
खगेन्द्र सुनारमाथि छानविन गर्दै रास्वपा, र्औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा प्रकाशित समाचार र सार्वजनिक श्रव्य सामग्रीमा उठाइएका प्रश्नबारे आन्तरिक छानबिन अघि बढाएको छ । पार्टीले केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ । छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको छ । पार्टीले महिलाको मर्यादा र ...






