Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

पत्रकारमाथि धरपकडको भोलिपल्ट आईजीपी कार्कीको सन्देश– ‘सही सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका’

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकारमाथि धरपकडको भोलिपल्ट आईजीपी कार्कीको सन्देश– ‘सही सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका’
Photo / Coverage: विश्वखबर

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीको भूमिका र जिम्मेवारी निकै महत्वपूर्ण रहेको बताएका छन् । आफू प्रतिकूल हुनेगरी समाचार लेखेको भन्दै नेपाल प्रेस, नयाँ पत्रिकालगायत सञ्चारगृहका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारमाथि धरपकड गरेको घटनाको भोलिपल्ट उनले यस्तो बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आईजीपी कार्कीले विपद्को असर कम गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सही समयमा सही सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विपद्को असर कम गर्न अभूतपूर्व सहकार्य गरौं !’ उनले विपद्को जोखिम न्यूनीकरण तथा जनधनको सुरक्षा गर्ने अभियानमा नेपाल प्रहरी सधैँ आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहने बताएका छन् । यस क्रममा सञ्चारकर्मीको निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा पनि उनले गरेका छन् । कार्कीले संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । प्रहरीलाई सञ्चारकर्मीको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको सदैव अपेक्षा रहने उनको भनाइ छ । उनले भनेका छन्, ‘साथै, सञ्चारकर्मीसँग कुनै पनि प्रकारको बाधा नपुर्‍याइ भनेको कुरामा हरसम्भव सहयोग गर्ने नेपाल प्रहरी हर्दम प्रतिबद्ध छ ।’ तर, आईजीपी कार्कीको यो प्रतिबद्धता र त्यसको अघिल्लो दिन सञ्चारगृहमा देखिएको प्रहरी व्यवहारबीचको अन्तरले गम्भीर प्रश्न खडा गरेको छ । सञ्चारगृहभित्रै प्रहरी प्रवेश गरेर पत्रकारमाथि धरपकड भएको घटनाको भोलिपल्ट आएको उनको यो अभिव्यक्तिले प्रहरीको व्यवहार र प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धताबीचको विरोधाभासबारे उठेको प्रश्न यथावत राखेको छ । सञ्चारकर्मीबाट निष्पक्ष र साहसिक रिपोर्टिङको अपेक्षा गर्ने प्रहरीले आफूलाई प्रतिकूल हुने समाचार प्रकाशित हुँदा पनि प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको प्रत्याभूति दिन सक्छ कि सक्दैन भन्ने प्रश्नबाट प्रहरी प्रशान र नेतृत्व घेरिएको छ । प्रहरी संगठनको नेतृत्वबाट सञ्चारकर्मीलाई सहयोग गर्ने प्रतिबद्धता आउनु सकारात्मक भए पनि त्यसको वास्तविक परीक्षा अभिव्यक्तिमा होइन, व्यवहारमा हुनेछ । सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारमाथि धरपकड भएको घटनाबारे निष्पक्ष छानबिन, जिम्मेवारमाथि जवाफदेहिता र आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता नै प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धताको वास्तविक मापदण्ड बन्नेछ । समाचार कक्षमा प्रहरीको उपस्थिति र आईजीपीको सहकार्यको सन्देशबीच देखिएको यो विरोधाभासले एउटा प्रश्न अनुत्तरित छाडेको छ– प्रहरीलाई मन नपर्ने समाचार लेख्ने पत्रकारले पनि निर्भीक भएर कलम चलाउन पाउने अवस्था कहिले सुनिश्चित हुन्छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
Latest NewsJust now

विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्मको... ...

रातोपाटी
नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श
Latest NewsJust now

नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र देवकोटा-लु सुन प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल-चीन द्विदेशीय साहित्यिक गोष्ठी सम्पन्न भएको छ । ‘नेपाल-चीनबीचको सिर्जनात्मक सेतु’ विषयमा केन्द्रित गोष्ठीमा साहित्यले दुई देशका समाज, संस्कृति र मानव आत्मालाई जोड्ने साझा भाषा भएको वक्ताहरूले बताए । लु सुन कल्चर फाउण्डेशनका अध्यक्ष झाउ लिङफीले चिनियाँ साहित्यकार लु सुन र नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटा दुवै देशको आधुनिक साहित्यका महान् ...

हिमालय टाइम्स
एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल
Latest NewsJust now

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ । स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा... ...

रातोपाटी
चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान
Latest NewsJust now

चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान

चितवन । चितवनमा लङ्गुर बुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बिचको अवधिलाई लक्षित गरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play