तातोपानी नाका नियमित सञ्चालनमा ल्याउन कूटनीतिक पहल तीव्र

काठमाडौं । रसुवागढी नाकाको पुनर्निर्माण तथा सिन्धुपाल्चोकस्थित तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन सरकारले अन्तरमन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित प्रेस ब्रिफिङमार्फत नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाकाहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक समन्वय भइरहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा सम्बन्धित विभाग तथा मन्त्रालयका प्रतिनिधिबीच अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा पुर्याएको क्षतिको मूल्याङ्कन, पुनर्निर्माण तथा नाका पुनः सञ्चालनका विषयमा छलफल भएको उनले जानकारी दिए। अन्य व्यापारिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा पनि बैठकमा छलफल भएको थियो। गत भदौ १० गतेको बाढीपछि अवरुद्ध तातोपानी नाका दसैंको अवसरमा तीन दिनका लागि ठूला मालवाहक सवारीसाधन सञ्चालन गर्न खुला गरिएको थियो। तर, नाका अझै नियमित रूपमा सञ्चालनमा आउन सकेको छैन। ‘चीनसँगका नाकाहरू खुलाउने सम्बन्धमा मन्त्रालयमार्फत नियमित समन्वय भइरहेको छ,’ प्रवक्ता क्षेत्रीले भने। यसैबीच, दक्षिणपूर्वी एसियाली मुलुकहरूमा सञ्चालित अनलाइन ठगी (स्क्यामिङ) गतिविधिमा फसेका नेपाली नागरिकको उद्धारका लागि पनि सरकारले आवश्यक पहल र समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ। – न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

कहाँ छन् प्रहरीले नियन्त्रणमा लिएका सिंचाई विभागका महानिर्देशक ?
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले बिहीबार बेलुका नियन्त्रणमा लिएको हो । ...

एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा
काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ । ‘एभ्री बाउन्ड्री काउन्ट्स’ अभियानअन्तर्गत इसेवाले एनपीएलमा प्रहार हुने प्रत्येक छक्काबापत रु. २,००० र प्रत्येक चौकाबापत रु. १,००० रकम (करसहित अधिकतम सीमा रु. १० लाखसम्म) योगदान गर्नेछ । एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत ...

घट्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । ...

हलमा लागेको डेढमहिनामै ओटीटीमा आयो ‘मिर्जापुर: द मुभी’
पंकज त्रिपाठी र दिव्येन्दु शर्मा अभिनित क्राइम थ्रिलर फिल्म ‘मिर्जापुर: द मुभी’ ओटीटी प्लेटफर्ममा आएको छ। सेप्टेम्बर ४ मा सिनेमाघरहरूमा रिलिज भएको यो फिल्म डेढ महिनापछि ओटीटी प्लेटफर्म अमेजन प्राइममा स्ट्रिमिङ भएको हो। ‘मिर्जापुर’ वेब सिरिजका सबै सिजनहरू ओटीटी प्लेटफर्ममा रिलिज भएका थिए। अब गुरमीत सिंह निर्देशित यो फिल्म पनि सोही प्लेटफ... ...


