एनपीएलको उपाधि नै जित्छौं : कर्णालीका कप्तान कामी

काठमाडौं । विराटनगर किङ्समाथि उत्कृष्ट अलराउण्ड प्रदर्शनसहित कर्णाली याक्सलाई जित दिलाएका कप्तान सोमपाल कामीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि नै जित्ने विश्वास व्यक्त गरेका छन्। बिहीबार खेलपछि आयोजित पत्रकार सम्मेलनमा कप्तान कामीले आफूभन्दा पनि समग्र टोलीको प्रदर्शन राम्रो रहेको भन्दै आगामी खेलमा पनि यही लयलाई निरन्तरता दिने बताए। उनले त्रिवि क्रिकेट मैदानको पिचमा १८० रनको लक्ष्य पछ्याउन सकिने आफूलाई लागेको बताए। विराटनगरले अपेक्षाभन्दा १० देखि १५ रन बढी बनाए पनि पावरप्लेमा राम्रो गर्न सके जित सम्भव हुने आफ्नो आकलन रहेको उनको भनाइ थियो। पावरप्लेमा राम्रो प्रदर्शन गरे पनि लगातार विकेट गुमाउँदा टोली दबाबमा परेको उनले बताए। पाँच विकेट गुमाएको अवस्थामा प्रशिक्षक ज्ञानेन्द्र मल्लले आफूलाई ब्याटिङका लागि पठाएको र त्यसपछि पवन सर्राफ तथा गुलसन झासँग राम्रो साझेदारी गर्न सफल भएको उनले उल्लेख गरे। गुलसनको प्रदर्शनबाट आफू निकै खुसी रहेको बताउँदै कामीले टोलीका अन्य खेलाडीले पनि आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। ‘आज मेरो र कर्णालीको दिन थियो। हामीले जित्न सफल भयौं। अघिल्लो खेलमा युनिस सिंह ठकुरीले राम्रो प्रदर्शन गरेका थिए, आज मैले गर्न सकेँ। आगामी खेलमा अरू खेलाडीले पनि राम्रो प्रदर्शन गर्नेछन् भन्ने विश्वास छ,’ उनले भने। त्रिवि क्रिकेट मैदानमा आफ्नो सुरुआती दिनदेखि अहिलेको अवस्थासम्म आइपुग्दा आफू निकै खुसी रहेको पनि उनले बताए। कर्णालीको सामूहिक प्रदर्शन र निरन्तरतालाई जोड दिँदै उनले यसपटक उपाधि जित्ने लक्ष्य रहेको स्पष्ट पारे। – न्युज एजेन्सी नेपाल
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान
काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापा, ललितपुरका सम्बन्धमा संसदीय सुनुवाइ गर्न बैठक आह्वान गर्न... ...

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान... ...

बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता
काठमाडौँ, कात्तिक १३ गते । बूढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रमा भएका सामुुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक बैँक प्रभावकारी बन्दै गएको छ... ...

जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ
जेनजी आन्दोलनको क्रममा फरार भएका दाङका एक व्यक्ति १४ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १० का ३५ वर्षीय रवीन्द्र परियार रहेका प्रहरीले जनाएको छ। उनलाई बिहीबार काठमाडौँ महानगरपालिका- २६ गल्कोपाखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परियार चोरी मुद्दामा पक्राउ परेर तीन ... ...


