Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

एनपीएलमा जनकपुर बोल्ट्सको अर्को जित, पोखरा लगातार दोस्रोपटक पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा जनकपुर बोल्ट्सको अर्को जित, पोखरा लगातार दोस्रोपटक पराजित
Photo / Coverage: विश्वखबर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आइतबार सम्पन्न खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ । जनकपुरले दिएको १४८ रनको लक्ष्य पछाएको पोखराले २० ओभरमा ९ विकेट गुमाउदै १३८ रन बनाएको थियो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ३५ रन बनाए भने विपिन आचार्यले २०, विपिन खत्रीले १७ र किरण ठगुन्नाले १५ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर मोईन अलीले ३, कप्तान हरमित सिंह र सैफ हसनले २–२ तथा ललित राजबंशी र जिम्मी निशामले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । जनकपुरका लागि तृतराज दासले सर्बाधिक ६१ रन बनाएका थिए भने अभिषेक तिवारीले अविजित २४ रन बनाएका थिए भने मोइन अलीले २१ र जिम्मी निशामले ११ रन बनाएका थिए । त्यसैगरी, पोखराका बलर शकिब अल हसनले ३ विकेट र चामिका करुनारत्नेले २ विकेट लिए भने मोहमद सैफुद्दीन र मेहदी हसनले एक एक विकेट लिएका थिए । यो जनकपुरको तेस्रो खेलमा दोस्रो जित हो भने पोखराले जारी प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
Latest NewsJust now

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

काठमाडौँ । ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ । श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म... ...

रातोपाटी
सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि
Latest NewsJust now

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि

बाँके । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९... ...

रातोपाटी
लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै
Latest NewsJust now

लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलले लिभरपुलमाथि १–० गोलको महत्त्वपूर्ण जित हात पारेको छ । खेलमा आर्सनलका लागि काई हार्भाट्सले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले... ...

रातोपाटी
कालीगण्डकी बाढीको भएन अध्ययन
Latest NewsJust now

कालीगण्डकी बाढीको भएन अध्ययन

ठाकुरप्रसाद आचार्य म्याग्दी, कात्तिक १५ गते । गत असोज दोस्रो साता कालीगण्डकी नदीमा आएको विनासकारी बाढीले म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जाका विभिन्न क्षेत्रमा अरबौँ रुपियाँ बराबरक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play