Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

कोलम्बियाली वामपन्थी विद्रोही शिविरमा भेनेजुयलाको सैन्य आक्रमण

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोलम्बियाली वामपन्थी विद्रोही शिविरमा भेनेजुयलाको सैन्य आक्रमण
Photo / Coverage: विश्वखबर

काठमाडौं– भेनेजुयलाको सेनाले सीमा क्षेत्रमा रहेको कोलम्बियाली वामपन्थी विद्रोही समूहको शिविरमा आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको एक गैरसरकारी संस्थाले जनाएको छ । फन्डारेड्स नामक गैरसरकारी संस्थाका निर्देशक जेभियर टाराजोनाले शनिबार एएफपीलाई बताएअनुसार शुक्रबार भेनेजुयलाको अपुरे राज्यस्थित ग्रामीण क्षेत्रमा रहेको विद्रोही शिविरमा सेनाले आक्रमण गरेको थियो । सन् २०१६ मा कोलम्बियाली विद्रोही समूहसँग भएको शान्ति सम्झौतापछि भेनेजुयलामा भएको यो पहिलो यस्तो आक्रमण भएको उनले दाबी गरे । संस्थाले सार्वजनिक गरेको भिडियोमा जमिनमा शवहरू छरिएका, रूखहरू ढलेका र शिविर रहेको अनुमान गरिएको स्थानमा भग्नावशेष देखिएको छ । संस्थाका एक कर्मचारीले भिडियोमा कम्तीमा नौ वटा शव गणना गरेको टाराजोनाले बताए । भेनेजुयला सरकारले यस विषयमा टिप्पणीका लागि एएफपीले गरेको अनुरोधको तत्काल जवाफ दिएको छैन । सन् २०१६ मा कोलम्बियाली सरकारसँग शान्ति सम्झौता गरेपछि ईएलएन ल्याटिन अमेरिकाको सबैभन्दा शक्तिशाली विद्रोही समूहका रूपमा रहेको छ । उक्त सम्झौतामा क्रान्तिकारी सशस्त्र बल (फार्क–एफएआरसी) ले हस्ताक्षर गरेको थियो । कोलम्बिया र भेनेजुयलाबीच दुई हजार किलोमिटरभन्दा लामो सीमा जोडिएको छ । उक्त सीमावर्ती क्षेत्रमा अन्य विद्रोही समूहहरू पनि सक्रिय छन् । शान्ति सम्झौता अस्वीकार गरेका फार्कका केही समूहले कोकिन तस्करी र अवैध खानी सञ्चालनमाथि नियन्त्रण कायम गर्न एकअर्कासँग सङ्घर्ष गर्दै आएका छन् । लामो समयदेखि कोलम्बियाली सरकारले वामपन्थी शासन रहेको भेनेजुयलाले कोलम्बियाली विद्रोही समूहलाई आश्रय दिँदै आएको आरोप लगाउँदै आएको थियो । यद्यपि राष्ट्रपति निकोलस मादुरो सत्ताच्युत भएपछि भेनेजुयला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नजिकको निगरानी र प्रभावमा रहेको छ । अमेरिकाले भेनेजुयलाको विशाल तेल भण्डार तथा अन्य प्राकृतिक स्रोतबाट आर्थिक लाभ लिने प्रयास गरिरहेको छ । सैन्य मामिलाकी जानकार मानव अधिकारकर्मी रोसियो सान मिगुएलका अनुसार अपुरे राज्यका स्थानीय बासिन्दाले शुक्रबारको सैन्य कारबाहीबारे जानकारी दिएका थिए । उनीहरूले आक्रमणमा थप १० जना ईएलएन लडाकु मारिएको हुन सक्ने बताएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
Latest NewsJust now

विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्मको... ...

रातोपाटी
नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श
Latest NewsJust now

नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र देवकोटा-लु सुन प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल-चीन द्विदेशीय साहित्यिक गोष्ठी सम्पन्न भएको छ । ‘नेपाल-चीनबीचको सिर्जनात्मक सेतु’ विषयमा केन्द्रित गोष्ठीमा साहित्यले दुई देशका समाज, संस्कृति र मानव आत्मालाई जोड्ने साझा भाषा भएको वक्ताहरूले बताए । लु सुन कल्चर फाउण्डेशनका अध्यक्ष झाउ लिङफीले चिनियाँ साहित्यकार लु सुन र नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटा दुवै देशको आधुनिक साहित्यका महान् ...

हिमालय टाइम्स
एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल
Latest NewsJust now

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ । स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा... ...

रातोपाटी
चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान
Latest NewsJust now

चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान

चितवन । चितवनमा लङ्गुर बुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बिचको अवधिलाई लक्षित गरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play