ललितपुरमा इटालियन शैलीको प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ सुरु

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवालले ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ को उद्घाटन गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी अग्रवालले नेपाल र इटालीबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्य विस्तार गर्न यस्ता उद्यमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। मोनिका टापरिया र विपिन अटलद्वारा स्थापित ‘नट्स एन्ड स्कूप’ ले इटालियन परम्परागत शैलीबाट प्रेरित २० भन्दा बढी स्वादका जेलाटो उपलब्ध गराउने जनाएको छ। इटालियन उपकरण, उच्च गुणस्तरका कच्चा पदार्थ तथा इटालीस्थित जेलाटो विश्वविद्यालयबाट तालिम प्राप्त संस्थापकहरूको अनुभवमा आधारित रहेर उत्पादन तयार गरिने कम्पनीले जनाएको छ। संस्थापकका अनुसार उद्घाटनकै दिन दुई सयभन्दा बढी ग्राहकले आउटलेट भ्रमण गरेका थिए। कम्पनीले ग्राहकको प्रतिक्रिया, नवप्रवर्तन र थप व्यावसायिक तालिममार्फत उत्पादनको गुणस्तर सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। सानेपाबाट सेवा सुरु गरेको ‘नट्स एन्ड स्कूप’ ले नेपाली बजारमा प्रिमियम जेलाटोको गन्तव्यका रूपमा स्थापित हुने लक्ष्य राखेको छ। यसले इटालियन पाककलाको अनुभव नेपाली उपभोक्तामाझ पुर्याउनुका साथै नेपाल र इटालीबीच व्यावसायिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


