Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/१४ इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार जरिवाना

१४ इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार जरिवाना

10/13/2026, 3:11:53 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
१४ इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार जरिवाना

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड र निर्देशनविपरीत इन्टरनेट सेवा सञ्चालन गर्ने १४ वटा सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणका अनुसार स्वीकृत प्याकेजअनुसार सेवा नदिएको, तोकिएभन्दा बढी शुल्क लिएको, स्वीकृतिबिनाका प्याकेज बिक्री गरेको तथा सेवाग्राहीलाई समयमै जानकारी नदिएको कसुरमा कारबाही गरिएको हो। जरिवानामा पर्ने कम्पनीमा वर्ल्डलिङ्क, भायानेट, क्लासिक टेक, सुबिसु, डिस मिडिया नेटवर्क, वाइफाइ नेपाल, सीजी कम्युनिकेसन, ब्रोडलिङ्क, वेब सर्फर, फाइबरवर्ल्ड, एरोनेट, फर्स्ट लिङ्क, पोखरा इन्टरनेट र टेकमाइन्ड्स नेटवर्क रहेका छन्। प्राधिकरणले स्वीकृतिबिना सञ्चालन गरिएका प्याकेज र शुल्क तत्काल बन्द गर्न निर्देशन दिँदै ग्राहकलाई हानिनोक्सानी भएको भए क्षतिपूर्ति उपलब्ध गराउनसमेत भनेको छ। साथै, स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरेको पाइएमा प्राधिकरणमा उजुरी गर्न सेवाग्राहीलाई आग्रह गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

पनामामा भूकम्पपछि आपतकाल घोषणा
ताजा खबरJust now

पनामामा भूकम्पपछि आपतकाल घोषणा

पनामा सिटी, असोज २७ गते । शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपतकाल घोषणा गरेको छ । य... ...

गोरखापत्र
कोरियामा रहेका नेपालीको सुरक्षा, ईपीएस प्रणाली र ‘स्वार्थको द्वन्द्व’बारे प्रस्तावित राजदूत श्रेष्ठसँग प्रश्न
ताजा खबरJust now

कोरियामा रहेका नेपालीको सुरक्षा, ईपीएस प्रणाली र ‘स्वार्थको द्वन्द्व’बारे प्रस्तावित राजदूत श्रेष्ठसँग प्रश्न

काठमाडौँ। दक्षिण कोरियाका लागि प्रस्तावित नेपाली राजदूत प्रा. डा. सङ्गम श्रेष्ठसँग संसदीय सुनुवाइ समितिले कोरियामा रहेका ९१ हजार नेपाली नागरिकको संरक्षण, ईपीएस प्रणालीको नियमितता तथा गैरसरकारी संस्था र व्यवसायसँगको विगतको... ...

रातोपाटी
महरादेखि खगेन्द्रसम्म तानिए अडियो प्रकरणमा : खराब आचरण कि षड्यन्त्रको सिकार ?
ताजा खबरJust now

महरादेखि खगेन्द्रसम्म तानिए अडियो प्रकरणमा : खराब आचरण कि षड्यन्त्रको सिकार ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार र एक महिला (प्रदेशको पूर्वराज्यमन्त्री) बिचको भनिएको अडियो रेकर्ड (संवाद) सार्वजनिक भएपछि हलचल मच्चिएको छ । सार्वजनिक भएको अडियोमा बोल्ने पुरुष... ...

रातोपाटी
नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोडमाथि
ताजा खबरJust now

नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोडमाथि

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा पुगेको हो । यसअघि सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २ हजार ५९५.८१ विन्दुमा बन्द भएको थियो । परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play