Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

अक्टोबरको अन्त्यमा इन्टेल, रेडिट र एआई क्षेत्रका प्रमुख कम्पनीका सेयरमा ठूलो गिरावट

Share:WhatsAppFacebookX (Twitter)Telegram
अक्टोबरको अन्त्यमा इन्टेल, रेडिट र एआई क्षेत्रका प्रमुख कम्पनीका सेयरमा ठूलो गिरावट
Photo / Coverage: टेक्नोलोजी खबर

सोमबारदेखि नयाँ कारोबार महिना सुरु हुँदैछ। अक्टोबरको अन्तिम कारोबार दिनमा ठूलो गिरावट बेहोरेपछि धेरै लगानीकर्ताले नयाँ महिनाको सुरुवातलाई स्वागत गर्ने अपेक्षा गरिएको छ। यस वर्ष प्रविधि क्षेत्रको सेयर बजारमा देखिएको वृद्धिको फेरि परीक्षण हुँदा शुक्रबार नास्ड्याक कम्पोजिट सूचकाङ्कमा जुन महिनायताकै सबैभन्दा ठूलो गिरावट आएको छ। चिप निर्माता कम्पनी इन्टेल र सामाजिक सञ्जाल कम्पनी रेडिटको सेयर मूल्य २९ प्रतिशतले घट्यो। त्यस्तै, कृत्रिम बुद्धिमतासम्बन्धी पूर्वाधारमा भइरहेको ठूलो लगानीबाट सबैभन्दा बढी लाभ लिने कम्पनीमध्ये एक चिप निर्माता स्यानडिस्कको सेयर मूल्य १३ प्रतिशतले घट्यो। शुक्रबारको सेयर बिक्रीमा आएको गिरावटअघि कृत्रिम बुद्धिमता पूर्वाधार निर्माणको केन्द्रमा रहेका ठूला प्रविधि कम्पनीहरू माइक्रोसफ्ट, मेटा प्लेटफर्म्स, अमेजन र गुगलको मातृ कम्पनी अल्फाबेटका सेयरमा पनि ठूलो गिरावट आएको थियो। साताको सुरुवातमै उल्लेख्य गिरावट बेहोरेका यी चार कम्पनीका सेयर मूल्य शुक्रबार थप १ देखि २ प्रतिशतसम्म घटेका थिए। क्यापिटल इकोनोमिक्सका अनुसार तथाकथित चार हाइपरस्केलर कम्पनीले पछिल्लो १२ महिनामा एसएन्डपी ५०० सूचकाङ्कमा समावेश कम्पनीहरूले गरेको कुल पुँजीगत खर्चको एक तिहाइभन्दा बढी हिस्सा ओगटेका छन्। आगामी दिनमा यो हिस्सा अझ बढ्ने देखिएको छ, जसले लगानीकर्तालाई चिन्तित बनाएको छ। क्यापिटल इकोनोमिक्सका बजार अर्थशास्त्री जोन हिगिन्सले भने, “हाइपरस्केलर कम्पनीहरूको संयुक्त पुँजीगत लगानीको विस्तार आंशिक रूपमा बाह्य वित्तपोषणमा निर्भर हुन थालेपछि लगानीकर्ताहरूले उनीहरूले संयुक्त रूपमा खर्च गरिरहेको रकम र त्यसका लागि अपनाइरहेको तरिकाबारे बढी चिन्ता गर्न थालेका छन्।” रोयटर्सका अनुसार ठूला गैरवित्तीय कम्पनीहरूको नास्ड्याक १०० सूचकाङ्क ३.५ प्रतिशतले घटेको छ। यसअघि यो सूचकाङ्क अझै बढी घटेको थियो। पछिल्लो उच्च विन्दुबाट १० प्रतिशत गिरावट आउनुलाई बजारमा सुधार (करेक्शन) मानिन्छ। नास्ड्याक १०० सूचकाङ्क यस्तो अवस्थाको नजिक पुगेको छ। नास्ड्याक कम्पोजिट सूचकाङ्क पनि आफ्नो हालसम्मको उच्च बन्द विन्दुबाट ७.८ प्रतिशतले तल झरेको छ। सन् २०२५ को मार्चयताकै खराब महिना बनेको अक्टोबरको गिरावटले यस वर्ष कृत्रिम बुद्धिमताका कारण सेयर बजारमा आएको वृद्धिको ठूलो हिस्सा मेटाएको छ। एनेक्स वेल्थ म्यानेजमेन्टका प्रमुख आर्थिक रणनीतिकार ब्रायन ज्याकोब्सनले भने, “लगानीकर्ताहरूले अब कसले आफ्नो लगानीबाट आम्दानी गर्न सक्छ र कसले सक्दैन भन्नेबारे अचानक एकैसाथ निर्णय दिइरहेका छन्।” यो गिरावट हालसम्म सकारात्मक बजार धारणाका कारण निरन्तर बढिरहेका प्रविधि कम्पनीका सेयरमा मात्रै सीमित रहेन। अमेरिकी सरकारी ऋणपत्रको मूल्य बढेसँगै लगानीकर्ताहरूले जोखिमपूर्ण सम्पत्तिबाट व्यापक रूपमा लगानी फिर्ता लिएको देखिएको छ। चाँदीको मूल्य ६ प्रतिशतले घटेको छ। यससँगै सन् २०२६ मा चाँदीको मूल्यमा कुल ३१ प्रतिशत गिरावट आएको छ। त्यस्तै, सुनको मूल्य ३.५ प्रतिशतले घटेको छ र सन् २०२६ मा यसको मूल्य १० प्रतिशतले तल झरेको छ। The post अक्टोबरको अन्त्यमा इन्टेल, रेडिट र एआई क्षेत्रका प्रमुख कम्पनीका सेयरमा ठूलो गिरावट appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओपनएआईले नयाँ लगानी चरणको लक्ष्य घटाएको रिपोर्ट
TechnologyJust now

ओपनएआईले नयाँ लगानी चरणको लक्ष्य घटाएको रिपोर्ट

विभिन्न सञ्चारमाध्यमका समाचारअनुसार ओपनएआईको पछिल्लो लगानी संकलन चरण अपेक्षाअनुसार अघि बढिरहेको छैन। यसअघि ओपनएआईले प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) को तयारी गर्दै १.४ ट्रिलियन डलर मूल्याङ्कनमा ३० अर्ब डलर लगानी जुटाउन लागेको समाचार सार्वजनिक भएको थियो। त्यसपछि कम्पनीको मूल्याङ्कन १.२५ ट्रिलियन डलर हुने गरी ३० अर्ब डलर जुटाउने तयारी भइरहेको खबर आएको थियो। तर द फाइनान्सियल टाइम्स ले शुक्रबार प्रकाशित गरेको समाचारअनुसार ...

टेक्नोलोजी खबर
गुगलको डाटा सेन्टर निर्माणका लागि वन क्षेत्र सफा गरेको विषयमा फिनल्यान्डमा अनुसन्धान सुरु
TechnologyJust now

गुगलको डाटा सेन्टर निर्माणका लागि वन क्षेत्र सफा गरेको विषयमा फिनल्यान्डमा अनुसन्धान सुरु

फिनल्यान्डको उत्तरी क्षेत्रमा निर्माण गर्न लागिएको गुगलको डाटा सेन्टरका लागि वन क्षेत्र सफा गर्ने क्रममा वातावरणसम्बन्धी कानुन उल्लङ्घन भएको आशंकामा प्रहरीले बिहीबार आपराधिक अनुसन्धान सुरु गरेको जनाएको छ। यो परियोजना गुगलको मातृ कम्पनी अल्फाबेटले गत महिना घोषणा गरेको फिनल्यान्डमा कृत्रिम बुद्धिमता पूर्वाधार निर्माणका लागि १५ अर्ब डलर लगानी गर्ने योजनाको हिस्सा हो। अमेरिकी कम्पनी गुगलले यसलाई युरोपमा आफ्नो अहिलेसम्मकै ठूलो लगानी ...

टेक्नोलोजी खबर
एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’
TechnologyJust now

एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’

एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसले वायर्डका स्टिभन लेभीसँग हालै भएको अन्तर्वार्तामा कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा कम्पनीको वर्तमान अवस्थाको बचाउ गरेका छन्। पछिल्ला दुई वर्षमा एप्पल एआईको विकासमा अन्य कम्पनीभन्दा पछाडि रहेको भन्दै आलोचना हुँदै आएको छ। विशेषगरी, कम्पनीले अझ सक्षम सिरि सार्वजनिक गर्न ढिलाइ गरेको थियो। अन्ततः यसै गर्मीयाममा एप्पलले सिरिको नयाँ संस्करण सार्वजनिक गरेको थियो। रोयटर्सका अनुसार सेप्टेम्बरको ...

टेक्नोलोजी खबर
किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी
TechnologyJust now

किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी

मेटाले फेसबुकमा किशोरकिशोरीले आत्महत्या वा आत्महानिसम्बन्धी सामग्री पटकपटक खोजेमा उनीहरूका अभिभावकलाई सूचना दिने भएको छ। सम्भावित जोखिमको पहिचान समयमै गरी अभिभावकलाई आफ्ना सन्तानलाई आवश्यक सहयोग उपलब्ध गराउन सक्षम बनाउने उद्देश्यले कम्पनीले यस्तो व्यवस्था गर्न लागेको हो। नयाँ प्रणाली मेटाका अभिभावकीय निगरानी सुविधामार्फत सञ्चालन हुनेछ। यसमा फेसबुक, इन्स्टाग्राम र मेसेन्जरका साथै मेटा एआईसँगका कुराकानीमा किशोरकिशोरीले गर्ने गतिविधिसमेत समेटिने कम्पनीले जनाएको छ। टेलिग्राफका अनुसार ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play