कालीगण्डकी जलविद्युत् आयोजनाको स्थलगत भ्रमणपछि चन्द्र ढकाल भन्छन्- साँच्चै हृदयविदारक !

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कालीगण्डकी नदीमा आएको भीषण बाढीले म्याग्दी र आसपासका क्षेत्रमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले विपत्तिबीच पनि पुनर्निर्माण र सडक पुनः सञ्चालनका काम तीव्र गतिमा अघि बढेकाले आशा जागेको बताएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइएमई ग्रुपको लगानीमा निर्माणाधीन मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको स्थलगत भ्रमणपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ढकालले बाढीले सडक, पुल, स्थानीय बस्ती र जनजीवनमा पारेको असर हृदयविदारक रहेको उल्लेख गरेका छन्। उनले अवरुद्ध बनेको बेनी–जोमसोम सडकखण्ड पुनः सञ्चालनमा आउनुलाई सकारात्मक उपलब्धि भन्दै यसबाट स्थानीय बासिन्दा, यात्रु, पर्यटक तथा मुक्तिनाथ दर्शनमा जाने दर्शनार्थीलाई राहत पुगेको बताएका छन्। साथै, जोमसोम, लोमान्थाङ र कोरला नाकासम्मको आवागमन सहज बनाउन सडक पुनः सञ्चालनले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। विपद् व्यवस्थापन, राहत तथा सडक पुनर्स्थापनामा सक्रिय भूमिका निर्वाह गर्ने नेपाल सरकार, गण्डकी प्रदेश सरकार, स्थानीय तह, सडक विभाग, प्राविधिक कर्मचारी र सुरक्षा निकायप्रति उनले आभार व्यक्त गरेका छन्। बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका ढकालले सामूहिक संकल्प, समन्वय र सहकार्यबाट विपत्तिपछिको पुनर्निर्माण सम्भव हुने विश्वास व्यक्त गरेका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


