Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी विपद् प्रतिकार्यमा सुरक्षा निकायबीच कुनै दुविधा छैन : डीआईजी ढकाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी विपद् प्रतिकार्यमा सुरक्षा निकायबीच कुनै दुविधा छैन : डीआईजी ढकाल
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं । सशस्त्र प्रहरी बलले गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद् प्रतिकार्यमा सुरक्षा निकायहरूबीचको कमान्ड प्रणाली र अन्तरनिकाय समन्वय प्रभावकारी रहेको जनाएको छ। शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले उद्धार तथा प्रतिकार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच कुनै अन्योल वा समन्वयको समस्या नरहेको स्पष्ट पारे। उनले तीनवटै सुरक्षा निकायबीच पूर्ण तालमेलका साथ उद्धार कार्य सञ्चालन गरिएको उल्लेख गर्दै भोटेकोशीको विपद् प्रतिकार्यलाई उदाहरणीय कामका रूपमा प्रस्तुत गरे। यद्यपि, विपद् व्यवस्थापनसँग सम्बन्धित राष्ट्रिय संरचनाहरूबीच कार्यक्षेत्रमा दोहोरोपना रहेको औँल्याउँदै उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) र राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एनईओसी) जस्ता संयन्त्रलाई थप चुस्त र एकीकृत बनाउनुपर्ने बताए। सुरक्षा निकायले प्रभावकारी काम गरे पनि विपद् व्यवस्थापनका अन्य सहयोगी क्लस्टरहरू तत्काल पूर्ण रूपमा सक्रिय हुन नसकेको उनको भनाइ थियो। आगामी दिनमा बाढी तथा अन्य विपद्का बेला सबै क्लस्टर स्वतः परिचालित हुने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। राहत वितरणमा ड्रोन प्रयोग गरिएको भन्ने विषयमा समितिमा उठेको जिज्ञासाको जवाफ दिँदै डीआईजी ढकालले भोटेकोशीमा ड्रोन नभई हेलिकोप्टरमार्फत राहत सामग्री ढुवानी गरिएको स्पष्ट पारे। गोरखाको विपद्मा मात्र सीमित क्षमताको ड्रोन प्रयोग भएको उनले बताए। भोटेकोशीको भीषण विपद् र भौगोलिक जटिलताका कारण राहत सामग्री पुर्‍याउन २१ देखि २२ पटकसम्म हेलिकोप्टर उडान गर्नुपरेको उनको भनाइ थियो। यसैगरी, सुरक्षा निकायहरूले आफ्नै पहलमा विपद् सचेतना कार्यक्रम र नमुना अभ्यास (सिमुलेसन) सञ्चालन गर्दै आए पनि त्यसका लागि राज्यस्तरबाट छुट्टै बजेटको व्यवस्था नभएको उनले बताए। विद्यालय तथा कलेजका पाठ्यक्रममा विपद्सम्बन्धी विषय समावेश गर्नुपर्ने र सुरक्षा निकायको तालिम तथा पूर्वतयारीका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा उनले जोड दिए। उद्धारमा खटिने जनशक्तिको सुरक्षालाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। जोखिमपूर्ण कार्यक्षेत्रमा खटिने उद्धारकर्मीका लागि प्रभावकारी तालिम, आधुनिक उपकरण र भरपर्दो बिमाको व्यवस्था आवश्यक रहेको उनले बताए। कल्याणकारी कोषमार्फत नियमित बिमा भइरहेको भए पनि गोताखोर तथा उच्च हिमाली क्षेत्रमा खटिने जनशक्तिका लागि सरकारी तहमै थप व्यवस्थित बिमा योजना आवश्यक रहेको डीआईजी ढकालले उल्लेख गरे। उनले उद्धारकर्मीको सुरक्षा र कल्याणलाई सुनिश्चित गर्न राज्यले आवश्यक नीति, बजेट र पूर्वतयारीमा ध्यान दिनुपर्ने बताए। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
Latest NewsJust now

विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्मको... ...

रातोपाटी
नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श
Latest NewsJust now

नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र देवकोटा-लु सुन प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल-चीन द्विदेशीय साहित्यिक गोष्ठी सम्पन्न भएको छ । ‘नेपाल-चीनबीचको सिर्जनात्मक सेतु’ विषयमा केन्द्रित गोष्ठीमा साहित्यले दुई देशका समाज, संस्कृति र मानव आत्मालाई जोड्ने साझा भाषा भएको वक्ताहरूले बताए । लु सुन कल्चर फाउण्डेशनका अध्यक्ष झाउ लिङफीले चिनियाँ साहित्यकार लु सुन र नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटा दुवै देशको आधुनिक साहित्यका महान् ...

हिमालय टाइम्स
एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल
Latest NewsJust now

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ । स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा... ...

रातोपाटी
चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान
Latest NewsJust now

चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान

चितवन । चितवनमा लङ्गुर बुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बिचको अवधिलाई लक्षित गरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play