Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन आवश्यक’

‘पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन आवश्यक’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन आवश्यक’

काठमाडौं। गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीले नेपालमा बढ्दो पर्वतीय विपद्को जोखिम न्यूनीकरणका लागि विद्यमान नीति, कानुन तथा विपद् व्यवस्थापन प्रणालीको पुनरावलोकन गर्न आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले नेपालको भौगोलिक अवस्था र पछिल्लो समय देखिएका विपद्का घटनालाई ध्यानमा राखेर जोखिम व्यवस्थापनको समग्र प्रणाली विकास गर्नुपर्ने बताए। उनले उच्च हिमाली क्षेत्रमा हुने अतिवृष्टि, पहिरो, नदीमा आकस्मिक बाढी तथा बूढीगण्डकी क्षेत्रमा देखिएका सुक्खा पहिरो र नदी थुनिने घटनालाई अलग–अलग रूपमा मात्र नहेरी तिनको अन्तरसम्बन्ध र समग्र जोखिमको विश्लेषण गर्नुपर्नेमा जोड दिए। “हाम्रा आफ्नै भौगोलिक अवस्था र समस्यालाई ध्यानमा राखेर विपद् व्यवस्थापनलाई विकास नीतिमा समाहित गर्नुपर्छ। पूर्व तयारी, उद्धार र राहतका कामलाई पनि जोखिममा आधारित समग्र प्रणालीका रूपमा विकास गर्न आवश्यक छ”, उनले भने। विपद् पूर्णरूपमा रोक्न नसकिए पनि मानवीय क्षति न्यूनीकरण र महत्त्वपूर्ण पूर्वाधारको संरक्षण गर्न सकिने उनको भनाइ थियो। त्यसका लागि पूर्वाधार निर्माणको डिजाइन, सुरक्षा तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकको संरक्षणलाई प्राथमिकतामा राख्नु पर्ने उनले बताए। सहसचिव अधिकारीले गृह मन्त्रालयले उच्च हिमाली क्षेत्रमा उत्पन्न हुने विशिष्ट प्रकृतिका विपद् व्यवस्थापनका लागि आवश्यक ढाँचा विकास गर्न काम गरिरहेको जानकारी दिए। यसका लागि वैज्ञानिक, प्राज्ञिक क्षेत्र, विकास साझेदार तथा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) जस्ता संस्थाले गरेका अनुसन्धान र अध्ययनको पुनरावलोकन गरिने उनले बताए। सम्मेलनले आगामी दिनमा आवश्यक नीतिगत सुधारका लागि महत्त्वपूर्ण सुझाव र सिफारिस प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले विपद् व्यवस्थापनमा संलग्न सबै निकाय तथा विज्ञको सहयोग आवश्यक रहेको बताए। यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जलवायु परिवर्तनलगायत विभिन्न कारणले विपद्को जोखिम बढ्दै गएको बताए। यस वर्षको अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको ‘घरबाटै उत्थानशीलताको सुरुवात’ भन्ने नाराले घरपरिवारबाट सुरु हुने सुरक्षित अभ्यास समुदाय, समाज, राष्ट्र हुँदै विश्वव्यापी रूपमा विस्तार हुनुपर्ने सन्देश दिएको उनले बताए। उनले बाढी, पहिरो, हावाहुरी, चट्याङ तथा शीतलहर जस्ता विपद्का साथै पश्चिमी वायुका कारण कृषि क्षेत्रमा पर्ने असरलाई समेत विपद् जोखिम व्यवस्थापनको दायरामा राख्नुपर्ने उल्लेख गरे। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले विगतमा प्रयोग हुँदै आएका बाढीको सतर्कता तथा खतरा तहसम्बन्धी मापदण्ड र पूर्व सूचना प्रणालीको प्रभावकारितामाथि पुनर्विचार गर्नुपर्ने सन्देश दिएको उनको भनाइ थियो। “विगतमा तय गरिएका बाढीको मापन र जोखिमका सूचकले सबै परिस्थितिलाई समेट्न नसक्ने अवस्था देखिएको छ। त्यसैले प्रचलित पूर्व सूचना प्रणाली, कानुन, नीति, रणनीति र विपद् व्यवस्थापनका ढाँचालाई पुनरावलोकन गर्न आवश्यक छ”, उनले भने। विपद् पूर्व तयारी सञ्जाल नेपाल (डिपिनेट) का अध्यक्ष डा. वसन्तराज अधिकारीले भोटेकोशी बाढी प्रभावित क्षेत्रलगायत जोखिमयुक्त स्थानमा जोखिम संवेदनशील भूउपयोग योजना बनाएर विकास निर्माणका काम अघि बढाउन सुझाव दिए। उनले विपदबाट हुने क्षति न्यूनीकरणका लागि समुदायस्तरदेखि नै विपद् व्यवस्थापनसम्बन्धी शिक्षा र जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म: के-के हुँदैछन् नयाँ काम ?
ताजा खबरJust now

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म: के-के हुँदैछन् नयाँ काम ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनर्संरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ। त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राज्ञिक स्वरूपमा ठूलो ...

केन्द्रबिन्दु
पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण
ताजा खबरJust now

पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण

बागमती – दसैँको अवसरमा गुप्त सतचण्डी पाठपारायण सञ्चालन गरिएको छ । हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडास्थित पाथीभरा मन्दिरमा पाठपारायण सञ्चालन गरिएको हो । महाकाली, महालक्ष्मी र महासरस्वती (दुर्गा) लाई प्रसन्न गर्न गरिने उच्च कोटिको वैदिक अनुष्ठानलाई सतचण्डी पाठपारायण भनिन्छ । यहाँ घटस्थापनाका दिनदेखि गुप्त सतचण्डी पाठपारायण भइरहेको मन्दिरका संस्थापक गुरु देवीदासले जानकारी दिए । घटस्थापनादेखि सुरु भएको […] ...

काठमाण्डुपाटी
युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘मेरो मन चोर्‍यो सुटुक्कै’
ताजा खबरJust now

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘मेरो मन चोर्‍यो सुटुक्कै’

फिल्म ‘बाटुलो जून’ समावेश गीत  ‘मेरो मन चोर्‍यो सुटुक्कै’ युट्युब भिडि‌ओ नेपालमा ट्रेन्डिङमा पहिलो नम्बरमा आएको छ।  घटस्थापनाको दिन सार्वजनिक भएको गीतको भिडिओले युट्युब वर्ल्ड टपअन्तर्गत नेपालमा शीर्ष स्थान बनाउन सफल भएको हो। दुई दिनमा पाँच लाखभन्दा बढी पटक हेरिएको गीतको भ्यूजलाई फिल्म निर्माण युनिटले अर्गानिक भनेको छ। ... ...

नेपालखबर
नवउदारवादी प्रणालीले नेपालको अस्तित्व र पहिचान सङ्कटमा पार्‍यो : देव गुरुङ
ताजा खबरJust now

नवउदारवादी प्रणालीले नेपालको अस्तित्व र पहिचान सङ्कटमा पार्‍यो : देव गुरुङ

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले मुलुकको मौलिक पहिचान र राष्ट्रिय अस्तित्व गम्भीर सङ्कटमा परेको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपालमा विस्तार भइरहेको नवउदारवादी आर्थिक प्रणालीका कारण देशको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play