Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

जावलाखेलमा‌ जारी गोदावरी फूल प्रदर्शनी दुई दिन थपियो, अब कात्तिक १८ गतेसम्म सञ्चालन हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
जावलाखेलमा‌ जारी गोदावरी फूल प्रदर्शनी दुई दिन थपियो, अब कात्तिक १८ गतेसम्म सञ्चालन हुने
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। प्रतिकूल मौसमका कारण प्रभावित भएको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ।

ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको प्रदर्शनी अब कात्तिक १८ गते बुधबारसम्म सञ्चालन हुने भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा कात्तिक १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने गरी तय गरिएको प्रदर्शनीको अवधि दर्शक तथा अवलोकनकर्ताको सहजताका लागि थप गरिएको फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनीको पहिलो दिन अपेक्षाभन्दा उत्साहजनक कारोबार हुनुका साथै अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। तर, मौसममा आएको प्रतिकूलतासँगै शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण प्रदर्शनीस्थलमा दर्शकको आवागमन प्रभावित भएको थियो।

वर्षाका कारण मेला स्थल नै बन्द गर्नुपर्ने अवस्था आएपछि धेरै फूलप्रेमी तथा सर्वसाधारण प्रदर्शनी अवलोकन गर्नबाट वञ्चित भएका थिए।

वर्षाका कारण प्रदर्शनी अवलोकन गर्न छुटेका पुष्पप्रेमी, व्यवसायी तथा सर्वसाधारणलाई थप अवसर प्रदान गर्ने उद्देश्यले मेला दुई दिन थप गरिएको मेला संयोजक समन महर्जनले बताए।

थप गरिएको अवधिमा प्रदर्शनीमा विभिन्न प्रजातिका मौसमी तथा सदाबहार फूल, पुष्प सजावट, नर्सरीजन्य उत्पादन तथा पुष्प व्यवसायसँग सम्बन्धित सामग्रीको अवलोकन र खरिद गर्न सकिने आयोजकले जनाएका छन् ।

फ्यानले प्रतिकूल मौसमका कारण यसअघि प्रदर्शनीमा सहभागी हुन नसकेका फूलप्रेमी, उपभोक्ता तथा सर्वसाधारणलाई कात्तिक १८ गतेसम्म जावलाखेलमा सञ्चालन हुने प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको छ।

तस्बिर: दिपक गाउँले

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
Latest NewsJust now

विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्मको... ...

रातोपाटी
नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श
Latest NewsJust now

नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र देवकोटा-लु सुन प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल-चीन द्विदेशीय साहित्यिक गोष्ठी सम्पन्न भएको छ । ‘नेपाल-चीनबीचको सिर्जनात्मक सेतु’ विषयमा केन्द्रित गोष्ठीमा साहित्यले दुई देशका समाज, संस्कृति र मानव आत्मालाई जोड्ने साझा भाषा भएको वक्ताहरूले बताए । लु सुन कल्चर फाउण्डेशनका अध्यक्ष झाउ लिङफीले चिनियाँ साहित्यकार लु सुन र नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटा दुवै देशको आधुनिक साहित्यका महान् ...

हिमालय टाइम्स
एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल
Latest NewsJust now

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ । स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा... ...

रातोपाटी
चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान
Latest NewsJust now

चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान

चितवन । चितवनमा लङ्गुर बुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बिचको अवधिलाई लक्षित गरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play