Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/इरानको निर्देशनमा एयरबेसमा आक्रमणको षड्यन्त्र भएको बेलायतको दाबी

इरानको निर्देशनमा एयरबेसमा आक्रमणको षड्यन्त्र भएको बेलायतको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानको निर्देशनमा एयरबेसमा आक्रमणको षड्यन्त्र भएको बेलायतको दाबी

काठमाडौं । बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले इङ्ल्यान्डस्थित अमेरिकी सेनाले प्रयोग गर्ने रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड एयरबेसमा इरानले आक्रमणको षड्यन्त्र गरेको बताएका छन् । उनले इरानको इस्लामिक रिभोलुसनरी गार्डको निर्देशनमा आक्रमणको षड्यन्त्र रचिएको बताएका छन् । सोमबार सांसदहरूलाई सम्बोधन गर्दै उनले षड्यन्त्रका लागि निर्देशन इरानबाटै आएको लगभग निश्चित रहेको दाबी गरे । उनले बेलायतले आफ्नो भूमिमा यस्ता खतरा सहन नगर्ने पनि बताएका छन् । यसअघि पनि बर्नहमले गत महिना सार्वजनिक भएको आक्रमण योजनामा इरानको संलग्नताको बलियो संकेत रहेको बताएका थिए । पश्चिम एसियामा जारी युद्धका क्रममा इरानमाथि आक्रमण गर्न अमेरिकी बमवर्षक विमानहरूले फेयरफोर्ड एयरबेस प्रयोग गरेका थिए । षड्यन्त्रको अनुसन्धानका क्रममा प्रहरीले सातजनालाई पक्राउ गरे पनि सबैलाई धरौटीमा रिहा गरेको छ । हालसम्म कसैविरुद्ध औपचारिक आरोप तय गरिएको छैन । इरानले षड्यन्त्रमा आफ्नो संलग्नता अस्वीकार गर्दै बेलायतसँग आरोप पुष्टि गर्ने प्रमाण मागेको छ । सेप्टेम्बर २७ मा एयरबेसनजिकैका बासिन्दालाई घरबाट बाहिर निकालिएको थियो । त्यसपछि सशस्त्र प्रहरी र सेनाका बम निष्क्रिय पार्ने विज्ञले ग्रामीण क्षेत्रमा खोजी अभियान चलाएका थिए । सुरुमा पक्राउ परेका पाँच संदिग्धसँग सम्बन्धित तीनवटा भ्यानमा पेट्रोल भेटिएको थियो । तर, ती गाडीमा विस्फोटक पदार्थ फेला परेको थिएन । पक्राउ परेका सातै जना २० देखि २९ वर्ष उमेर समूहका छन् । प्रहरीले उनीहरूको पहिचान सार्वजनिक गरेको छैन । उनीहरूमध्ये ६ जना बेलायती नागरिक र एकजना बेलायत तथा इरान दुवै देशको नागरिकता भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ । सोमबार बेलायतले इरानी राजदूतलाई बोलाएको थियो । राजदूतले इरानको षड्यन्त्रमा संलग्नता नरहेको दाबी दोहोर्‍याउँदै आरोपको प्रमाण मागेका थिए । बेलायतले इरानका दुई नागरिकलाई प्रतिबन्ध सूचीमा राखेको जनाएको छ । उनीहरूमध्ये एकजना रिभोलुसनरी गार्डको जासुसी अभियानका प्रमुख रहेको बताइएको छ । बेलायती अधिकारीहरूका अनुसार, दुवै जना युरोप र अमेरिकामा इरान सरकारका लागि जासुसी तथा आक्रमण गराउने गतिविधिमा संलग्न थिए । एपीन्यूज

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play