यु–१८ फुटबलमा वागमती र मधेसका टोली च्याम्पियन

काठमाडौं । एशियन पेन्ट्स अन्तरविद्यालय यु–१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि वागमती प्रदेशको मनकामना स्कुल र मधेस प्रदेशको जनज्योति सेकेन्डरी स्कुलले जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा छात्रातर्फ मधेसको जनज्योति सेकेन्डरी स्कुल र छात्रतर्फ वागमतीको मनकामना स्कुल च्याम्पियन बनेका हुन् । छात्रातर्फको फाइनलमा जनज्योति सेकेन्डरी स्कुलले सुदूरपश्चिम प्रदेशको श्री जीवनज्योति माध्यमिक विद्यालयलाई ७–२ गोलअन्तरले पराजित गर्यो । जनज्योतिका लागि अनिता रानामगरले ह्याट्रिक गरिन् । विजेता राईले दुई तथा दीक्षा रानापाल र रकिशा दंगालले समान एक गोल गरे । सुदूरपश्चिमकी बिबिशा बिष्टले दुई गोल फर्काए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकिनन् । छात्रतर्फको फाइनलमा वागमतीको मनकामना स्कुलले गण्डकी प्रदेशको गुरुकुल विद्यासदनलाई २–० गोलले हरायो । खेल सकिन एक मिनेट बाँकी छँदा मनकामनाले दुई गोल गरेपछि गण्डकी उपाधिबाट वञ्चित भयो । प्रतियोगितामा देशभरका ३२७ विद्यालयले जिल्ला र प्रदेशस्तरका छनोट पार गर्दै राष्ट्रिय चरणमा प्रतिस्पर्धा गरेका थिए । उपाधि विजेता दुवै टोलीले एक लाख रुपैयाँ र ट्रफी प्राप्त गरे भने उपविजेता टोलीले ५० हजार रुपैयाँ र ट्रफी पाए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ तथा महिला टोलीकी पूर्वकप्तान अञ्जिला तुम्बाप्पो सुब्बालगायतले विजेता तथा उपविजेता टोलीलाई पुरस्कृत गरे । – न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

कुनै देशमाथि आक्रमण गर्ने वा आफ्नो प्रभुत्व जमाउने कुरामा भारत विश्वास गर्दैन : गृहमन्त्री शाह
काठमाडौँ। भारतका गृहमन्त्री अमित शाहले क्षेत्रीय एकीकरण, आर्थिक सहयोग र सामूहिक सुरक्षाका लागि बिमस्टेक अपरिहार्य मञ्च बनेको बताएका छन् । भारतमा मंगलबार बसेको पहिलो गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकलाई सम्बोधन गर्दै उनले भारतको... ...

हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताएका छन्। हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा उनले विश्वमै हुलाकको आफ्नै ऐतिहासिक महत्व र गरिमा रहेको स्पष्ट पारे। मन्त्री डा. तिमिल्सिनाले हुलाक सेवालाई क्षमता अभिवृद्धि गरी युग सुहाउँदो तुल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ...

नेपालले ओमानलाई जितका लागि दियो २ सय ६४ रनको लक्ष्य
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानसामु जितका लागि २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको अल अमरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६३ रनको योगफल तयार पारेको छ। चौथो विकेटका लागि बसिर अहमद र रोहित पौडेलले ८६ रनको साझेदारी... ...
हुलाक सेवालाई व्यवस्थित गरिन्छ : मन्त्री तिमिल्सिना
काठमाडौँ, असोज २७ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवाका रूपमा अघि बढाइने बताउनुभएको छ ।हुलाक सेवा विभ... ...


