Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

कांग्रेससहितको इन्डिया गठबन्धनको ‘महार्‍याली’लाई सीजेपीको समर्थन

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेससहितको इन्डिया गठबन्धनको ‘महार्‍याली’लाई सीजेपीको समर्थन
Photo / Coverage: विश्वखबर

काठमाडौं– कांग्रेससहितको इन्डिया गठबन्धनले आज दिल्लीको रामलीला मैदानमा महार्‍याली गर्दैछ । उक्त महार्‍यालीमा १० लाख मानिस राजधानी पुग्ने दाबी गरिएको छ। र्‍यालीको एक दिनअघि आयोजित सांकेतिक संसद्मा मुख्य निर्वाचन आयुक्तलाई पदबाट हटाउनुपर्ने मागसहितको प्रस्ताव पारित गरिएको थियो । उक्त कार्यक्रममा राहुल गान्धीले जनताको आवाज संसद्सम्म पुग्न नदिइएकाले विपक्षी दलहरू संसद्बाहिर एकजुट हुनुपरेको बताएका थिए । कांग्रेसको यो अभियानलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषकका अनुसार संसद्भित्र आफ्नो माग अघि बढाउन नसकेपछि विपक्षी दलहरूले अब संसद्बाहिरबाट जनताको समर्थन जुटाउन खोजिरहेका छन्। र्‍यालीका लागि कांग्रेसले विभिन्न राज्यबाट आफ्ना कार्यकर्ता दिल्ली ल्याउने तयारी गरेको छ । कांग्रेस नेता राहुल गान्धीले विद्यार्थी, सामाजिक संघसंस्था तथा विभिन्न क्षेत्रका मानिसलाई पनि र्‍यालीमा सहभागी हुन अपिल गरेका छन् । वरिष्ठ पत्रकार शरद गुप्ताका अनुसार विपक्षी दलहरूले संसद्भित्र आफ्नो माग अघि बढाउन नसकेको अवस्थामा अब जनताको साथ खोजिरहेको सन्देश दिन चाहेका छन् । यसमार्फत सरकारमाथि दबाब सिर्जना गर्ने उनीहरूको रणनीति छ । गुप्ताको भनाइमा सांकेतिक संसद् र रामलीला मैदानको र्‍यालीलाई एउटै राजनीतिक अभियानका रूपमा बुझ्नुपर्छ । दुवै कार्यक्रमको उद्देश्य मतदाता सूचीको विशेष गहन पुनरवलोकन (एसआईआर) र मुख्य निर्वाचन आयुक्तविरुद्धको अभियानलाई निरन्तर चर्चामा राख्नु हो । चाडपर्वको समयमा पनि यो अभियान जारी राख्नुलाई गुप्ता विपक्षीको रणनीतिको एउटा हिस्सा मान्छन् । उनका अनुसार चाडपर्वका बेला मानिसको ध्यान अन्य गतिविधितर्फ जाने भएकाले विपक्षी दलहरूले अभियान रोकेमा पुनः त्यही मुद्दालाई चर्चामा ल्याउन समय लाग्न सक्छ । त्यसैले दिवालीसम्म निष्क्रिय नबस्ने उनीहरूको प्रयास देखिन्छ । यसैबीच व्यापारिक संगठन चेम्बर अफ ट्रेड एन्ड इन्डस्ट्रीले कांग्रेस नेतृ सोनिया गान्धीलाई र्‍याली स्थगित गर्न आग्रह गरेको थियो । संगठनले र्‍यालीका कारण करिब १२ हजार करोड रुपैयाँ बराबरको व्यापार प्रभावित हुन सक्ने आशंका व्यक्त गरेको थियो। यद्यपि दिल्ली प्रहरीले र्‍यालीका लागि अनुमति दिइसकेको छ । द इन्डियन एक्सप्रेसका अनुसार प्रहरीले रामलीला मैदानमा कार्यक्रम आयोजना गर्न अनापत्ति प्रमाणपत्र जारी गरेको र आयोजक तथा सम्बन्धित निकायसँग आवश्यक व्यवस्थापनका लागि समन्वय भइरहेको जनाएको थियो । निर्वाचन आयोगलाई लिएर विवाद चर्किरहेका बेला कक्रोच जनता पार्टी (सीजेपी) ले पनि कांग्रेसको र्‍यालीलाई समर्थन गरेको छ । संगठनले अक्टोबर २८ मा जारी गरेको वक्तव्यमा एसआईआर प्रक्रियाका क्रममा योग्य मतदाताको नाम मतदाता सूचीबाट हटाइएको हुनसक्ने विषयमा चिन्ता व्यक्त गरेको थियो । साथै मुख्य निर्वाचन आयुक्तले राजीनामा दिनुपर्ने माग पनि दोहोर्‍याएको थियो । सीजेपीका संस्थापक अभिजीत दीपकेले पनि सामाजिक सञ्जाल एक्समार्फत र्‍यालीलाई समर्थन गर्ने घोषणा गरेका छन् । संगठनका अनुसार स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि संघर्ष गरिरहेका सबै संगठनलाई उसले समर्थन गर्नेछ । तर सीजेपीको यो समर्थनलाई कांग्रेसमा आबद्ध भएको वा कांग्रेसको सम्पूर्ण राजनीतिक कार्यक्रमप्रति सहमति जनाएको अर्थमा बुझ्न नहुने संगठनको भनाइ छ । हाल कांग्रेसको मुख्य माग मुख्य निर्वाचन आयुक्तलाई पदबाट हटाउनु रहेको छ। यसका लागि संसद्मा पेस गरिएका प्रस्ताव अघि बढ्न सकेका छैनन् । सांकेतिक संसद्ले पारित गरेको प्रस्तावको पनि कुनै कानुनी प्रभाव हुँदैन । त्यसैले रामलीला मैदानको र्‍यालीमार्फत कांग्रेसले आफ्नो मागप्रति जनसमर्थन रहेको देखाउन खोजेको छ । तर यसले सरकारमाथि कति दबाब सिर्जना गर्छ र कांग्रेसको मागलाई राजनीतिक रूपमा कति अगाडि बढाउन सक्छ भन्ने प्रश्नको जवाफ भने आउन बाँकी नै छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
Latest NewsJust now

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

काठमाडौँ । ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ । श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म... ...

रातोपाटी
सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि
Latest NewsJust now

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि

बाँके । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९... ...

रातोपाटी
लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै
Latest NewsJust now

लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलले लिभरपुलमाथि १–० गोलको महत्त्वपूर्ण जित हात पारेको छ । खेलमा आर्सनलका लागि काई हार्भाट्सले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले... ...

रातोपाटी
कालीगण्डकी बाढीको भएन अध्ययन
Latest NewsJust now

कालीगण्डकी बाढीको भएन अध्ययन

ठाकुरप्रसाद आचार्य म्याग्दी, कात्तिक १५ गते । गत असोज दोस्रो साता कालीगण्डकी नदीमा आएको विनासकारी बाढीले म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जाका विभिन्न क्षेत्रमा अरबौँ रुपियाँ बराबरक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play