किष्ट क्यान्सर सेन्टरः प्यालिएटिभ केयर सेवाको एक वर्ष पूरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

ललितपुर । किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ। अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा अक्टोबर महिनामा मनाइने स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ को सन्दर्भमा यस्तो घोषणा गरेको हो। अस्पतालका अनुसार सन् २०२६ अक्टोबर १२ देखि ३१ सम्म क्यान्सरका बिरामीले निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन्। आर्थिक अवस्था कमजोर भएका तथा भौगोलिक कठिनाइका कारण स्वास्थ्य सेवामा पहुँच पुर्याउन समस्या भोगिरहेका बिरामीलाई लक्षित गरी यो पहल अघि बढाइएको अस्पतालले जनाएको छ। यसै अवसरमा अस्पतालले ‘पिंक लाइट्स अफ होप २०२६’ कार्यक्रमसमेत आयोजना गरेको छ। कार्यक्रममा क्यान्सरमुक्त भएका व्यक्तिहरू र चिकित्सकहरूले गुलाबी मैनबत्ती प्रज्वलन गर्दै क्यान्सरविरुद्ध ऐक्यबद्धता व्यक्त गरेका थिए। ‘हरेक मैनबत्तीको आफ्नै कथा हुन्छ’ भन्ने सन्देशसहित आयोजित कार्यक्रमले क्यान्सरविरुद्धको संघर्ष, साहस र आशालाई सम्मान गरेको थियो। किष्ट शिक्षण अस्पतालले प्यालिएटिभ केयर सेवामार्फत क्यान्सरलगायत गम्भीर रोगबाट प्रभावित बिरामीको पीडा कम गर्ने, जीवनको गुणस्तर सुधार गर्ने तथा बिरामी र तिनका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ। यस सेवाले बिरामीको शारीरिक पीडा व्यवस्थापनसँगै उनीहरूलाई आवश्यक साथ र सहयोग प्रदान गर्ने अस्पतालको भनाइ छ। पिंक अक्टोबर अभियानका अवसरमा अस्पतालले सर्वसाधारणलाई क्यान्सरसम्बन्धी सचेतना फैलाउन, समयमै स्वास्थ्य परीक्षण गराउन तथा क्यान्सरबाट प्रभावित व्यक्ति र परिवारलाई सहयोग गर्न आग्रह गरेको छ। ‘हरेक मैनबत्तीमा एउटा कथा, हरेक कथामा आशा’ भन्ने सन्देशका साथ अस्पतालले क्यान्सरविरुद्ध सामूहिक रूपमा अघि बढ्न र बिरामीप्रति संवेदनशील व्यवहार गर्न सबैलाई आह्वान गरेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


