Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण गर्न पर्यावरणमैत्री पूर्वाधारमा जोड दिनुपर्छ : भण्डारी

जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण गर्न पर्यावरणमैत्री पूर्वाधारमा जोड दिनुपर्छ : भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण गर्न पर्यावरणमैत्री पूर्वाधारमा जोड दिनुपर्छ : भण्डारी

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न वातावरण संरक्षण र पर्यावरणमैत्री पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएकी छन् । सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै भण्डारीले तापक्रममा भइरहेको असन्तुलित वृद्धिका कारण विश्वले गम्भीर चुनौती सामना गरिरहेको बताइन् । हिन्दुकुश क्षेत्रको भूगोलमा पर्ने भएकाले नेपाल जलवायु परिवर्तनका असरबाट थप जोखिममा रहेको उनको भनाइ थियो । हिमाली क्षेत्रमा दोहोरिइरहेका विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणमा गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएको उनले बताइन् । विपद्पछिको उद्धार र राहतमा मात्र सीमित नभई भविष्यमा हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र दीर्घकालीन योजनामा ध्यान दिनुपर्नेमा उनले जोड दिइन् । “आज तापक्रमको असन्तुलित वृद्धिले विश्व नै गम्भीर चुनौतीको सामना गरिरहेको छ । हाम्रो देश नेपाल हिन्दुकुश क्षेत्रको भूगोलमा पर्ने हुँदा हामी झन् गम्भीर संकटमा छौँ । त्यसैले हिमाली क्षेत्रमा दोहोरिरहेका यस्ता विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणमा गम्भीर हुनुपर्ने आवश्यकता औंल्याइरहेको छ,” उनले भनिन् । वातावरण संरक्षणसँगै सुरक्षित र पर्यावरणमैत्री पूर्वाधार निर्माणमा दीर्घकालीन ध्यान दिनुपर्ने उल्लेख गर्दै भण्डारीले यसका लागि तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य तथा समन्वय आवश्यक रहेको बताइन् । जलवायु परिवर्तनका चुनौती सामना गर्न सबै पक्षबीच सहकार्य र समन्वय अनिवार्य रहेको उनको भनाइ थियो । – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

कुनै देशमाथि आक्रमण गर्ने वा आफ्नो प्रभुत्व जमाउने कुरामा भारत विश्वास गर्दैन : गृहमन्त्री शाह
ताजा खबरJust now

कुनै देशमाथि आक्रमण गर्ने वा आफ्नो प्रभुत्व जमाउने कुरामा भारत विश्वास गर्दैन : गृहमन्त्री शाह

काठमाडौँ। भारतका गृहमन्त्री अमित शाहले क्षेत्रीय एकीकरण, आर्थिक सहयोग र सामूहिक सुरक्षाका लागि बिमस्टेक अपरिहार्य मञ्च बनेको बताएका छन् । भारतमा मंगलबार बसेको पहिलो गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकलाई सम्बोधन गर्दै उनले भारतको... ...

रातोपाटी
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
ताजा खबरJust now

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्। हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पारे। मन्त्री डा. तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ...

नेपालन्युज
नेपालले ओमानलाई जितका लागि दियो २ सय ६४ रनको लक्ष्य
ताजा खबरJust now

नेपालले ओमानलाई जितका लागि दियो २ सय ६४ रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानसामु जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।  ओमानको अल अमरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६३ रनको योगफल तयार पारेको छ।  चौथो विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ८६ रनको साझेदारी... ...

नेपालखबर
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
ताजा खबरJust now

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ, असोज २७ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ ।हुलाक सेवा विभ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play