Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

Share:WhatsAppFacebookX (Twitter)Telegram
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्। हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पारे। मन्त्री डा. तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्ने संस्थाका रूपमा विकास र विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए। मन्त्री तिमिल्सिनाले भने, “अन्तर्राष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन, यसको सेवामा परिवर्तन हुँदै आएकाले नेपालमा पनि हुलाकलाई प्रभावकारी बनाउन कर्मचारीको क्षमता अभिवृद्धि, साधनस्रोत सम्पन्न र दूरदराजका जनतासम्म सेवा पुर्‍याउने कार्यमा सहयोग गर्न सरकार लागिपरेको छ।” उनले विगतमा हुलाकका गतिविधि, कमी कमजोरी र देखिएका समस्याको पहिचान गरी आगामी दिनमा हुलाकको काम प्रभावकारी बनाउन मतहतका कर्मचारीको विशेष पहल आवश्यक रहेको बताए। मन्त्री तिमिल्सिनाले बजेट अभाव, साधनस्रोत कमी र कार्यसम्पादनमा जटिलता देखाएर कुनै पनि कर्मचारी आफ्नो अधिकार र कर्तव्यबाट नपन्छिन निर्देशन दिए। हुलाकको सेवालाई छिटोछरितो र गुणस्तरीय बनाउनेमा विभाग मातहतका सबै निकाय र कर्मचारीको सकारात्मक सोच र प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ। सरकारले हुलाकमा गरेको लगानीको पूर्ण सदुपयोग गर्न कर्मचारीतन्त्रले सकारात्मक सोच र प्रतिवद्धताका कार्यसम्पादन गर्नुपर्ने उनले धारणा व्यक्त गरे। उनले वर्तमान सरकारले सुशासनमा जोड दिएकाले कार्यसम्पादनका सिलसिलामा देखिएका कुनै पनि समस्याको समाधानका लागि खाका लिएर आए सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। हुलाक सेवामा रहेको सवारीसाधनसम्बन्धी समस्या हटाउन एक सय थान मोटरसाइकल खरिद प्रक्रिया सुरु भएको जानकारी दिँदै मन्त्री डा. तिमिल्सनाले अतिरिक्त हुलाकका कर्मचारीको सुविधा समयानुकूल बनाउने सन्दर्भमा मन्त्रालय सकारात्मक रहेको बताए। मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले हुलाक सेवाको कामलाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी तुल्याउँदै प्रदेश र स्थानीय तहसँग समन्वय गरी छिटो र गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता औंल्याए। उनले हुलाक सेवामा नीतिगत सुधार र प्रचारप्रसार आवश्यक रहेको जनाउँदै अतिरिक्त हुलाकका कर्मचारीको सेवा सुविधा बढाउनेतर्फ सरकार सकारात्मक रहेको जानकारी दिए। विभागका महानिर्देशक मनमाया भट्टराईले विभिन्न चुनौतीका बीच विभागले आफ्नो जिम्मेवारीलाई व्यवस्थित र द्रुतगतिमा अगाडि बढाएको बताइन्। १५२औं विश्व हुलाक दिवसका अवसरमा उत्कृष्ठ कार्यसम्पादन गरेको भनी घोषणा गरिएका गोरखा, सल्यान, म्याग्दी र भक्तपुर हुलाक कार्यालयका प्रमुखहरू सम्मानित भएका छन्। कार्यक्रममा हुलाक प्रशिक्षण केन्द्रका मुख्य प्रशिक्षक ध्रुवराज आचार्यलाई नगदसहित पुरस्कृत गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

श्रम कूटनीतिमा सहानुभूति होइन, समानुभूति जरुरी छ: पद्माश्री राणा
ताजा खबरJust now

श्रम कूटनीतिमा सहानुभूति होइन, समानुभूति जरुरी छ: पद्माश्री राणा

ओमानका लागि प्रस्तावित नेपाली राजदूत पद्माक्षी राणाले आफ्नो कार्यकालमा श्रम कूटनीतिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकी छन्।  मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै राणाले ओमानमा रहेका नेपाली श्रमिकको समस्या समाधान र उनीहरूको सुरक्षालाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताइन्। राणाले श्रमिकको अवस्था सुधारका लागि ... ...

नेपालखबर
‘पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन आवश्यक’
ताजा खबरJust now

‘पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन आवश्यक’

काठमाडौं। गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीले नेपालमा बढ्दो पर्वतीय विपद्को जोखिम न्यूनीकरणका लागि विद्यमान नीति, कानुन तथा विपद् व्यवस्थापन प्रणालीको पुनरावलोकन गर्न आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले नेपालको भौगोलिक अवस्था र पछिल्लो समय देखिएका विपद्का घटनालाई ध्यानमा राखेर जोखिम व्यवस्थापनको समग्र प्रणाली विकास गर्नुपर्ने बताए। उनले उच्च ...

नेपालन्युज
कोरियाका लागि प्रस्तावित राजदूत श्रेष्ठमाथि स्वार्थको द्वन्द्वबारे प्रश्न
ताजा खबरJust now

कोरियाका लागि प्रस्तावित राजदूत श्रेष्ठमाथि स्वार्थको द्वन्द्वबारे प्रश्न

सांसदहरूले दक्षिण कोरियाका लागि प्रश्तावित नेपाली राजदुत प्राडा सङ्गम श्रेष्ठलाई कोरियामा रहेका झन्डै ९१ हजार नेपाली नागरिकको संरक्षण, ईपीएस प्रणालीको नियमितता र गैरसरकारी संस्था तथा व्यवसायसँगको विगतको आवद्धतामाथि स्पष्टीकरण माग गरेका छन्।  संसदीय सुनुवाई समितिले मंगलबार कार्ययोजना माग गर्दै स्वार्थको द्वन्द्व, नेपाली श्रमिक तथा विद्यार्थीको सुरक्षा र दूतावासको क... ...

नेपालखबर
कोरियाका लागि प्रस्तावित राजदुत श्रेष्ठसँग संसदीय समितिमा स्वार्थको द्वन्द्व र श्रमिक सुरक्षाबारे प्रश्न
ताजा खबरJust now

कोरियाका लागि प्रस्तावित राजदुत श्रेष्ठसँग संसदीय समितिमा स्वार्थको द्वन्द्व र श्रमिक सुरक्षाबारे प्रश्न

काठमाडाैँ । सांसदहरूले दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदुत प्रा. डा. सङ्गम श्रेष्ठलाई कोरियामा रहेका झन्डै ९१ हजार नेपाली नागरिकको संरक्षण, इपिएस प्रणालीको नियमितता र गैरसरकारी संस्था तथा व्यवसायसँगको विगतको आवद्धतामाथि स्पष्टीकरण माग गरेका छन् । संसदीय सुनुवाई समितिले मंगलबार कार्ययोजना माग गर्दै स्वार्थको द्वन्द्व, नेपाली श्रमिक तथा विद्यार्थीको सुरक्षा र दुतावासको कार्यशैलीबारे प्रश्न सोधेको हो । सांसदहरूले कोरियामा नेपाली ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play