Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar

Nepal News News

Nepal News Desk•Realtime verified headlines and politics from Nepal
Category:
Filtered by Provider:केन्द्रबिन्दु(16 stories)
Clear filter

केन्द्रबिन्दु - NEPAL NEWS FEED

Showing 16 stories
ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै
ताजा खबरJust now

ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ राजेको छ । ओमानको अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा एक भर्खरै भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो । यससँगै ओमानले भने पहिला फिल्डिङ गर्नेछ । जारी शृङ्खलामा नेपाल र ओमान दोस्रो जितको खोजीमा रहेका छन् । यही असोज २६ गते ...

केन्द्रबिन्दु
नेपालबाट केही दिनमा मनसुन पूर्ण रूपमा बाहिरिने
ताजा खबरJust now

नेपालबाट केही दिनमा मनसुन पूर्ण रूपमा बाहिरिने

काठमाडौं । यस वर्षको मनसुन प्रणाली नेपालबाट पूर्ण रूपमा बाहिरिने चरणमा छ । पश्चिम नेपालबाट मनसुन बाहिरिइसकेको छ । पूर्वी भूभागमा मनसुनी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिन अनुकूल वातावरण बन्दै गएको छ । अबका दुई–चार दिनमा मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको महाशाखाका मौसमविद् माधवी सिग्देलले बताइन् । आफूहरूले मनसुनको निरन्तर ...

केन्द्रबिन्दु
चीन–ईयू व्यापार युद्ध टार्न वार्षिक तीन लाख ५० हजार गाडी आयात गर्ने सहमति
ताजा खबरJust now

चीन–ईयू व्यापार युद्ध टार्न वार्षिक तीन लाख ५० हजार गाडी आयात गर्ने सहमति

काठमाडौं । व्यापार युद्ध टार्न युरोपेली युनियन (ईयू) र चीनबीच चिनियाँ ‘हाइब्रिड’ गाडीको आयात सीमा तोक्ने सहमति भएको छ । योसँगै चीनबाट आयात गरिने हाइब्रिड गाडीको वार्षिक कोटा तीन लाख ५० हजार युनिट निर्धारण भएको ईयूका एक वरिष्ठ अधिकारीले बताएका छन् । यो कोटा सन् २०२७ देखि चार वर्षसम्म लागु हुनेछ । दोस्रो वर्षदेखि कोटामा वार्षिक ६ प्रतिशत वृद्धि गरिनेछ । ...

केन्द्रबिन्दु
रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल अक्टोबर १७ सम्म बन्द
ताजा खबरJust now

रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल अक्टोबर १७ सम्म बन्द

काठमाडौं । हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल अक्टोबर १७ सम्म बन्द भएको छ । सोमबार जारी उडान सूचनाअनुसार, विमानस्थल शनिबार स्थानीय समयअनुसार मध्यरातसम्म बन्द रहनेछ । साताको अन्त्यमा भएका दुई आक्रमणमा १४ जनाको मृत्यु भएको थियो । र, सयौँ घाइते भएपछि विमानस्थल बन्द गरिएको हो । साउदी उड्डयन अधिकारीहरूले सुरक्षा जाँच र निगरानीका लागि उडान स्थगनको ...

केन्द्रबिन्दु
इरानको निर्देशनमा एयरबेसमा आक्रमणको षड्यन्त्र भएको बेलायतको दाबी
ताजा खबरJust now

इरानको निर्देशनमा एयरबेसमा आक्रमणको षड्यन्त्र भएको बेलायतको दाबी

काठमाडौं । बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले इङ्ल्यान्डस्थित अमेरिकी सेनाले प्रयोग गर्ने रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड एयरबेसमा इरानले आक्रमणको षड्यन्त्र गरेको बताएका छन् । उनले इरानको इस्लामिक रिभोलुसनरी गार्डको निर्देशनमा आक्रमणको षड्यन्त्र रचिएको बताएका छन् । सोमबार सांसदहरूलाई सम्बोधन गर्दै उनले षड्यन्त्रका लागि निर्देशन इरानबाटै आएको लगभग निश्चित रहेको दाबी गरे । उनले बेलायतले आफ्नो भूमिमा यस्ता खतरा सहन नगर्ने पनि ...

केन्द्रबिन्दु
प्रधानमन्त्रीको व्यवहार र कार्यशैली लोकतान्त्रिक छैन : महासचिव पोखरेल
ताजा खबरJust now

प्रधानमन्त्रीको व्यवहार र कार्यशैली लोकतान्त्रिक छैन : महासचिव पोखरेल

घोराही । एमाले महासचिव शंकर पोखरेलले लोकतन्त्रप्रति प्रधानमन्त्री वालेन्द्र शाहको निष्ठा नभएको बताएका छन् । प्रेस चौतारी दाङले मंगलबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले प्रधानमन्त्रीका व्यवहार र कार्यशैली लोकतान्त्रिक नभएको आरोप लगाएका हुन् । प्रधानमन्त्री शाहले पार्टी र संसद्‍मा समेत लोकतान्त्रिक चरित्र देखाउन नसकेको उल्लेख गर्दै पोखरेलले लोकतन्त्रको सम्मान गर्न नसक्ने व्यक्तिले लोकतान्त्रिक राज्यको नेतृत्व गर्ने कुरा अमिल्दो ...

केन्द्रबिन्दु
‘ब्रेकिङ ब्याड’ स्टार आरजे मितेको ३४ वर्षको उमेरमा निधन
ताजा खबरJust now

‘ब्रेकिङ ब्याड’ स्टार आरजे मितेको ३४ वर्षको उमेरमा निधन

काठमाडौं । चर्चित अमेरिकी टेलिभिजन सिरिज ‘ब्रेकिङ ब्याड’बाट विश्वभर ख्याति कमाएका अभिनेता आरजे मितेको ३४ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्क पक्षघातबाट पीडित मितेले आत्महत्या गरेको उनको पारिवारिक स्रोतले जनाएको छ । प्रहरीका अनुसार स्थानीय समयअनुसार सोमबार मध्यान्ह मितेलाई उनकै घरमा मृत फेला पारिएको थियो । ब्राउनसविल प्रहरीले यस विषयमा हाल अनुसन्धान भइरहेको र मृत्युको यकिन कारण तथा परिस्थितिका बारेमा ...

केन्द्रबिन्दु
रुसका १६ सय व्यक्ति र संस्थामाथि ईयूको प्रतिबन्ध
ताजा खबरJust now

रुसका १६ सय व्यक्ति र संस्थामाथि ईयूको प्रतिबन्ध

काठमाडौं । युरोपेली युनियन (ईयू)ले रुसको सैन्य–औद्योगिक क्षेत्रमाथि दबाब बढाउन करिब एक हजार ६०० नयाँ व्यक्ति र संस्थालाई प्रतिबन्ध सूचीमा राख्ने निर्णय गरेको छ । ईयूकी विदेश नीति प्रमुख काया क्लासले सोमबार यसको जानकारी दिएकी हुन् । उनले आधाभन्दा बढी सूचीकरण रुसी बलिस्टिक मिसाइल उत्पादनसँग सम्बन्धित आपूर्ति शृंखलालाई लक्षित गरेको बताइन् । रुस–युक्रेन युद्ध सुरु भएयता प्रतिबन्ध सूचीमा गरिएको यो सबैभन्दा ...

केन्द्रबिन्दु
२४ घण्टामा ५६ हजारले छाडे काठमाडौं उपत्यका
ताजा खबरJust now

२४ घण्टामा ५६ हजारले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने ...

केन्द्रबिन्दु
बुढीगण्डकी बाढीको कहर : दुई सय घर बगे, ओत खोज्दै बाढीपीडित परिवार
ताजा खबरJust now

बुढीगण्डकी बाढीको कहर : दुई सय घर बगे, ओत खोज्दै बाढीपीडित परिवार

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्रीस्थित सिर्दिबासदेखि आरुघाटसम्मका दुई सयभन्दा बढी घर बगाएपछि विस्थापित ओतको खोजीमा छन् । बाढीले सडक र मनास्लु पैदलमार्गसमेत ठाउँठाउँमा कटान गरेपछि उत्तरी गोरखाका दुई पालिकाका बस्तीको आवागमन विच्छेद भएको छ । स्थानीय जनप्रतिनिधिले उद्धार र राहत वितरणका लागि पनि हेलिकोप्टरकै भर पर्नुपर्ने अवस्था रहेको गुनासो गरे । घरबार गुमाएकाहरूलाई सुरक्षित स्थानमा बसोबासको चिन्ता छ भने बाटो, सडक अवरुद्ध ...

केन्द्रबिन्दु
सांसद खगेन्द्र सुनारको अडिओ काण्डबारे रास्वपाले थाल्यो अनुसन्धान
ताजा खबरJust now

सांसद खगेन्द्र सुनारको अडिओ काण्डबारे रास्वपाले थाल्यो अनुसन्धान

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारको विवादित अडिओबारे अनुसन्धान अघि बढाएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले सुनारको सार्वजनिक अडिओका विषयमा तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिइएको जानकारी दिएका हुन्। ‘राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार सार्वजनिक भएका श्रव्य सामग्री र ...

केन्द्रबिन्दु
कांग्रेसको जनजाति तर्फको खुला केन्द्रीय सदस्यमा तीर्थ लामाको फराकिलो अग्रता
ताजा खबरJust now

कांग्रेसको जनजाति तर्फको खुला केन्द्रीय सदस्यमा तीर्थ लामाको फराकिलो अग्रता

काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति खुलातर्फको केन्द्रीय सदस्य पदमा तीर्थ लामाले सबैलाई उछिनेका छन्। पछिल्लो मत परिणामअनुसार लामाले १ हजार ५६५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका डा.प्रेमध्वज लामाले ९२३ मत पाएका छन् भने ई। अनुप श्रेष्ठ ८९७ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, कर्मा छिरिङ शेर्पाले ८७८ मत प्राप्त गरेका छन् भने टेकप्रसाद गुरुङले ७६९, भिम श्रीस मगरले ७११, ...

केन्द्रबिन्दु
दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न भारत सरकारले लगायो रोक
ताजा खबरJust now

दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्न भारत सरकारले लगायो रोक

काठमाडौं । भारत सरकारले झन्डै साढे तीन दशकदेखि देशभरको आन्दोलनको केन्द्र बनिरहेको दिल्लीको जन्तर मन्तरलाई विरोध प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। सट्टामा भारत सरकारले विरोध प्रदर्शनका लागि नयाँ तीन स्थान रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान निर्धारण गरेको छ। मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा अनियमितता भएको दाबी गर्दै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै ककरोच जनता ...

केन्द्रबिन्दु
मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित
ताजा खबरJust now

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा । बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ। आइतबार चुमनुब्री गाउँपालिका-६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीका कारण मनास्लुको चुम उपत्यका पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए। ती सबै पर्यटक सुरक्षित अवस्थामा रहेका एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए। मनास्लु क्षेत्रको प्रवेशविन्दुमा अलपत्र परेका ९८ पर्यटक र ७३ जना ...

केन्द्रबिन्दु
सुनकोसी–मरिन आयोजनाको ठेक्कामा तीन कम्पनी प्राविधिक रूपमा योग्य
ताजा खबरJust now

सुनकोसी–मरिन आयोजनाको ठेक्कामा तीन कम्पनी प्राविधिक रूपमा योग्य

काठमाडौं । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल संरचना निर्माणसम्बन्धी ठेक्कामा तीन कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका छन् । आयोजनाले असोज २७ गते प्रकाशित गरेको सूचनाअनुसार चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, बेइजिङ, चीन, आनिङ–आरसीसी संयुक्त उपक्रम (जेभी) र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड प्राविधिक रूपमा योग्य ठहरिएका हुन् । आयोजनाको ठेक्का नम्बर एसएमडीएमपी/आरबी/सिभिल–एचएम/आईसीबी–०२/२०८२–८३ अन्तर्गतको उक्त निर्माण कार्यका लागि योग्य ठहरिएका तीनै बोलपत्रदातालाई ...

केन्द्रबिन्दु
सोमालियामा कुपोषणको भयावह अवस्था, ३ वर्षकी छोरी काखमा च्यापेर ९० किलोमिटर पैदल
ताजा खबरJust now

सोमालियामा कुपोषणको भयावह अवस्था, ३ वर्षकी छोरी काखमा च्यापेर ९० किलोमिटर पैदल

जुबाल्यान्ड । आफ्नी ३ वर्षकी बिरामी छोरीलाई काखमा च्यापेर हलिमा अब्दुल्लाही इब्राहिम लगातार तीन दिनसम्म पैदल हिँडिन् । सोमालियाको दुर्गम गाउँबाट करिब ९० किलोमिटर टाढा रहेको अस्पतालसम्मको यो यात्रा उनले छोरीको ज्यान जोगाउनका लागि तय गरेकी हुन् । बालिकाको शरीर सुन्निँदै गएको थियो र गाउँ नजिकै कतै पनि स्वास्थ्य उपचारको सुविधा उपलब्ध थिएन । अन्ततः तीन दिनपछि हलिमा किस्मायो रिफरल अस्पताल ...

केन्द्रबिन्दु