Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
केन्द्रबिन्दु

केन्द्रबिन्दु

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from केन्द्रबिन्दु.

Headlines from केन्द्रबिन्दु

Loaded 20 articles
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र उडफोर्डलाई
ताजा खबरJust now

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र उडफोर्डलाई

स्टकहोम । अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । मौद्रिक तथा वित्तीय नीतिमार्फत अर्थतन्त्रमा हुने उतारचढावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो । रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले जारी गरेको विज्ञप्तिमा पुरस्कार विजेताको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारले ...

केन्द्रबिन्दु
कांग्रेस सहमहामन्त्री खुलामा खतिवडा र शिवाकोटीको अग्रता कायमै
ताजा खबरJust now

कांग्रेस सहमहामन्त्री खुलामा खतिवडा र शिवाकोटीको अग्रता कायमै

काठमाडौं । कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी जित नजिक पुगेका छन् । दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा हालसम्मको मतगणनामा खतिवडा पहिलो र शिवाकोटी दोस्रो स्थानमा छन् । ५ हजार ८९ मत गणना हुँदा खतिवडाले २ हजार १७८ र शिवाकोटीले १ हजार ५५६ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका डिल्लीराम सुवेदीले १ हजार ३३० मत पाएका ...

केन्द्रबिन्दु
कस्तो छ आजको मौसम ?
ताजा खबरJust now

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जस्को कारण केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू-भाग तथा देशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सूदुरपश्चिम प्रदेशको ...

केन्द्रबिन्दु
कालीगण्डकी जलविद्युत् आयोजनाको स्थलगत भ्रमणपछि चन्द्र ढकाल भन्छन्- साँच्चै हृदयविदारक !
ताजा खबर10 hours ago

कालीगण्डकी जलविद्युत् आयोजनाको स्थलगत भ्रमणपछि चन्द्र ढकाल भन्छन्- साँच्चै हृदयविदारक !

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी नदीमा आएको भीषण बाढीले म्याग्दी र आसपासका क्षेत्रमा पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले विपत्तिबीच पनि पुनर्निर्माण र सडक पुनः सञ्चालनका काम तीव्र गतिमा अघि बढेकाले आशा जागेको बताएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइएमई ग्रुपको लगानीमा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको स्थलगत भ्रमणपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ढकालले बाढीले सडक, पुल, स्थानीय ...

केन्द्रबिन्दु
दशैँको अवसरमा जेटुर टी१ र टी२ को प्रि-बुकिङ खुला, मूल्य कति ?
ताजा खबर10 hours ago

दशैँको अवसरमा जेटुर टी१ र टी२ को प्रि-बुकिङ खुला, मूल्य कति ?

काठमाडौं । जेटुर नेपालले आफ्ना दुई एसयूभी मोडल टी१ र टी२ को प्रि-बुकिङ खुला गरेको छ। दशैँको अवसरमा सोमबार काठमाडौंको थापाथलीस्थित शोरुममा पूजापाठ गरेसँगै कम्पनीले दुवै गाडीको बुकिङ सुरु गरेको हो। कम्पनीका अनुसार जेटुर टी१ प्लग–इन हाइब्रिड विद्युतीय गाडीको प्रारम्भिक मूल्य १ करोड ४२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, जेटुर टी२ को प्लग–इन हाइब्रिड र पेट्रोलियम इन्धनबाट चल्ने अल ...

केन्द्रबिन्दु
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
ताजा खबर10 hours ago

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको हो। बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक ...

केन्द्रबिन्दु
किष्ट क्यान्सर सेन्टरः प्यालिएटिभ केयर सेवाको एक वर्ष पूरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
ताजा खबर10 hours ago

किष्ट क्यान्सर सेन्टरः प्यालिएटिभ केयर सेवाको एक वर्ष पूरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

ललितपुर । किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ। अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा अक्टोबर महिनामा मनाइने स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ को सन्दर्भमा यस्तो घोषणा गरेको हो। अस्पतालका अनुसार सन् २०२६ अक्टोबर १२ देखि ३१ सम्म क्यान्सरका बिरामीले निःशुल्क जनरल ...

केन्द्रबिन्दु
कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडाकै अग्रता
ताजा खबर10 hours ago

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडाकै अग्रता

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले सर्वाधिक १ हजार ५४४ मत प्राप्त गरेका छन्। ३ हजार ४८८ मत गन्दा अजय सिवाकोटीले १ हजार १०६ मत प्राप्त गरेका छन्। त्यस्तै, डिल्लीराम सुवेदीले ८९५, देवेन्द्रराज कँडेलले ७४७, विकास कोइरालाले ५८४ र राजीव ढुंगानाले ५४० मत पाएका छन्। यसैगरी, रमेशप्रसाद धमलाले ४०६, अमृतकुमार अर्यालले ३८२ र विमलराज क्षेत्रीले १४० मत प्राप्त गरेका ...

केन्द्रबिन्दु
हसन र अनुकाे ‘दशैं आयो’ [भिडियाे]
ताजा खबर10 hours ago

हसन र अनुकाे ‘दशैं आयो’ [भिडियाे]

काठमाडौं । बडादशैँ नजिकिएसँगै नेपाली सांगीतिक क्षेत्रमा दशैँका गीत सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा गायक हसन राई र गायिका अनु चौधरीको स्वरमा रहेको दशैँ गीत ‘दशैं आयो’ सार्वजनिक भएको छ। वरिष्ठ गीतकार डा. कृष्णहरि बरालको शब्द तथा चर्चित संगीतकार महेश खड्काको संगीत रहेको गीत शुक्रबार सार्वजनिक गरिएको हो। गीतको संगीत संयोजन सुनिल राईले गरेका छन्। लुङ्गटो क्रियसनको आधिकारिक युट्युब च्यानलमार्फत ...

केन्द्रबिन्दु
‘बाः एक योद्धा’ले बक्सअफिसमा कति कमायाे ?
ताजा खबर11 hours ago

‘बाः एक योद्धा’ले बक्सअफिसमा कति कमायाे ?

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ले बक्सअफिसमा आफ्नो रफ्तार कायमै राखेको छ । बलियो वर्ड अफ माउथ पाएको चलचित्रले बक्सअफिसमा तीन करोडको आँकडा पार गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार आइतबारसम्म यो चलचित्रले तीन करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । तथ्यांक अनुसार यो चलचित्र हालसम्म एक लाख ७ हजार ५३३ जना दर्शकले ...

केन्द्रबिन्दु
ललितपुरमा इटालियन शैलीको प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ सुरु
ताजा खबर11 hours ago

ललितपुरमा इटालियन शैलीको प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ सुरु

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवालले ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ को उद्घाटन गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी अग्रवालले नेपाल र इटालीबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्य विस्तार गर्न यस्ता उद्यमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। मोनिका टापरिया र विपिन अटलद्वारा स्थापित ‘नट्स एन्ड स्कूप’ ले इटालियन परम्परागत शैलीबाट प्रेरित २० भन्दा ...

केन्द्रबिन्दु
एनएमबि बैंक र र्‍यापिड टेकबीच ‘नेपाल फिनटेक एक्सपो २०२६’मा विशेष सम्झौता
ताजा खबर11 hours ago

एनएमबि बैंक र र्‍यापिड टेकबीच ‘नेपाल फिनटेक एक्सपो २०२६’मा विशेष सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ‘नेपाल फिनटेक एक्सपो २०२६’को अवसरमा र्‍यापिड टेक प्रालिसँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ । व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको हो । यस सहकार्य पश्चात् एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले चाँडै नै आफ्नो बैंकिङ्ग प्रणालीभित्रै रही रकम ...

केन्द्रबिन्दु
भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो
ताजा खबर11 hours ago

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं । नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको छ । लखनउस्थित भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका ती जात आज यहाँ आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । बाराको जितपुरस्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा ती जात नेपालमा भित्र्याइएको हो । यहाँस्थित भारतीय दूतावासका प्रथम सचिव निशाले उखुका चार ...

केन्द्रबिन्दु
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ताजा खबर11 hours ago

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडाैं । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्थाअनुसार सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ। संशोधित व्यवस्थाका मुख्य बुँदाहरू डिलरबाट गरिएको जाँचलाई मान्यता : डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। पुनः यातायात व्यवस्था ...

केन्द्रबिन्दु
कांग्रेसमा विनोद चौधरीको छलाङ
ताजा खबर11 hours ago

कांग्रेसमा विनोद चौधरीको छलाङ

काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशी उपसभापतिमा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन् । सुरुमा कांग्रेसमा शेरबहादुर देउवा समूहमा रहेका चौधरी जेनजी आन्दोलनपछि गगन थापा समूहमा लागेका थिए । गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनमा सहभागी भएका उनी अहिले १५औँ महाधिवेशनबाट थापा नेतृत्वको कार्यसमितिमा उपसभापति बनेका हुन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा चार प्रतिस्पर्धीलाई पछि पार्दै चौधरी विजयी भएका ...

केन्द्रबिन्दु
कांग्रेस नेता विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश
ताजा खबर12 hours ago

कांग्रेस नेता विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। सोमबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई थुनामा नराखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो। इजरायलमा केयरगिभरका रूपमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले खड्कालाई महाधिवेशन चल्दै गर्दा असोज २३ गते पक्राउ गरेको थियो। उनीमाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी ...

केन्द्रबिन्दु
नेपालका लागि इन्डोनेसियाकी राजदूत लिस्टियोवतीलाई आईएमई ग्रुपद्वारा स्वागत, द्विपक्षीय आर्थिक सहकार्य, व्यापार र लगानी विस्तारमा जोड
ताजा खबर12 hours ago

नेपालका लागि इन्डोनेसियाकी राजदूत लिस्टियोवतीलाई आईएमई ग्रुपद्वारा स्वागत, द्विपक्षीय आर्थिक सहकार्य, व्यापार र लगानी विस्तारमा जोड

काठमाडौं । नेपालका लागि इन्डोनेसियाकी राजदूत लिस्टियोवतीलाई आईएमई ग्रुपले सोमबार स्वागत गरेको छ । आईएमई ग्रुपका अध्यक्ष तथा नेपालका लागि इन्डोनेसियाका अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले ग्रुपको कार्यालयमा राजदूत लिस्टियोवतीलाई स्वागत गरेका हुन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ढकालले नेपाल र इन्डोनेसियाबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरेका छन् । ढकालले पारस्परिक सहयोग, साझा मूल्य–मान्यता र आपसी हितमा आधारित दुई देशबीचको ...

केन्द्रबिन्दु
कांग्रेस सहमहामन्त्रीमा ३ हजार २८८ मत गणना हुँदा काे कति अघि ?
ताजा खबर12 hours ago

कांग्रेस सहमहामन्त्रीमा ३ हजार २८८ मत गणना हुँदा काे कति अघि ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्रीको खुला पदमा रामहरि खतिवडाले अग्रता कायमै राखेका छन्। ३ हजार २८८ मत गणना हुँदा खतिवडाले १ हजार ४३९ मत प्राप्त गरेका छन्। उनलाई अजय शिवाकोटीले १ हजार ४६ मतसहित पछ्याइरहेका छन्। त्यस्तै, डिल्लीराम सुवेदीले ८२९, देवेन्द्रराज कँडेलले ७१०, विकास कोइरालाले ५५८, राजीव ढुंगानाले ५०१, रमेशप्रसाद धमलाले ३९४ र अमृतकुमार अर्यालले ३५० मत प्राप्त गरेका ...

केन्द्रबिन्दु
आइएसटी कलेजका विद्यार्थीद्वारा बाढी प्रभावितका लागि पाँच लाख पाँच हजार सहयोग
ताजा खबर12 hours ago

आइएसटी कलेजका विद्यार्थीद्वारा बाढी प्रभावितका लागि पाँच लाख पाँच हजार सहयोग

काठमाडौं । इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आइएसटी) कलेजका विद्यार्थीले भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि रु पाँच लाख पाँच हजार आर्थिक सहयोग गरेका छन् ।कलेजका बिएचएम र बिटिटिएम सङ्कायमा अध्ययनरत विद्यार्थी, कर्मचारी तथा व्यवस्थापन समूहले उक्त सहयोग गरेका हुन् । उक्त रकम आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठमार्फत प्रधानमन्त्री दैवी प्रकोप ...

केन्द्रबिन्दु
कानुन संशाेधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम
ताजा खबर13 hours ago

कानुन संशाेधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संशाेधन गरेर लगानीमैत्री वातावरण बनाइने बताएकी छन् । चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नुपरेकाले समयसापेक्ष संशोधन गरिने बताएकी हुन् । उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पट कानुनलाई ...

केन्द्रबिन्दु