Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेसको १५ खुला महिला सदस्यको मतगणनामा को–को छन् अगाडि ?

कांग्रेसको १५ खुला महिला सदस्यको मतगणनामा को–को छन् अगाडि ?

10/13/2026, 7:25:46 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसको १५ खुला महिला सदस्यको मतगणनामा को–को छन् अगाडि ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फका १५ महिला केन्द्रीय सदस्य पदको जारी मतगणनामा उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार हालसम्म कुल चार हजार ६८९ मत गणना भइसकेको छ । पछिल्लो मतपरिणामअनुसार वासना थापाले सर्वाधिक तीन हजार ४८४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छिन् । त्यस्तै, उर्मिला थपलियाले दुई हजार ६४७ मत र निमा गिरीले दुई हजार ६२० मत ल्याएर उनलाई पछ्याइरहेकी छिन् । १५ जना खुला पदका लागि भइरहेको यो प्रतिस्पर्धामा अन्य उम्मेदवारहरू पनि अग्रता बनाउन सङ्घर्षरत छन् । अगाडि रहेका १५ उम्मेदवारको मतपरिणाम– वासना थापा: ३४८४ मत उर्मिला थपलिया: २६४७ मत निमा गिरी: २६२० मत कुसुमदेवी थापा: २१२९ मत धना कुमारी खतिवडा: २१२५ मत अनिता देवकोटा: १९३० मत विनिता खड्का: १८९२ मत लक्ष्मी पाण्डे: १७७२ मत सृजना अधिकारी: १७६२ मत मुना भुसाल: १६३२ मत चिनी पोखरेल चिनु: १५६४ रिता थापा मगर: १५१० कल्पना तिवारी: १५०९ गङ्गा दाहाल: १४९२ कान्तिका सेजुवाल: १४८१

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

कुनै देशमाथि आक्रमण गर्ने वा आफ्नो प्रभुत्व जमाउने कुरामा भारत विश्वास गर्दैन : गृहमन्त्री शाह
ताजा खबरJust now

कुनै देशमाथि आक्रमण गर्ने वा आफ्नो प्रभुत्व जमाउने कुरामा भारत विश्वास गर्दैन : गृहमन्त्री शाह

काठमाडौँ। भारतका गृहमन्त्री अमित शाहले क्षेत्रीय एकीकरण, आर्थिक सहयोग र सामूहिक सुरक्षाका लागि बिमस्टेक अपरिहार्य मञ्च बनेको बताएका छन् । भारतमा मंगलबार बसेको पहिलो गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकलाई सम्बोधन गर्दै उनले भारतको... ...

रातोपाटी
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
ताजा खबरJust now

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्। हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पारे। मन्त्री डा. तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ...

नेपालन्युज
नेपालले ओमानलाई जितका लागि दियो २ सय ६४ रनको लक्ष्य
ताजा खबरJust now

नेपालले ओमानलाई जितका लागि दियो २ सय ६४ रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानसामु जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।  ओमानको अल अमरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६३ रनको योगफल तयार पारेको छ।  चौथो विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ८६ रनको साझेदारी... ...

नेपालखबर
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
ताजा खबरJust now

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ, असोज २७ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ ।हुलाक सेवा विभ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play