Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
लुम्बिनी सञ्चार

लुम्बिनी सञ्चार

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from लुम्बिनी सञ्चार.

Headlines from लुम्बिनी सञ्चार

जावलाखेलमा‌ जारी गोदावरी फूल प्रदर्शनी दुई दिन थपियो, अब कात्तिक १८ गतेसम्म सञ्चालन हुने
Latest News8h ago

जावलाखेलमा‌ जारी गोदावरी फूल प्रदर्शनी दुई दिन थपियो, अब कात्तिक १८ गतेसम्म सञ्चालन हुने

काठमाडौं। प्रतिकूल मौसमका कारण प्रभावित भएको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ। ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको प्रदर्शनी अब कात्तिक १८ गते बुधबारसम्म सञ्चालन हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा कात्तिक १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने गरी तय गरिएको प्रदर्शनीको अवधि दर्शक तथा अवलोकनकर्ताको सहजताका लागि थप गरिएको फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले जानकारी ...

लुम्बिनी सञ्चार
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज
Latest News23h ago

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज

काठमाडौं । बिनिता गुरुङले ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि जितेकी छन्। शनिबार आयोजित प्रतियोगिताको ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले मिसेस नेपाल वर्ल्ड २०२६ को ताज पहिरिएकी हुन्। तस्बिर : शंकर भुजेल/नेपाल फोटो सर्भिस ...

लुम्बिनी सञ्चार
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपमा संलग्नलाई कारबाही गर्न रास्वपाको माग
Latest News23h ago

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपमा संलग्नलाई कारबाही गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरीले गरेको हस्तक्षेपप्रति आपत्ति जनाउँदै गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा शनिबार केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले सञ्चार क्षेत्रमा कात्तिक १३ गते प्रहरी प्रशासनमार्फत भएका केही गतिविधि संविधान र पार्टीको मूल आदर्शविपरीत रहेको निष्कर्ष निकालेको हो। बैठकपछि पार्टी प्रवक्ता जगदीश ...

लुम्बिनी सञ्चार
वर्षाका कारण आज गोदावरी फूलको मेला बन्द, मौसम सुध्रिए भोलिदेखि सञ्चालन हुने
Latest News1d ago

वर्षाका कारण आज गोदावरी फूलको मेला बन्द, मौसम सुध्रिए भोलिदेखि सञ्चालन हुने

काठमाडौं । निरन्तर वर्षाका कारण १९औँ गोदावरी फूलको प्रदर्शनी आज (शनिबार) बन्द गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आजका लागि प्रदर्शनी बन्द गर्नुपरेको जनाएको छ। फ्यानका अनुसार आज बेलुकासम्मको मौसमको अवस्था हेरेर भोलिदेखि पूर्वनिर्धारित समयअनुसार नै प्रदर्शनी सञ्चालन गर्ने निर्णय गरिनेछ। प्रदर्शनीको संयोजकले वर्षाका कारण पर्न गएको असुविधाप्रति पुष्प व्यवसायी, सदस्य तथा पुष्पप्रेमीहरूसँग क्षमा माग्दै मौसममा सुधार ...

लुम्बिनी सञ्चार
समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ, चौतर्फी विरोधपछि सबै रिहा
Latest News2d ago

समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ, चौतर्फी विरोधपछि सबै रिहा

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालय तथा समाचार कक्षमै प्रवेश गरी प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रेस काउन्सिल नेपालले गम्भीर आपत्ति जनाएका छन्। समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने तथा खोजी गर्ने प्रहरी कारबाहीको चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीको निर्देशनमा पक्राउ परेका सबै पत्रकार शुक्रबार राति रिहा भएका छन्। शुक्रबार दिउँसोदेखि साँझसम्म उपत्यका अपराध अनुसन्धान कार्यालय र साइबर ब्युरोका ...

लुम्बिनी सञ्चार
विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तीव्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव
Latest News2d ago

विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तीव्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव

काठमाडौं । रसुवा बाढीपहिरो प्रभावित क्षेत्रमा विस्थापित प्रहरी चौकीहरूको पुनःस्थापना कार्य तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र विपद्मा बेपत्ता नागरिकको खोजी कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा प्रहरी युनिटहरू पुनः सञ्चालनमा ल्याउन थालिएको हो। संसद्को भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा सुरक्षा निकायका अधिकारीहरूले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन्। बैठकमा नेपाल प्रहरीका तर्फबाट ...

लुम्बिनी सञ्चार
तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन कूटनीतिक पहल तीव्र
Latest News2d ago

तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन कूटनीतिक पहल तीव्र

काठमाडौं । रसुवागढी नाकाको पुनर्निर्माण तथा सिन्धुपाल्चोकस्थित तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन सरकारले अन्तरमन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित प्रेस ब्रिफिङमार्फत नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाकाहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक समन्वय भइरहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा सम्बन्धित विभाग तथा मन्त्रालयका प्रतिनिधिबीच अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा गत ...

लुम्बिनी सञ्चार
भोटेकोशी विपद् प्रतिकार्यमा सुरक्षा निकायबीच कुनै दुविधा छैन : डीआईजी ढकाल
Latest News2d ago

भोटेकोशी विपद् प्रतिकार्यमा सुरक्षा निकायबीच कुनै दुविधा छैन : डीआईजी ढकाल

काठमाडौं । सशस्त्र प्रहरी बलले गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद् प्रतिकार्यमा सुरक्षा निकायहरूबीचको कमान्ड प्रणाली र अन्तरनिकाय समन्वय प्रभावकारी रहेको जनाएको छ। शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले उद्धार तथा प्रतिकार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच कुनै ...

लुम्बिनी सञ्चार
विपद् व्यवस्थापन संयन्त्र भद्दा हुँदा उद्धार र समन्वयमा ढिलाइः प्रधानसेनापति सिग्देल
Latest News2d ago

विपद् व्यवस्थापन संयन्त्र भद्दा हुँदा उद्धार र समन्वयमा ढिलाइः प्रधानसेनापति सिग्देल

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले विपद् व्यवस्थापनका लागि बनाइएको संयन्त्र भद्दा हुँदा उद्धार तथा समन्वयमा ढिलाइ हुने गरेको बताएका छन्। उनले विगतका विपद्बाट प्राप्त अनुभवलाई भविष्यको रणनीति निर्माणको आधार बनाउनुपर्नेमा जोड दिएका छन्। सिग्देलले विपद्को प्रकृतिका आधारमा मानव निर्मित र प्राकृतिक गरी दुई वर्गमा विभाजन गरेर जिम्मेवारी बाँडफाँट गर्नुपर्ने सुझाव दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी छिट्टै ...

लुम्बिनी सञ्चार
तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन कूटनीतिक पहल तीव्र
Latest News2d ago

तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन कूटनीतिक पहल तीव्र

काठमाडौं । रसुवागढी नाकाको पुनर्निर्माण तथा सिन्धुपाल्चोकस्थित तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन सरकारले अन्तरमन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित प्रेस ब्रिफिङमार्फत नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाकाहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक समन्वय भइरहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा सम्बन्धित विभाग तथा मन्त्रालयका प्रतिनिधिबीच अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा गत ...

लुम्बिनी सञ्चार
बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन : ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Latest News2d ago

बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन : ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सीमित नरहने बताएका छन्। उनले हिमालको संरक्षण र जलवायुजन्य विपत्तिको जोखिम न्यूनीकरणका लागि विश्व समुदायले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन इएससीएपी) को मुख्यालय बैंककमा आयोजित ‘सगरमाथादेखि समुद्रसम्म’ विषयक ...

लुम्बिनी सञ्चार
आईसीटी अवार्ड २०२६ का चार विधामा ५० सेमिफाइनलिस्ट सार्वजनिक
Latest News2d ago

आईसीटी अवार्ड २०२६ का चार विधामा ५० सेमिफाइनलिस्ट सार्वजनिक

काठमाडौं । प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित ‘आईसीटी अवार्ड’ को ११औँ संस्करणको छनोट प्रक्रिया जारी छ। २०८३ साउनदेखि खुला गरिएको मनोनयन प्रक्रियामार्फत विभिन्न १६ विधामा ७०० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएका छन्। यसैक्रममा ‘ट्र्याक ए’ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका सेमिफाइनलिस्ट सार्वजनिक गरिएको छ। १४ सदस्यीय विज्ञ जुरी र १५ सदस्यीय विशिष्ट सल्लाहकार समिति रहेको आईसीटी अवार्डको दुई ...

लुम्बिनी सञ्चार
एनपीएलको उपाधि नै जित्छौं : कर्णालीका कप्तान कामी
Latest News2d ago

एनपीएलको उपाधि नै जित्छौं : कर्णालीका कप्तान कामी

काठमाडौं । विराटनगर किङ्समाथि उत्कृष्ट अलराउण्ड प्रदर्शनसहित कर्णाली याक्सलाई जित दिलाएका कप्तान सोमपाल कामीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन्। बिहीबार खेलपछि आयोजित पत्रकार सम्मेलनमा कप्तान कामीले आफूभन्दा पनि समग्र टोलीको प्रदर्शन राम्रो रहेको भन्दै आगामी खेलमा पनि यही लयलाई निरन्तरता दिने बताए। उनले त्रिवि क्रिकेट मैदानको पिचमा १८० रनको लक्ष्य पछ्याउन सकिने आफूलाई ...

लुम्बिनी सञ्चार
कर्णाली याक्सको विराटनगरमाथि रोमाञ्चक जित, सोमपालको अलराउण्ड प्रदर्शन
Latest News2d ago

कर्णाली याक्सको विराटनगरमाथि रोमाञ्चक जित, सोमपालको अलराउण्ड प्रदर्शन

काठमाडौं । कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लगातार दोस्रो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले विराटनगर किङ्सलाई चार विकेटले पराजित गरेको हो। विराटनगरले दिएको १८८ रनको चुनौतीपूर्ण लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। ६.५ ओभरमा ५७ रन जोड्दा पाँच विकेट गुमाएर संकटमा परेको ...

लुम्बिनी सञ्चार
अर्नब चक्रवातको प्रभावले देशभर वर्षा, २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोसिमा
Latest News2d ago

अर्नब चक्रवातको प्रभावले देशभर वर्षा, २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोसिमा

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अवशेषबाट उत्पन्न मौसमी प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बिहीबार साँझदेखि काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा सुरु भएको वर्षा शुक्रबार बिहानसम्म पनि जारी छ। रातभर निरन्तर वर्षा भएपछि जनजीवनसमेत प्रभावित भएको छ।अर्नब चक्रवात कमजोर भएर न्यून चापीय प्रणालीमा परिणत भए पनि त्यसबाट आएको जलवाष्प र माथिल्लो वायुमण्डलको मौसमी प्रणालीको अन्तरक्रियाले नेपालमा वर्षा भइरहेको ...

लुम्बिनी सञ्चार
चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकको उजुरी, सरकार एक्सनमा
Latest News3d ago

चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकको उजुरी, सरकार एक्सनमा

काठमाडौँ । दसैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी दिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार दसैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले श्रम ऐनमा भएको व्यवस्थाअनुसार चाडपर्व खर्च नपाएको भन्दै उजुरी दिएका हुन् । श्रम ऐन, २०७४ मा वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ । श्रमिकले कुनै चाडपर्वका लागि माग ...

लुम्बिनी सञ्चार
हिमाली पारिस्थितिक प्रणालीको संरक्षण विश्वकै साझा जिम्मेवारी : सचिव मिश्र
Latest News3d ago

हिमाली पारिस्थितिक प्रणालीको संरक्षण विश्वकै साझा जिम्मेवारी : सचिव मिश्र

काठमाडौँ । हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनको असर नेपालमा मात्र सीमित नरहने भएकाले यसको संरक्षण क्षेत्रीय र विश्वव्यापी जिम्मेवारी भएको कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले बताएका छन् । उनले जलवायु परिवर्तनमा न्यून योगदान गरेका देश तथा समुदायले नै यसको ठूलो भार खेप्नुपर्ने अवस्था अन्त्य गर्न अन्तर्राष्ट्रिय सहकार्य, न्यायोचित जलवायु वित्त र प्रविधि हस्तान्तरण आवश्यक रहेको बताए ...

लुम्बिनी सञ्चार
इनर्जी ड्रिङ्कको सेवनमा सतर्क रहन सरकारको अनुरोध, महिला र बालबालिकाका लागि हुनसक्छ जोखिम
Latest News3d ago

इनर्जी ड्रिङ्कको सेवनमा सतर्क रहन सरकारको अनुरोध, महिला र बालबालिकाका लागि हुनसक्छ जोखिम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिङ्कको उत्पादन, बिक्रीवितरण र सेवनमा सतर्कता अपनाउन उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई आग्रह गरेको छ। विभागले इनर्जी ड्रिङ्कमा हुने क्याफिनको मात्रा, यसको सेवनबाट पर्न सक्ने असर र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो आग्रह गरेको हो। विभागले क्याफिनयुक्त पेय पदार्थको सेवनसम्बन्धी वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा सचेतना फैलाउन पनि ...

लुम्बिनी सञ्चार
तिहारमा ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान, गोदावरी फूलको प्रदर्शनी भोलिदेखि
Latest News4d ago

तिहारमा ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान, गोदावरी फूलको प्रदर्शनी भोलिदेखि

काठमाडौं । तिहारमा करिब ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान गरिएको छ । तिहारलाई लक्षित गरी फूलको माग बढिरहेका बेला फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्दैछ । यस वर्ष तिहारमा सयपत्री, मखमली, गोदावरी र विभिन्न फूल मिसाएर तयार गरिने मिक्स गरी करिब ५१ लाख ८० ...

लुम्बिनी सञ्चार
राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भूविपद् सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौँ
Latest News4d ago

राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भूविपद् सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण सिर्जना हुने जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (ईएससीएपी) ले थाइल्यान्डको बैंककमा आयोजना गरेको एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रमा ...

लुम्बिनी सञ्चार