कांग्रेसमा विनोद चौधरीको छलाङ

काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समावेशी उपसभापतिमा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन् । सुरुमा कांग्रेसमा शेरबहादुर देउवा समूहमा रहेका चौधरी जेनजी आन्दोलनपछि गगन थापा समूहमा लागेका थिए । गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनमा सहभागी भएका उनी अहिले १५औँ महाधिवेशनबाट थापा नेतृत्वको कार्यसमितिमा उपसभापति बनेका हुन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा चार प्रतिस्पर्धीलाई पछि पार्दै चौधरी विजयी भएका हुन् । उक्त पदमा पूर्व सहमहामन्त्रीद्वय जीवन परियार, फरमुल्लाह मन्सुर तथा रञ्जित कर्ण र नेतृ सीता गुरुङ प्रतिस्पर्धी रहेका थिए । सार्वजनिक परिणामअनुसार विजयी चौधरीले १ हजार ७ सय ४५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६ सय ५८ मत ल्याएका हुन् । यस्तै फरमुल्लाह मन्सुरले १ हजार १ सय ४४, सीता गुरुङले १ हजार १ सय १२ र रञ्जित कर्णले ५ सय ६२ मत प्राप्त गरेका छन् । कांग्रेस प्रवेश गरेको करिब ९ वर्षको छोटो अवधिमै, पार्टी राजनीतिमा दशकौं बिताएका पुराना नेताहरूलाई पछाडि पार्दै उनी पार्टीको केन्द्रीय उपसभापतिजस्तो दोस्रो मर्यादाक्रमको शक्तिशाली पदमा पुग्न सफल भएका छन् । पार्टी नेतृत्वमा विजयी भएपछि प्रतिक्रिया दिँदै चौधरीले राजनीतिमा आफू व्यक्तिगत लाभका लागि नभई मुलुकको आर्थिक नीति सुधार र विकासको नयाँ मोडल प्रस्तुत गर्न आएको बताएका छन् । चौधरी २०७४ सालमा नेकपा एमालेबाट कांग्रेस प्रवेश गरेका थिए । प्रवेशलगत्तै उनी मधेसी कोटाबाट समानुपातिक सांसद बन्ने अवसर पाए । २०७८ मा भएको १४औँ महाधिवेशनमा उनी थारु क्लस्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७९ को आम निर्वाचनमा उनले नवलपरासी–१ बाट कांग्रेसको टिकटमा जित हासिल गरेका थिए । पञ्चायतकालमा राजपरिवारसँग निकट सम्बन्ध बनाएका चौधरी २०४६ पछि एमालेसँग नजिकिएका थिए । तर उनलाई राजनीतिक उचाइ भने कांग्रेसबाटै प्राप्त भएको देखिन्छ । गत विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा दोहोरिएका उनी २०८२ को निर्वाचनमा भने नवलपरासी–१ मा रास्वपाका विक्रम खनालसँग पराजित भएका थिए ।संसद यात्रामा ब्रेक लागेपनि पार्टी राजनीतिमा भने उनले छलाङ मारेका छन् । कांग्रेस विधानमा जिल्ला सभापति, प्रदेश सभापति, केन्द्रीय पदाधिकारी र सदस्य बन्न कम्तीमा १० वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने व्यवस्था छ, तर कांग्रेस राजनीतिमा चौधरीको वेगलाई उक्त समय सीमाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य र अहिले १५औँमा उपसभापति बन्न रोक्न सकेन । कांग्रेसको संशोधित विधानअनुसार वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति रहने व्यवस्था गरिएपछि यस महाधिवेशनमा खुला उपसभापतितर्फ डा. चन्द्र भण्डारी र मधु आचार्य विजयी भइसकेका छन् भने समावेशी कोटाबाट चौधरीले उपसभापतिको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन् । चौधरीको यो आगमनले नेपाली कांग्रेसको आगामी आर्थिक नीति तथा राष्ट्रिय एजेन्डा निर्माणमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


