Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

ओपनएआईले नयाँ लगानी चरणको लक्ष्य घटाएको रिपोर्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
ओपनएआईले नयाँ लगानी चरणको लक्ष्य घटाएको रिपोर्ट
Photo / Coverage: टेक्नोलोजी खबर

विभिन्न सञ्चारमाध्यमका समाचारअनुसार ओपनएआईको पछिल्लो लगानी संकलन चरण अपेक्षाअनुसार अघि बढिरहेको छैन। यसअघि ओपनएआईले प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) को तयारी गर्दै १.४ ट्रिलियन डलर मूल्याङ्कनमा ३० अर्ब डलर लगानी जुटाउन लागेको समाचार सार्वजनिक भएको थियो। त्यसपछि कम्पनीको मूल्याङ्कन १.२५ ट्रिलियन डलर हुने गरी ३० अर्ब डलर जुटाउने तयारी भइरहेको खबर आएको थियो। तर द फाइनान्सियल टाइम्स ले शुक्रबार प्रकाशित गरेको समाचारअनुसार कम्पनीले लगानी जुटाउने लक्ष्य घटाएर २० अर्ब डलरमा झारेको छ। पहिलो चरणमा संकलन हुने रकम योभन्दा पनि कम हुने अपेक्षा गरिएको छ। टेकक्रञ्चका अनुसार फाइनान्सियल टाइम्स का अनुसार संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूको एउटा समूहले यस लगानी चरणको नेतृत्व गर्नेछ। त्यसपछि धनी व्यक्तिहरूका लागि छुट्टै लगानी प्रस्ताव ल्याइनेछ, जसबाट कुल लगानी रकम २० अर्ब डलरको लक्ष्यसम्म पुर्‍याउन सकिने अपेक्षा छ। द वाल स्ट्रिट जर्नलले यसबारे थप विवरण सार्वजनिक गर्दै ओपनएआईले अहिलेसम्म ११ अर्ब डलर लगानी जुटाइसकेको जनाएको छ। केही ठूला लगानीकर्ताबाट कम्पनीको लगानी संकलन प्रयासले अपेक्षाकृत कमजोर प्रतिक्रिया पाएको पनि समाचारमा उल्लेख छ। टेकक्रन्चले यसबारे प्रतिक्रिया लिन ओपनएआईसँग सम्पर्क गरेको जनाएको छ। कम्पनीले लगानी जुटाउन सामना गरिरहेको चुनौतीको एउटा कारण समय पनि हुन सक्ने देखिएको छ। वालस्ट्रिटका लगानीकर्ताहरू कृत्रिम बुद्धिमता पूर्वाधारमा भइरहेको ठूलो खर्चप्रति सचेत हुन थालेका छन्। यसले प्रविधि कम्पनीका सेयरमा ठूलो बिक्री चाप सिर्जना गरेको छ। यसैबीच, एन्थ्रोपिकले गर्ने तयारी गरिरहेको प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) ले पनि चुनौती सामना गर्न सक्ने देखिएको छ। The post ओपनएआईले नयाँ लगानी चरणको लक्ष्य घटाएको रिपोर्ट appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अक्टोबरको अन्त्यमा इन्टेल, रेडिट र एआई क्षेत्रका प्रमुख कम्पनीका सेयरमा ठूलो गिरावट
TechnologyJust now

अक्टोबरको अन्त्यमा इन्टेल, रेडिट र एआई क्षेत्रका प्रमुख कम्पनीका सेयरमा ठूलो गिरावट

सोमबारदेखि नयाँ कारोबार महिना सुरु हुँदैछ। अक्टोबरको अन्तिम कारोबार दिनमा ठूलो गिरावट बेहोरेपछि धेरै लगानीकर्ताले नयाँ महिनाको सुरुवातलाई स्वागत गर्ने अपेक्षा गरिएको छ। यस वर्ष प्रविधि क्षेत्रको सेयर बजारमा देखिएको वृद्धिको फेरि परीक्षण हुँदा शुक्रबार नास्ड्याक कम्पोजिट सूचकाङ्कमा जुन महिनायताकै सबैभन्दा ठूलो गिरावट आएको छ। चिप निर्माता कम्पनी इन्टेल र सामाजिक सञ्जाल कम्पनी रेडिटको सेयर मूल्य २९ प्रतिशतले घट्यो। त्यस्तै, कृत्रिम बुद्धिमतासम्बन्धी ...

टेक्नोलोजी खबर
गुगलको डाटा सेन्टर निर्माणका लागि वन क्षेत्र सफा गरेको विषयमा फिनल्यान्डमा अनुसन्धान सुरु
TechnologyJust now

गुगलको डाटा सेन्टर निर्माणका लागि वन क्षेत्र सफा गरेको विषयमा फिनल्यान्डमा अनुसन्धान सुरु

फिनल्यान्डको उत्तरी क्षेत्रमा निर्माण गर्न लागिएको गुगलको डाटा सेन्टरका लागि वन क्षेत्र सफा गर्ने क्रममा वातावरणसम्बन्धी कानुन उल्लङ्घन भएको आशंकामा प्रहरीले बिहीबार आपराधिक अनुसन्धान सुरु गरेको जनाएको छ। यो परियोजना गुगलको मातृ कम्पनी अल्फाबेटले गत महिना घोषणा गरेको फिनल्यान्डमा कृत्रिम बुद्धिमता पूर्वाधार निर्माणका लागि १५ अर्ब डलर लगानी गर्ने योजनाको हिस्सा हो। अमेरिकी कम्पनी गुगलले यसलाई युरोपमा आफ्नो अहिलेसम्मकै ठूलो लगानी ...

टेक्नोलोजी खबर
एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’
TechnologyJust now

एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’

एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसले वायर्डका स्टिभन लेभीसँग हालै भएको अन्तर्वार्तामा कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा कम्पनीको वर्तमान अवस्थाको बचाउ गरेका छन्। पछिल्ला दुई वर्षमा एप्पल एआईको विकासमा अन्य कम्पनीभन्दा पछाडि रहेको भन्दै आलोचना हुँदै आएको छ। विशेषगरी, कम्पनीले अझ सक्षम सिरि सार्वजनिक गर्न ढिलाइ गरेको थियो। अन्ततः यसै गर्मीयाममा एप्पलले सिरिको नयाँ संस्करण सार्वजनिक गरेको थियो। रोयटर्सका अनुसार सेप्टेम्बरको ...

टेक्नोलोजी खबर
किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी
TechnologyJust now

किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी

मेटाले फेसबुकमा किशोरकिशोरीले आत्महत्या वा आत्महानिसम्बन्धी सामग्री पटकपटक खोजेमा उनीहरूका अभिभावकलाई सूचना दिने भएको छ। सम्भावित जोखिमको पहिचान समयमै गरी अभिभावकलाई आफ्ना सन्तानलाई आवश्यक सहयोग उपलब्ध गराउन सक्षम बनाउने उद्देश्यले कम्पनीले यस्तो व्यवस्था गर्न लागेको हो। नयाँ प्रणाली मेटाका अभिभावकीय निगरानी सुविधामार्फत सञ्चालन हुनेछ। यसमा फेसबुक, इन्स्टाग्राम र मेसेन्जरका साथै मेटा एआईसँगका कुराकानीमा किशोरकिशोरीले गर्ने गतिविधिसमेत समेटिने कम्पनीले जनाएको छ। टेलिग्राफका अनुसार ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play