काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र देवकोटा-लु सुन प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल-चीन द्विदेशीय साहित्यिक गोष्ठी सम्पन्न भएको छ । ‘नेपाल-चीनबीचको सिर्जनात्मक सेतु’ विषयमा केन्द्रित गोष्ठीमा साहित्यले दुई देशका समाज, संस्कृति र मानव आत्मालाई जोड्ने साझा भाषा भएको वक्ताहरूले बताए । लु सुन कल्चर फाउण्डेशनका अध्यक्ष झाउ लिङफीले चिनियाँ साहित्यकार लु सुन र नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटा दुवै देशको आधुनिक साहित्यका महान् व्यक्तित्व भएको उल्लेख गर्दै उहाँहरूको साहित्यिक योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा साहित्यकार अभय श्रेष्ठले ‘लु सुन : सामन्ती समाजका डाक्टर’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै लु सुनका कृतिमा विचार र कलाको अनुपम संयोजन रहेको बताउनुभयो । चाइना एकेडेमी अफ सोसल साइन्सका प्राज्ञले पनि लु सुन र देवकोटाको साहित्यिक कर्म तथा सामाजिक योगदानबारे प्रकाश पार्नुभयो । प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले लु सुनका साहित्यिक कृतिबारे चर्चा गर्न पाउनु खुशीको विषय भएको बताउँदै आफू उहाँका कथाहरूको प्रशंसक रहेको उल्लेख गर्नुभयो । गोष्ठीमा चिनियाँ दूतावासका डीसीएम झाउ फ्याङ, प्रतिष्ठानका सदस्य सचिव डा.रोशन शेरचन तथा देवकोटा-लु सुन प्रतिष्ठानका सुनिलकुमार पौडेलले पनि धारणा राख्नुभएको थियो ।
नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






