कोरियाका लागि प्रस्तावित राजदुत श्रेष्ठसँग संसदीय समितिमा स्वार्थको द्वन्द्व र श्रमिक सुरक्षाबारे प्रश्न

काठमाडाैँ । सांसदहरूले दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदुत प्रा. डा. सङ्गम श्रेष्ठलाई कोरियामा रहेका झन्डै ९१ हजार नेपाली नागरिकको संरक्षण, इपिएस प्रणालीको नियमितता र गैरसरकारी संस्था तथा व्यवसायसँगको विगतको आवद्धतामाथि स्पष्टीकरण माग गरेका छन् । संसदीय सुनुवाई समितिले मंगलबार कार्ययोजना माग गर्दै स्वार्थको द्वन्द्व, नेपाली श्रमिक तथा विद्यार्थीको सुरक्षा र दुतावासको कार्यशैलीबारे प्रश्न सोधेको हो । सांसदहरूले कोरियामा नेपाली कामदारको सुरक्षा, विद्यार्थीमाथि हुने शोषण, निर्यात प्रवद्र्धन तथा कुटनीतिक आचारसंहिता पालनाका विषयमा केन्द्रित रहेर प्रश्न उठाए । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले कोरियामा झन्डै ९१ हजार नेपाली नागरिक र १७ हजार विद्यार्थी रहेको तथ्यांक प्रश्तुत गर्दै उनीहरूको सुरक्षा र व्यवस्थापनमा दूतावासको भुमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए । ढुंगानाले कोरियाको आर्थिक तथा प्राविधिक विकासबाट नेपालले लाभ लिनुपर्ने बताउँदै नेपाली समुदायलाई दुतावाससँग जोडेर सुरक्षित प्रत्याभुति दिलाउने ठोस योजना माग गरे । नेकपा एमालेकी सांसद पद्मा अर्यालले डा. श्रेष्ठ कोरियामै लामो समय व्यवसाय तथा गैरसरकारी संस्थामा आवद्ध रहेको प्रसंग उठाउँदै ‘स्वार्थको द्वन्द्व’ (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) र राजदुत नियुक्तिसम्बन्धी निर्देशिकाको दफा १० आकर्षित हुने वा नहुनेबारे प्रश्न गरिन् । अर्यालले कोरियास्थित नेपाली दुतावास सर्वसाधारणको पहुँचभन्दा निकै टाढा रहेको जनगुनासो रहेको उल्लेख गर्दै श्रमिकका समस्या, भिसा जटिलता तथा विद्यार्थीको शोषण रोक्न योजना मागिन् । उनले चिया, कफी, अलैँची, जडीबुटी तथा हस्तकलाको निर्यात प्रवद्र्धन एवं हरित ऊर्जा र प्रविधि हस्तान्तरणमा ध्यान दिन आग्रह गरिन् । नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले स्थानीय तहहरूबिचको ‘भगिनी सम्बन्ध’ का नाममा मानव ओसारपसार भइरहेको घटनाप्रति चिन्ता व्यक्त गरे । उनले सुर्खेतको पञ्चपुरी नगरपालिकाबाट भगिनी सम्बन्धका आधारमा कोरिया पुगेका २० जनामध्ये १० जना अझै उतै हराएको उदाहरण दिँदै यस्ता विकृति रोक्न र कोभिडपछि प्रभावित बनेको इपिएस प्रक्रियालाई पूर्ण रूपमा सुचारु गराउन प्रस्तावित राजदुतको पहलकदमीबारे जिज्ञासा राखे ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म: के-के हुँदैछन् नयाँ काम ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनर्संरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ। त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राज्ञिक स्वरूपमा ठूलो ...

पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण
बागमती – दसैँको अवसरमा गुप्त सतचण्डी पाठपारायण सञ्चालन गरिएको छ । हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडास्थित पाथीभरा मन्दिरमा पाठपारायण सञ्चालन गरिएको हो । महाकाली, महालक्ष्मी र महासरस्वती (दुर्गा) लाई प्रसन्न गर्न गरिने उच्च कोटिको वैदिक अनुष्ठानलाई सतचण्डी पाठपारायण भनिन्छ । यहाँ घटस्थापनाका दिनदेखि गुप्त सतचण्डी पाठपारायण भइरहेको मन्दिरका संस्थापक गुरु देवीदासले जानकारी दिए । घटस्थापनादेखि सुरु भएको […] ...

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘मेरो मन चोर्यो सुटुक्कै’
फिल्म ‘बाटुलो जून’ समावेश गीत ‘मेरो मन चोर्‍यो सुटुक्कै’ युट्युब भिडि‌ओ नेपालमा ट्रेन्डिङमा पहिलो नम्बरमा आएको छ। घटस्थापनाको दिन सार्वजनिक भएको गीतको भिडिओले युट्युब वर्ल्ड टपअन्तर्गत नेपालमा शीर्ष स्थान बनाउन सफल भएको हो। दुई दिनमा पाँच लाखभन्दा बढी पटक हेरिएको गीतको भ्यूजलाई फिल्म निर्माण युनिटले अर्गानिक भनेको छ। ... ...

नवउदारवादी प्रणालीले नेपालको अस्तित्व र पहिचान सङ्कटमा पार्यो : देव गुरुङ
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले मुलुकको मौलिक पहिचान र राष्ट्रिय अस्तित्व गम्भीर सङ्कटमा परेको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपालमा विस्तार भइरहेको नवउदारवादी आर्थिक प्रणालीका कारण देशको... ...


