधि र हाइब्रिड युद्ध सञ्चालन गरेको आरोप पनि रुसमाथि लगाउँदै आएको छ । मस्कोले यी आरोप अस्वीकार गर्दै आएको छ । गत सेप्टेम्बरमा टस्कले युक्रेनविरुद्धको युद्धमा रुसको रणनीतिमा वार्सासहित किएभका सहयोगीलाई लक्षित गरी हाइब्रिड गतिविधि तथा ड्रोन र क्षेप्यास्त्र आक्रमण गर्ने योजना समावेश हुन सक्ने चेतावनी दिएका थिए । युरोप समर्थक मध्यमार्गी नेता टस्कले पोल्यान्ड युक्रेनको दृढ सहयोगी रहने प्रतिबद्धता दोहो¥याउँदै अन्य पश्चिमी राष्ट्रलाई पनि किएभको समर्थनमा एकजुट हुन आग्रह गरेका छन् । उनको पछिल्लो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने युद्धविरामबारे घोषणा गरेको भनिएको घटनाक्रमपछि आएको हो । उक्त घोषणाको विस्तृत विवरण सार्वजनिक नभएपछि किएभमा आश्चर्य र मस्कोमा मौनता देखिएको समाचारमा उल्लेख छ । वार्सा सुरक्षा फोरममा टस्कले युक्रेनको युद्धलाई अस्तित्वको लडाइँका रूपमा चित्रण गरे । ‘यदि युक्रेन लडिरहेको छ भने त्यो आफ्नो अस्तित्वका लागि लडिरहेको छ । रुस भने प्रभुत्वका लागि लडिरहेको छ’, उनले भने । उनले दोस्रो विश्वयुद्धअघि नाजी प्रचारले पोल्यान्डलाई जर्मनीको आक्रमणका लागि जिम्मेवार देखाउने प्रयास गरेको इतिहास स्मरण गर्दै अहिले मस्कोबाट पनि त्यस्तै प्रचार सुनिन थालेको बताए । ‘आज हामी मस्कोमा ठ्याक्कै त्यही कुरा सुनिरहेका छौं र दुर्भाग्यवश हाम्रा केही राजधानीमा पनि यस्तो आवाज बढ्दै गएको छ’, टस्कले भने ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News
![दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]](https://hamrakura.com/uploads/news/images/badri-roy.jpg)
दशैँतिहार उपहारसहित चौधरी ग्रुपको सीजी ब्रान्डले ल्यायो उच्चस्तरीय घरायसी सामग्री [भिडियो]
सीजी ब्रान्डले घरायसी प्रयोजनका सामग्रीहरू किन्दा भारी मात्रामा उपहार लिएर बजारमा आएको जनाएको छ । ...

दूतावासको खर्चमा प्रथम सचिवकी बहिनीको स्वास्थ्य बीमा ! सरकारी क्वार्टरमा पनि बसोबास
• जर्मनीस्थित नेपाली दूतावासका प्रथम सचिव रञ्जन यादवमाथि अनियमितताको आरोप र उनकी बहिनीको स्वास्थ्य बीमा विवरण फेला परेको छ। • यादवले बहिनीलाई एटेंडेंट भिसामा ल्याउन चाहेका थिए, तर दूतावासले भिसा नदिएपछि विद्यार्थी भिसामा ल्याएको बताइएको छ। • यादवले ४२ दिनको हाजिरी गरेको विषयमा छानबिन र कारबाहीको मागसहित उजुरी परेको छ, र पत्रकारलाई धम्की दिएको आरोप पनि छ। ...

पूर्वाधार विकास कोषको पुँजी १ खर्ब पुर्याउने प्रस्ताव, संघीय सरकारको ४० प्रतिशत शेयर हिस्सा रहने
• सरकारले पूर्वाधार विकास कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ, जसमा नेपाल सरकारको ४० प्रतिशत शेयर स्वामित्व रहनेछ। • प्रस्तावित कानूनी व्यवस्थाबाट पूर्वाधार क्षेत्रमा लगानी बढ्ने, स्थानीय तहको वित्तीय पहुँच सुदृढ हुने र सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। • विधेयक पारित भएमा नगर विकास कोष ऐन, २०५३ खारेज हुनेछ र सम्पूर्ण सम्पत्ति, दायित्व ...



