Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तीव्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तीव्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं । रसुवा बाढीपहिरो प्रभावित क्षेत्रमा विस्थापित प्रहरी चौकीहरूको पुनःस्थापना कार्य तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र विपद्मा बेपत्ता नागरिकको खोजी कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा प्रहरी युनिटहरू पुनः सञ्चालनमा ल्याउन थालिएको हो। संसद्को भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा सुरक्षा निकायका अधिकारीहरूले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन्। बैठकमा नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको दैनिक सुरक्षा र उद्धार कार्य प्रभावकारी बनाउन स्थानीयस्तरमै प्रहरीको स्थायी उपस्थिति आवश्यक रहेको बताए। विपद्का कारण सञ्चालनमा आउन नसकेको रसुवाको हाकुस्थित प्रहरी चौकी पुनःस्थापना भइसकेको छ। त्यस्तै, स्याफ्रुबेसीमा प्रहरी निरीक्षकको कमान्डमा सुरक्षा युनिट पुनर्गठन गरिएको छ भने बेत्रावती र तिमुरेलगायत संवेदनशील क्षेत्रमा पनि प्रहरी उपस्थिति बलियो बनाइएको छ। तर, क्षतिग्रस्त चौकीका स्थायी संरचना निर्माणका लागि उपयुक्त जग्गा पहिचान गर्न चुनौती रहेको कार्कीले बताए। उनले प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापनाको काम अघि बढाइएको उल्लेख गर्दै बेत्रावती, स्याफ्रुबेसी, तिमुरे र हाकुमा प्रहरी उपस्थिति पुनःस्थापित गरिएको जानकारी दिए। प्रहरीको मुख्य जिम्मेवारी सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्नु र बेपत्ता व्यक्तिहरूको शव खोजी कार्यलाई निरन्तरता दिनु रहेको उनले बताए। स्थानीय नागरिकका गुनासोका आधारमा समेत खोजी गर्नुपर्ने भएकाले प्रहरीको स्थानीय उपस्थिति आवश्यक रहेको उनको भनाइ थियो। विपद्मा परी पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजी कार्य नियमित रूपमा जारी रहे पनि आधुनिक उपकरणको अभावले चुनौती थपिएको छ। हाल परम्परागत विधिबाट खोजी भइरहेको र जमिनमुनि शव पहिचान गर्न सक्ने प्रविधि प्रयोगमा ल्याउनुपर्ने आवश्यकता देखिएको कार्कीले बताए। उनका अनुसार जमिनमुनि करिब डेढ मिटरसम्म रहेका शव पहिचान गर्न सक्ने आधुनिक उपकरण उपलब्ध नहुँदा उद्धार टोलीले म्यानुअल विधिकै भर पर्नुपरेको छ। प्रविधिको अभावमा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण र समय लाग्ने बनेको अधिकारीहरूको भनाइ छ। नागरिकलाई दैनिक शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन र सम्भावित जोखिम न्यूनीकरण गर्न स्थानीय तहमै प्रहरी चौकी व्यवस्थित गर्नुपर्ने भएकाले जग्गा प्राप्ति तथा पूर्वाधार निर्माणको काम छिटो टुंग्याउन पहल भइरहेको प्रहरीले जनाएको छ। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा
Latest NewsJust now

विपद् प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन अन्तिम चरणमा

म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा क्षतिको विवरण सङ्कलन र मूल्याङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ८ देखि ११ गतेसम्मको... ...

रातोपाटी
नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श
Latest NewsJust now

नेपाल-चीन साहित्यिक सम्बन्धमा सिर्जनात्मक सेतुको विमर्श

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र देवकोटा-लु सुन प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल-चीन द्विदेशीय साहित्यिक गोष्ठी सम्पन्न भएको छ । ‘नेपाल-चीनबीचको सिर्जनात्मक सेतु’ विषयमा केन्द्रित गोष्ठीमा साहित्यले दुई देशका समाज, संस्कृति र मानव आत्मालाई जोड्ने साझा भाषा भएको वक्ताहरूले बताए । लु सुन कल्चर फाउण्डेशनका अध्यक्ष झाउ लिङफीले चिनियाँ साहित्यकार लु सुन र नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटा दुवै देशको आधुनिक साहित्यका महान् ...

हिमालय टाइम्स
एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल
Latest NewsJust now

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन प्रशासनको पहल

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ । स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा... ...

रातोपाटी
चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान
Latest NewsJust now

चितवनमा लङ्गुर बुर्जा नियन्त्रण अभियान

चितवन । चितवनमा लङ्गुर बुर्जा खेल्ने क्रम बढेपछि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी एकाइले दसैँ र तिहारको बिचको अवधिलाई लक्षित गरी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play