कर्णालीमा जडीबुटी निकासीबाट चार करोड भन्दा बढि राजस्व सङ्कलन

काठमाडौं – कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार ५८ प्रजातिका जडीबुटी बिक्री तथा निकासीबाट उक्त राजस्व प्राप्त भएको हो । मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार सबैभन्दा बढी राजस्व झ्याउ निकासीबाट सङ्कलन भएको छ । प्रतिकेजी ५० रुपैयाँ राजस्व दर रहेको झ्याउ एक लाख ८१ हजार ६०९ केजी निकासी हुँदा ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व प्राप्त भएको उनले जानकारी दिए । त्यस्तै, प्रतिकेजी ७५ रुपैयाँ राजस्व दर रहेको जटामसी ९६ हजार ७९२ केजी निकासी भएको छ । यसबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । यार्सागुम्बा अर्थात् जीवनबुटीबाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व प्राप्त भएको छ । सूचना अधिकारी नेपालीका अनुसार प्रतिकेजी ३१ हजार रुपैयाँ राजस्व दर रहेको यार्सागुम्बा २५१ केजी ६५६ ग्राम बिक्री भएको थियो । यसैगरी, प्रतिकेजी ४० रुपैयाँ राजस्व दर रहेको ३४ हजार ४४५ केजी कटुकीबाट २३ लाख ८१ हजार ६८० रुपैयाँ राजस्व सङ्कलन भएको छ । प्रतिकेजी २५ रुपैयाँ राजस्व दर रहेको सेतक चिनी ४१ हजार ७३२ केजी बिक्री हुँदा २० लाख ४६ हजार ५७५ रुपैयाँ राजस्व प्राप्त भएको छ । मन्त्रालयका अनुसार प्रतिकेजी १० रुपैयाँ राजस्व दर रहेको टिमुरबाट १९ लाख ३९ हजार ४०० रुपैयाँ, प्रतिकेजी ५० रुपैयाँ दर रहेको सिलाजितबाट नौ लाख ७७ हजार ८५० रुपैयाँ, प्रतिकेजी २५ रुपैयाँ दर रहेको सुगन्धवालबाट नौ लाख ५० हजार ५८० रुपैयाँ र प्रतिकेजी तीन रुपैयाँ दर रहेको रिठ्ठाबाट नौ लाख ४७ हजार ८३८ रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त आर्थिक वर्षमा कर्णालीमा कुल २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी जडीबुटी सङ्कलन भएको थियो । त्यसमध्ये १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जडीबुटी प्रदेशबाट निकासी गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

एनप्याब्सनलाई सरकारले गर्यो निलम्बन
सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)लाई निलम्बन गरेको छ। शुक्रबार गृह मन्त्रालयले सूचना जारी गरी एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको छ। गृहले भनेको छ, ‘राष्ट्रिय निर्देशन ऐन, २०१८ दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले ऐ. ऐनको दफा ६ को उपदफा (२) बमोजिम राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाललाई अर्को निर्णय ... ...

सरकारी निर्देशन अवज्ञा गरेको भन्दै सरकारले एनप्याब्सनलाई गर्यो निलम्बन
काठमाण्डु– सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिएको निर्देशन पटक–पटक पालना नगरेको भन्दै एनप्याब्सनलाई निलम्बन गरेको जनाएको छ । मन्त्रालयका अनुसार एनप्याब्सनका पदाधिकारीबाट नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधिसमेत भएको देखिएको छ । […] ...

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अङ्कले घटेर ४८७ दशमलव ६६ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३६ अङ्कले ...

बजारमा ७ महिनायताकै उच्च कारोबार, विकास बैंक समूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशतले बढ्यो
• नेप्से परिसूचक ५.४५ अंकले घटेर २,६९०.१५ विन्दुमा पुगेको छ, जसमा १०२ कम्पनीको शेयर मूल्य बढेको र १६९ कम्पनीको घटेको छ। • विकास बैंक समूहको परिसूचक १.६१ प्रतिशतले बढेको छ, जबकि बैंकिङ, फाइनान्स र अन्य समूहका परिसूचक घटेका छन्। • लुम्बिनी विकास बैंकको ५५० रूपैयाँमा ३८ करोड ४८ लाखको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा ७ प्रतिशतले बढेको हो। ...


