मुस्ताङमा ३० प्रतिशत मात्रै स्याउ निकासी, सडक अवरुद्ध हुँदा किसानलाई समस्या

काठमाडौं – मुस्ताङमा यस वर्ष उत्पादित स्याउमध्ये हालसम्म ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको छ। असोज ११ गतेको भारी वर्षापछि बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ बजार पठाउन ढिलाइ भएको हो । यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्ध हुँदा किसान र व्यापारीलाई बिक्री तथा व्यवस्थापनमा समस्या भएको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा। लालमणि अर्यालले बताए । उनका अनुसार सामान्य अवस्थामा यतिबेलासम्म ७० प्रतिशत स्याउ बजारमा पठाइसक्नुपर्ने भए पनि हालसम्म ३० प्रतिशत मात्रै जिल्ला बाहिर निकासी भएको छ । मुस्ताङमा उत्पादित स्याउको करिब १० प्रतिशत जिल्लाभित्रै खपत हुने गरेको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष जिल्लामा १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ । गत वर्ष सात हजार मेट्रिक टन उत्पादन भएको थियो । उत्पादन बढेकाले यस वर्ष स्याउ बिक्रीबाट झन्डै दुई अर्ब रुपैयाँ आम्दानी हुने उनको अनुमान छ । भारी वर्षापछि अवरुद्ध बेनी–जोमसोम सडक मर्मत गरेर सञ्चालनमा ल्याइए पनि यातायात अझै सहज भइसकेको छैन। स्याउ बिक्री गर्ने मुख्य याम घर्किन लागेपछि किसानले धमाधम स्याउ टिपेर बजार पठाउन थालेका छन् । मुस्ताङमा उत्पादित स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म बढी खपत हुने गर्छ । तर, यसपालि सडक लामो समय अवरुद्ध हुँदा पाँचवटै स्थानीय तहमा उत्पादित स्याउ समयमै बजार पुर्याउन नसकिएको हो । घरपझोङ गाउँपालिका–५, ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङका अनुसार सडक सञ्चालन भएको दुई दिनमा छ ट्रक स्याउ काठमाडौं पठाइएको छ। उनले आफ्नो फार्मबाट हालसम्म ३० प्रतिशत मात्रै स्याउ बजार पठाउन सकिएको जानकारी दिए । जिल्लास्तरीय बोर्डको निर्णयअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि बगैँचाबाट टिप्न सकिने व्यवस्था गरिएको थियो। उत्पादन बढेको वर्षमै ढुवानीमा समस्या आएपछि बाँकी स्याउ समयमै बजार पुर्याउने चुनौती किसान र व्यापारीसामु देखिएको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

केवाईसी अपडेटको बहानामा ४९ लाख ठगी, तीन जनाविरुद्ध मुद्दा
राैतहटमा बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर ओटीपी र बैंकिङ विवरण चोरेको आरोपमा दुई भारतीयसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो। ...

अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
• अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र आईएमएफ को संयुक्त वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गरेका छन्। • बैठकमा नेपालको आर्थिक अवस्था र विकासका प्राथमिकतासम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ। • अर्थमन्त्रीसँगै अन्य उच्च अधिकारीहरू पनि बैंकक जानु भएको छ र उहाँ कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ। ...

रोहितकाे अर्धशतकमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य
काठमाडौं । रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली ओमानसामु २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । अल अमिरेत रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल तयार पार्यो । नेपालका रोहितले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ६७ बलमा […] ...

१४ इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार जरिवाना
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड र निर्देशनविपरीत इन्टरनेट सेवा सञ्चालन गर्ने १४ वटा सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणका अनुसार स्वीकृत प्याकेजअनुसार सेवा नदिएको, तोकिएभन्दा बढी शुल्क लिएको, स्वीकृतिबिनाका प्याकेज बिक्री गरेको तथा सेवाग्राहीलाई समयमै जानकारी नदिएको कसुरमा कारबाही गरिएको हो। जरिवानामा पर्ने कम्पनीमा वर्ल्डलिङ्क, भायानेट, क्लासिक टेक, सुबिसु, डिस मिडिया नेटवर्क, वाइफाइ नेपाल, सीजी कम्युनिकेसन, ...


