Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिनमा सिँचाइ सुविधा

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट थप १५० हेक्टर जमिनमा सिँचाइ सुविधा
Photo / Coverage: विश्वखबर

काठमाडौं – राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार बाँकेको सिक्टा सिँचाइ आयोजनाले थप १०० हेक्टर र बर्दियाको बबई सिँचाइ आयोजनाले थप ५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्‍याएका छन् । सिँचाइ विस्तारसँगै दुवै आयोजनाले चालु आर्थिक वर्षको पुस मसान्तसम्म थप क्षेत्रमा सुविधा पुर्‍याउने लक्ष्य राखेका छन् । सिक्टा आयोजनाले पुस मसान्तसम्म थप ३०० हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने योजना बनाएको छ । आयोजनाले ५४ करोड तीन लाख रुपैयाँ लागत अनुमानका चारवटा बोलपत्र आह्वान गरिसकेको छ । पुस मसान्तसम्म थप दुई अर्ब ४८ करोड ३० लाख रुपैयाँ बराबरका १७ वटा बोलपत्र आह्वान गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, बबई सिँचाइ आयोजनाले पनि पुस मसान्तसम्म थप ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ । जलस्रोत तथा सिँचाइ विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले आयोजनाहरूको प्रगति विवरणबारे जानकारी दिएका हुन् । रानी जमरा कुलरियाको भौतिक प्रगति १५ प्रतिशत कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति पनि बढेको छ। विभागका अनुसार साउनमा आठ प्रतिशत रहेको आयोजनाको भौतिक प्रगति भदौ मसान्तसम्म १५ प्रतिशत पुगेको छ । आयोजनाको वित्तीय प्रगति पनि सोही अवधिमा ५.२५ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ । आयोजनाले एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँ लागत अनुमानका छवटा बोलपत्र आह्वान गरिसकेको छ । पुस मसान्तसम्म दुई अर्ब ३० करोड रुपैयाँ बराबरका १२ वटा बोलपत्र आह्वान गर्ने आयोजनाको लक्ष्य छ । त्यस अवधिमा १.५ किलोमिटर तटबन्ध निर्माण गर्ने र १६० हेक्टर जग्गा उकास गर्ने योजना पनि अघि सारिएको छ । भेरी–बबईको भौतिक र वित्तीय प्रगति ३ प्रतिशतभन्दा बढी भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले भदौ मसान्तसम्म ३.४ प्रतिशत भौतिक र ३.४९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाले पुस मसान्तसम्म ६१ करोड रुपैयाँ बराबरका चारवटा बोलपत्र आह्वान गर्ने योजना बनाएको छ । त्यस्तै, सुनकोशी मरिन डाइभर्सन आयोजनाले पुस मसान्तसम्म ९७ हेक्टर जमिनमा लिफ्ट सिँचाइ सुविधा पुर्‍याउने र ६.१८ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय गौरवका यी आयोजनाहरूको लक्ष्य सिँचाइ सुविधा विस्तारसँगै कृषि उत्पादन र उत्पादकत्व बढाउनु हो। तर, आयोजनाको वास्तविक उपलब्धि मूल्यांकन गर्दा बोलपत्र आह्वान र निर्माण लक्ष्यसँगै निर्धारित समयभित्र काम सम्पन्न भए–नभएको तथा किसानले नियमित रूपमा सिँचाइ सुविधा पाए–नपाएको विषय पनि महत्त्वपूर्ण हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
Latest NewsJust now

विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्मको... ...

रातोपाटी
नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श
Latest NewsJust now

नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र देवकोटा-लु सुन प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल-चीन द्विदेशीय साहित्यिक गोष्ठी सम्पन्न भएको छ । ‘नेपाल-चीनबीचको सिर्जनात्मक सेतु’ विषयमा केन्द्रित गोष्ठीमा साहित्यले दुई देशका समाज, संस्कृति र मानव आत्मालाई जोड्ने साझा भाषा भएको वक्ताहरूले बताए । लु सुन कल्चर फाउण्डेशनका अध्यक्ष झाउ लिङफीले चिनियाँ साहित्यकार लु सुन र नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटा दुवै देशको आधुनिक साहित्यका महान् ...

हिमालय टाइम्स
एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल
Latest NewsJust now

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ । स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा... ...

रातोपाटी
चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान
Latest NewsJust now

चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान

चितवन । चितवनमा लङ्गुर बुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बिचको अवधिलाई लक्षित गरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play