हसन र अनुकाे ‘दशैं आयो’ [भिडियाे]
![हसन र अनुकाे ‘दशैं आयो’ [भिडियाे]](https://kendrabindu.com/wp-content/uploads/2026/10/5.png)
काठमाडौं । बडादशैँ नजिकिएसँगै नेपाली सांगीतिक क्षेत्रमा दशैँका गीत सार्वजनिक हुने क्रम बढेको छ। यसै क्रममा गायक हसन राई र गायिका अनु चौधरीको स्वरमा रहेको दशैँ गीत ‘दशैं आयो’ सार्वजनिक भएको छ। वरिष्ठ गीतकार डा. कृष्णहरि बरालको शब्द तथा चर्चित संगीतकार महेश खड्काको संगीत रहेको गीत शुक्रबार सार्वजनिक गरिएको हो। गीतको संगीत संयोजन सुनिल राईले गरेका छन्। लुङ्गटो क्रियसनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा कलाकार लक्ष्मी बर्देवा र प्रभातपाल ठकुरीको अभिनय देख्न सकिन्छ। दशैँको माहोल, पारिवारिक भेटघाट र चाडपर्वको उमङ्गलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीतले दर्शक तथा श्रोतामाझ चाडपर्वको रौनक थप्ने अपेक्षा गरिएको छ। गायक हसन राईले यसअघि एक महिनाअघि संगीतकार महेश खड्कासँगकै सहकार्यमा ‘खोर्सानी खायो मैनाले’ गीत सार्वजनिक गरेका थिए। उनका ‘बुट्टे झोली’, ‘मखमली चोली’, ‘आँखैमा लाउनु पर्दैन’, ‘पैसा कि बैँस’ र ‘यी आँखालाई’ लगायतका गीतसमेत सार्वजनिक भइसकेका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


