Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कर्णाली याक्सको विराटनगरमाथि रोमाञ्चक जित, सोमपालको अलराउण्ड प्रदर्शन

कर्णाली याक्सको विराटनगरमाथि रोमाञ्चक जित, सोमपालको अलराउण्ड प्रदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णाली याक्सको विराटनगरमाथि रोमाञ्चक जित, सोमपालको अलराउण्ड प्रदर्शन

काठमाडौं । कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लगातार दोस्रो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले विराटनगर किङ्सलाई चार विकेटले पराजित गरेको हो। विराटनगरले दिएको १८८ रनको चुनौतीपूर्ण लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। ६.५ ओभरमा ५७ रन जोड्दा पाँच विकेट गुमाएर संकटमा परेको कर्णालीलाई कप्तान सोमपालले अविश्वसनीय जित दिलाए। सोमपालले ३२ बलमा चार चौका र तीन छक्कासहित अविजित ६२ रन बनाए। उनले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए। कर्णालीको जितमा सोमपालले छैटौं विकेटका लागि पवन सर्राफसँग ६६ रनको साझेदारी गरे। पवनले २८ बलमा एक चौका र तीन छक्कासहित ३६ रन बनाए। त्यसपछि सातौं विकेटका लागि सोमपालले गुलसन झासँग ६४ रनको अविजित साझेदारी गर्दै टोलीलाई एक बल बाँकी छँदै जित दिलाए। गुलसन २८ रनमा अविजित रहे। कर्णालीको सुरुआत भने निकै खराब थियो। दोस्रो ओभरमा मार्क वाट एक रनमा बोल्ड भए। त्यसपछि अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै तेस्रो ओभरमा प्रतीश जिसीको बलमा २२ रन जोडे। तर चौथो ओभरमा एन्जेलो म्याथ्युजले अरिफुललाई ३२ रनमा आउट गरे। उनले १२ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए। पाँचौं ओभरमा हुसेन तलत खाता नखोल्दै आउट भए। छैटौं ओभरमा दीपक डुम्रे २० रनमा र सातौं ओभरमा अकबर अली एक रनमा आउट भएपछि कर्णाली ५७ रनमा पाँच विकेट गुमाएर संकटमा परेको थियो। विराटनगरका लागि एन्जेलो म्याथ्युजले तीन विकेट लिए। कप्तान सन्दीप लामिछाने, प्रतीश जिसी र चरित असलंकाले समान एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८७ रन बनाएको थियो। विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७३ रनको आक्रामक इनिङ खेले। उनले ५२ बलमा चार चौका र नौ छक्का प्रहार गरे। लोकेशले चौथो विकेटका लागि श्रीलंकाका एन्जेलो म्याथ्युजसँग ७१ रनको महत्त्वपूर्ण साझेदारी गरे। म्याथ्युजले २३ बलमा ३१ रन बनाए। त्यस्तै वेस्ट इन्डिजका आन्द्रे रसेलले १५ बलमा तीन चौका र दुई छक्कासहित २७ रन जोडे। बसिर अहमदले सात बलमा १३ रन बनाए। विराटनगरको सुरुआत भने राम्रो हुन सकेन। इमरान शेख पाँच रनमा आउट भए भने चरित असलंकाले तीन रन मात्र बनाउन सके। शेहान जयसूर्या ११ रनमा रनआउट भए। तर लोकेशले एक छेउबाट आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो योगफलसम्म पुर्‍याए। लोकेश १६औं ओभरमा सोमपालको बलमा कट एन्ड बोल्ड भए। त्यसपछि सोमपालले म्याथ्युज र रसेललाई पनि आउट गर्दै विराटनगरको रनगति रोक्ने प्रयास गरे। उनले रसेललाई युनिस सिंह ठकुरीबाट क्याच गराए। कर्णालीका लागि सोमपालले चार विकेट लिए। मार्क वाट र नन्दन यादवले समान एक विकेट लिए। मार्क वाटले चार ओभरमा एक मेडन राख्दै २३ रन मात्र खर्चिए। यस जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको छ। यसअघि कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। उता चितवन राइनोजसँग पहिलो खेल हारेको विराटनगरले लगातार दोस्रो हार बेहोरेको छ। एनपीएलमा शुक्रबार कुनै खेल हुने छैनन्। शनिबार भने दुई खेल हुनेछन्। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान
ताजा खबरJust now

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान

काठमाडौँ । सङ्‍घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापा, ललितपुरका सम्बन्धमा संसदीय सुनुवाइ गर्न बैठक आह्वान गर्न... ...

रातोपाटी
शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
ताजा खबरJust now

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान... ...

रातोपाटी
बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता
ताजा खबरJust now

बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता

काठमाडौँ, कात्तिक १३ गते । बूढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रमा भएका सामुुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक बैँक प्रभावकारी बन्दै गएको छ... ...

गोरखापत्र
जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ
ताजा खबरJust now

जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ

जेनजी आन्दोलनको क्रममा फरार भएका दाङका एक व्यक्ति १४ महिनापछि पक्राउ परेका छन्।  पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १० का ३५ वर्षीय रवीन्द्र परियार रहेका प्रहरीले जनाएको छ।  उनलाई बिहीबार काठमाडौँ महानगरपालिका- २६ गल्कोपाखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।  परियार चोरी मुद्दामा पक्राउ परेर तीन ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play