नेप्से ४.१२ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ७३ करोडमाथि

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा पुगेको हो । यसअघि सोमबार नेप्से परिसूचक ४ अंकले बढेर २ हजार ५९५.८१ विन्दुमा बन्द भएको थियो । परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यस दिन ३५१ वटा कम्पनी तथा वित्तीय उपकरणका १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएका धितोपत्रमध्ये १०४ वटाको मूल्य बढेको छ भने १६७ वटाको मूल्य घटेको छ । बाँकी ७ वटाको मूल्य स्थिर रहेको छ । नेप्सेमा सामान्य सुधार देखिए पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन । यस दिन सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक १२.४४ प्रतिशतले बढेको छ । त्यस्तै, स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले घटेको छ । धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १२.८७ प्रतिशतले घट्दा एनआईसी एसिया सेलेक्ट फन्ड ३० को मूल्य ५.२३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा घलेम्यादी हाइड्रो शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जी नेपाल र कुमारी बैंकको समान २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको १२ करोड र लक्ष्मी सनराइज बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन पाँच समूहका उपसूचक बढेका छन् भने बाँकी समूहका उपसूचक घटेका छन् । बैंकिङ, विकास बैंक, लगानी, जीवन बिमा र निर्जीवन बिमा समूहका उपसूचकमा वृद्धि देखिएको छ । अन्य समूहका उपसूचक भने नकारात्मक रहेका छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म: के-के हुँदैछन् नयाँ काम ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनर्संरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ। त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राज्ञिक स्वरूपमा ठूलो ...

पाथीभरा मन्दिरमा गुप्त सतचण्डी पाठपारायण
बागमती – दसैँको अवसरमा गुप्त सतचण्डी पाठपारायण सञ्चालन गरिएको छ । हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडास्थित पाथीभरा मन्दिरमा पाठपारायण सञ्चालन गरिएको हो । महाकाली, महालक्ष्मी र महासरस्वती (दुर्गा) लाई प्रसन्न गर्न गरिने उच्च कोटिको वैदिक अनुष्ठानलाई सतचण्डी पाठपारायण भनिन्छ । यहाँ घटस्थापनाका दिनदेखि गुप्त सतचण्डी पाठपारायण भइरहेको मन्दिरका संस्थापक गुरु देवीदासले जानकारी दिए । घटस्थापनादेखि सुरु भएको […] ...

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘मेरो मन चोर्यो सुटुक्कै’
फिल्म ‘बाटुलो जून’ समावेश गीत ‘मेरो मन चोर्‍यो सुटुक्कै’ युट्युब भिडि‌ओ नेपालमा ट्रेन्डिङमा पहिलो नम्बरमा आएको छ। घटस्थापनाको दिन सार्वजनिक भएको गीतको भिडिओले युट्युब वर्ल्ड टपअन्तर्गत नेपालमा शीर्ष स्थान बनाउन सफल भएको हो। दुई दिनमा पाँच लाखभन्दा बढी पटक हेरिएको गीतको भ्यूजलाई फिल्म निर्माण युनिटले अर्गानिक भनेको छ। ... ...

नवउदारवादी प्रणालीले नेपालको अस्तित्व र पहिचान सङ्कटमा पार्यो : देव गुरुङ
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले मुलुकको मौलिक पहिचान र राष्ट्रिय अस्तित्व गम्भीर सङ्कटमा परेको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपालमा विस्तार भइरहेको नवउदारवादी आर्थिक प्रणालीका कारण देशको... ...


