
मुस्ताङमा ३० प्रतिशत मात्रै स्याउ निकासी, सडक अवरुद्ध हुँदा किसानलाई समस्या
काठमाडौं – मुस्ताङमा यस वर्ष उत्पादित स्याउमध्ये हालसम्म ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको छ। असोज ११ गतेको भारी वर्षापछि बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ बजार पठाउन ढिलाइ भएको हो । यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्ध हुँदा किसान र व्यापारीलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास ...












